Posted by: prabhat41 March 22, 2011
आशु के का लागि ?
Login in to Rate this Post:     2       ?         Liked by

म् माथि निर्घत आक्रमण हुँदै थियो ,
तिमी मौन थियौ ,
म् पिडाले छ्ट्पटाइ रहेथे ,
तिमीले के भो भनेर सम्म सोधेनौ ,
दैब को चक घुम्यो ,
तिमी पीडित भएउ ,निरिह देखिएउ ,
म् दयाले द्रभिभुत भए ,
तिम्रो घाऊ हरुमा ,
मैले मल्हम लगाये ,
अब म टाढा ,धेरै टाढा जादैछु ,
तिम्रो आँखा मा आशु बहिरहेछ ,
अब भन !!
त्यो आशु के का लागि ?

तिमी धेरै तल थिएउ ,
मैले काध मा राखेर सतह सम्म ल्याये ,
तिमी अब अरु भन्दा पनि अली माथि पुगेउ ,
म् तिम्रो दृष्‍टि पलट बाटै हराये ,
उत्सर्ग मै पुगेउ
अब ,
मैले अभिबादन न् गरेर बिराये |

प्रिथिबी घुमिरहेकै थियो |
दिन पछी रात ,रात पछी दिन |
फेरी ,
तिम्रो जहाज आधिबेरी मा परयो ,
 मेरो काध खोजेउ ,
मैले सहर्श  तिमीमा चढाये ,
फेरी उचाइ मा पुगेउ ,
फेरी ,
तिम्रो आँखाबाट आशु निस्के ,
भन त्यो आशु के का लागि ?
 

Read Full Discussion Thread for this article