Posted by: Geology Tiger March 12, 2011
Bijaya Kumar's Pathetic Writing
Login in to Rate this Post:     0       ?        
 पिरे,

विजयकुमार मात्र किन नेपालका कुन चाँही पत्रकारले सान झार्दैनन् र ? त्यो ॠषि धमला भन्ने पत्रकार भनाउँदो र त्यस्तै सान झार्नु पर्ने तोर्पे पत्रकारहरु त कति होलान् कति, त्यसमा पनि विजयकुमार पाण्डेले प्रसँगवश मैले यो प्रोफेसरसँग पढेको हुँ भन्नु कुन नराम्रो कुरा भयो र ? पत्रकार मात्र किन नेपालको कुन चाँही क्षेत्रमा लागेको मान्छेलाई सान झार्नु पर्दैन र ? विजयकुमारको लेख पढ्दा मैले सान झारेको भन्दा पनि विनम्र नै भएको पाएँ । विजयकुमारले त्यस्तो लेख्यो भनेर भन्नु भन्दा क्स्तो सन्दर्भमा त्यो कुरा लेखेको भन्ने कुरा बुझ्नु जरुरी छ र कतिपय अवस्थामा आफ्नो पृष्‍ठभूमि बताउन जरुरी पनि हुन्छ । यसमा आश्चर्य मान्नु पर्ने कुरै छैन । अनि विजयकुमार तिमीलाई अलि अलि मन पनि पर्दो रहेछ। त्यसो भए साझामा विजयकुमारले यसो गर्‍यो भनेर हल्ला गर्नुको सट्टा विजयकुमारलाई नै सल्लाह दिएको भए विजयकुमारलाई पनि फाईदा नै पुग्थ्यो ।  
Read Full Discussion Thread for this article