Posted by: landlock March 22, 2011
Lau yesto pani huni rahecha गिरिजाको शालिक राख्‍न खोज्दा ढुंगा हानाहान
Login in to Rate this Post:     0       ?        

-अन्जीवकुमार नेपाल-

खबरदार, नेताको शालिक राख्‍न पाइँदैन। फोटो सौजन्यः अनलाइनखबर

एक वर्षअघि गिरिजाप्रसाद कोइरालाको निधन हुँदा उनलाई महान् भन्दै उनको बखान गर्नेहरुको कमी थिएन। तर हिजो उनको वार्षिक श्राद्ध धेरैले सम्झिएनन्। सामान्य मानिसको त कुरै छाडौँ केही मिडियाले समेत सम्झन जरुरी नठानेको देखियो। वार्षिक पुण्यतिथि कै क्रममा काठमाडौँको शंखपार्कमा उनको शालिक राख्‍न खोज्दा ढुंगा हानाहान हुने गरी झडप भयो। स्थानीय बासिन्दाहरुले सार्वजनिक जग्गामा रहेको पार्कको नाम ‘जीपी कोइराला स्मृति शान्ति पार्क’ राखेर दल विशेषको पार्क बनाउन नपाइने भन्दै चर्को विरोध गरे। शालिक शिलान्यास गर्न गएका सभामुख सुवासचन्द्र नेम्वाङ लगायत नेताहरु स्मृति सभामात्र गरेर फर्किए। बाँचुन्जेल अनेक विवादमा घेरिएका गिरिजालाई मरेपछि पनि विवादमा तानियो।

पार्कको नाम परिवर्तन गर्न खोज्नेहरुलाई मेरो प्रश्‍न उहाँहरुले कोइरालाको सम्मान गर्न खोज्नु भएको कि अपमान? यदि अपमान गर्न खोज्नु भएको हो भने मेरो प्रतिक्रिया केही पनि छैन। तर सम्मान गर्न खोज्नु भएको हो भने के वर्षौँ अघि बनेको संरचना नाम फेर्दैमा कसैको सम्मान हुन्छ र?
[Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
यदि गिरिजाप्रसाद कोइरालाको साँच्चै सम्मान गर्ने हो भने अन्यत्र जग्गामा उनको नाममा नयाँ पार्क बनाई त्यहाँ सालिक स्थापना पनि त गर्न सकिन्छ नि। देशले नयाँ पार्क पनि पाउने थियो अनि कोइरालाको सच्चा सम्मान पनि हुने थियो ।

त्यो पार्कको नाम पहिले पञ्चायत पार्क थियो। पञ्चायत व्यवस्थाको रजत जयन्तिका अवसरमा स्थानीय बासिन्दाहरुको जग्गा अधिग्रहण गरेर सो पार्क बनाइएको थियो। पञ्चायत ढलेपछि शंख पार्क बनाइयो। पछि मदन भण्डारी पार्क र नारायणगोपाल पार्क पनि बनाउन खोजिएको रहेछ। तर विरोधले असफल भएछ। अब गिरिजा मरेपछि त्यही पार्क गिरिजा पार्क रे। ६-६ महिनामा प्रधानमन्त्री फेरिने हाम्रो मुलुकमा यसरी पुराना पूर्वाधारहरुको नाम परिवर्तनको होड सुरु हुने हो भने भोलि त्यही पार्कको नाममा प्रचण्ड पार्क वा माधव नेपाल पार्क हुन के बेर ? त्रिभुवन पार्कको नाम सुशील कोइराला पार्क, बालाजु पार्कको नाम झलनाथ पार्क हुन गयो भने ?

नेता होस् वा सम्माननीय ब्यक्तिहरुको नाममा नयाँ संरचना नबनाई पुरानै पूर्वाधारहरुको नाम जबर्जस्ती परिवर्तन गर्नु अल्छीपनाको पराकाष्ठा हो, विकासप्रतिको दरिद्रता हो।

अकुत सम्पति कमाएकी उनकी छोरी सुजाता कोइरालाले आफ्नै खर्चमा एउटा छुट्टै ठाउँमा जग्गा किनी त्यहाँ गिरिजाप्रसाद कोइरालाको नाममा पार्क बनाई शालिक राखेको भए शायद कसैले पनि विरोध गर्ने आँट गर्दैन थिए। यो विवादले त्यसप्रति ध्यान गए देशले एउटा नयाँ पार्क पाउने थियो कि

Read Full Discussion Thread for this article