Posted by: SimpLe_KeTa March 24, 2011
एउटा ब्यथा
Login in to Rate this Post:     0       ?        
नमस्कार सबैलाई !

प्रभात सर,
फलिङ्गसलाई मनको बाँध तोडेर आउने पानि मान्नुस ।
यदि  नहर, कुलोमा नबगाये खेतको बालि, ज्यान र जिवन ध्वस्त पार्छ ।

नहर, कुलो धेरै किशिमका छन्, तपाईलाई सुहाउँदो छान्नु होस - बर्खाको बाढि जस्तो बग्न नदिनुस ।

सोध्नु भो, चित्त बुझाउने कोशिस गर्दछु :
बोल्दा वा गाउँदा जिँउदो मान्छेले स्वास लिनै पर्छ । मान्छेले केहि शब्द बोले पछि स्वास लिनै पर्छ । नत्र च्याँठेर एकै स्वासमा बोल्या भन्छन् । कर्ण प्रिय हुन्नन् ।

ध्यान दिनु होला :
मान्छेले कहिले सानो स्वरमा बिस्तारै र कहिले ठुलो स्वरमा छिटो बोल्छन् ।

क्रोध, रगत आदि शब्दहरुले रातो रँग भन्छ । तसर्थ : रातो रँग याद दिलाउने शब्दहरु छोटो र तिखो हुनु पर्छ । (e.g. छाडा गालिहरु छोटो हुन्छन्)
कालो रँग याद दिलाउनु छ भने लामो शब्द, लामो सेन्टेन्स हुनु पर्छ (groovy feelings, the blues)

अब स्वास लिने कत्ति खेर भन्ने कुरो फोक्सोमा पनि भर पर्ला । के था ? एकै स्वासमा आधा धण्टा बोल्ने कोई कोई होलान पनि ... के था !
योगा पो हो कि ?!
:)

मैले जान्या यत्ति नै हो ।

बाई !

सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला ...
यो कथा कतै नजाला ...
Read Full Discussion Thread for this article