Posted by: prabhat41 March 16, 2011
Login in to Rate this Post:
2
?
Liked by
भेट घाट हुँदा मुसुक्क हासेउ ,घाइते बनाइ दियेउ |
ख्याल ख्यालमै आखा छलेउ ,मुटु चोरी लियेउ |
थाहै न् पाइ नजिकिए, यो के लगिरहेछ ,
बाहिर शान्त, भित्र कतै केहि जलिरहेछ |
बाटो भुलेउ तिमीले ,मैले बाटो बिराये ,
छाती भित्र तिम्रै तस्बिर , बेहोसी मै कराये |
जाग्न चाहिनौ तिमीले ,भन्न् चाहिन मैले ,
अघोसित सम्झौता थ्यो ,भित्रै भित्रै लजाये |
अपरिचित को अभिनय ,शैली पुरानै हो |
मनै न् हो दुक्छ कतै ,माया बिरानो भो |
Last edited: 16-Mar-11 10:34 AM
Last edited: 19-Mar-11 06:51 AM
Last edited: 19-Mar-11 09:53 PM