Posted by: _____ February 17, 2011
No "NEWARI" Please !!!
Login in to Rate this Post:     0       ?        

त्रिरत्न मानन्धर दोलखालाई नेवारहरूको पुरानो बस्ती मान्दैनन्। 'दोलखाको नेवार बस्ती सबभन्दा पुरानो हो भन्ने कुनै प्रमाण फेला परेको छैन,' उनले भने। उनका अनुसार काठमाडौंमा इस्वी संवत १० र ११ औं शताब्दीको नेपाल भाषाको लिपि र प्रमाण भेटिएको छ। 'त्यतिबेला दोलखा राज्य अस्तित्वमै आएको देखिँदैन,' उनी भन्छन्, 'तर, पुरानो बस्ती हो कि होइन भन्ने निक्र्योल गर्न दोलखाको समाजशास्त्रीय र भाषिक अनुसन्धान हुनु जरुरी छ।'

श्रेष्ठको आफ्नै तर्क छ। इतिहासअनुसार लिच्छिवीकालअघि किराँतकाल थियो। दोलखा राज्य किराँतकालमै अस्तित्वमा रहेको आधार पाइन्छन्। दोलखामा किराँती छाप भन्ने ठाउँसमेत छ। दोलखा बजारको ठूलो स्वयम्भु स्तुपको पेटीसागै किराँती राज्यको सिमास्तम्भ छ। यहाँ केही वर्ष अघिसम्म पूर्वका किराँतहरू पूजा गर्न आउँथे। त्यस्तै किराँतकालीन धारो 'राइती' पनि छ। श्रेष्ठ तर्क गर्छन्, 'नेवारमात्र होइन, अन्य सभ्यता पनि दोलखाबाट सुरु भएको हुन सक्छ।'

त्यही भएर स्थानीय समुदाय दोलखालाई नेवार धामका रूपमा स्थापित गरी धार्मिक पर्यटनको केन्द्र बनाउन कस्सिएको छ। 'यसका लागि दोलखाली र राज्यले पहल गर्नुपर्छ,' श्रेष्ठ भन्छन्, 'पहिले दोलखाको इतिहास लेखिनुपर्यो।'

दोलखा बजार
काठमाडौंदेखि दोलखा बजारसम्म सडक यातायातको दुरी १ सय ३४ किलोमिटर छ। बजारमा करिब ५ हजार मानिस बस्छन्। नेवार, थामी, तामाङ र दमाइ बढी छन्। बजार प्रवेश गर्ने ठाउँमा भर्खरै राजा जयइन्द्रसिंह देवमा समर्पित ढोका निर्माण गरिएको छ।
मन्दिर र बिहारमात्रै होइन, कलात्मक आँखीझ्याल भएका घर र दरबार पनि छन् यहाँ। कतिपय कलात्मक घर र दरबार जिर्ण भइसकेका छन्। बहाल टोलको रानी दरबारको पनि बिजोगै छ। पुरानो दरबार भत्किएको ठाउँमा राजकुलेश्वर निम्न माध्यमिक विद्यालय ठडिएको छ। टक्सार भवन जिर्णोद्धार गरी संग्रहालय बनाउने अभियानमा जुटेको छ, द्वाल्खा गुठी ।
यसबाहेक कुमारी घर, त्रिपुरा सुन्दरी, तलेजु भवानी, महादेव आदिका मन्दिर र ९ वटा चैत्य छन्। यति सानो बस्तीमा मठ, मन्दिर, पोखरीलगायत एक सय १४ वटा सांस्कृतिक सम्पदा छन्। 'यसले पनि दोलखाको ऐतिहासिकता पुष्टि गर्छ,' श्रेष्ठ भन्छन्।

भिमेश्वर मन्दिरमा धार्मिक पर्यटकको घुइँचो लाग्छ। संस्कृतिकर्मी शान्तकृष्ण श्रेष्ठका अनुसार भिमेश्वरको दर्शनबिना पशुपतिनाथको दर्शन अपुरो मानिन्छ। जनकपुरको रामजानकी मन्दिर र भिमेश्वरलाई एकिकृत गरी गुरुयोजना तर्जुमा गर्नुपर्ने मागका साथ संस्कृतिमन्त्रीलाई पनि भेटिसकेको उनले बताए। सरकारले 'भीमेश्वर जनकपुर बृहत्तर क्षेत्र विकास योजना' लागू गरे हिमाली, पहाडी र तराईबासीबीच सहिष्णुताको नाता अझ गाढा हुने उनको भनाइ छ।

दोलखा भाषा
दोलखा भाषाको लिपि छैन। काठमाडौं र दोलखाका नेवारले प्रयोग गर्ने भाषाको फरक बुझ्न केही शब्द हेरौं। पानीलाई दोलखाली 'लोखु' भन्छन् भने काठमाडौंकाले ''। किताबलाई दोलखालीले 'साँफर' भन्छन् भने काठमाडौंमा 'सफु' भनिन्छ। दोलखाली अर्धांगिनीलाई 'कलात' भन्छन् भने काठमाडौंमा 'कला' दोलखालीले राम्रोलाई 'बाँलकु' भन्छन् भने काठमाडौंमा 'बाँला' भनिन्छ। त्यस्तै मिठोलाई 'साकु' भनिन्छ भने काठमाडौंमा 'सा' मात्रै भन्छन्। डराउनेलाई दोलखालीले 'ग्याफर' भन्छन् भने काठमाडौंका नेवार 'ग्याफ' भन्छन्।

२०५२ मा तत्कालीन दोलखा गाविस अध्यक्ष रविभक्त श्रेष्ठ, वकिल प्रविण प्रधान, शिक्षक भरत श्रेष्ठ, तीर्थनारायण जोशी र शान्तकृष्ण श्रेष्ठलगायत मिलेर 'कुल्सी परिवार गठन' गरिएको थियो। यसले 'कुल्सी हवाई पत्रिका प्रकाशन गथ्र्यो, जसका सम्पादक तीर्थनारायण जोशी थिए। चार वर्ष प्रकाशन भएको पत्रिकाले दोलखा भाषाको संरक्षण र प्रचारमा सहयोग पुर्याएको थियो। आफ्नै लिपि नभएकाले देवनागरी लिपिमै त्यो पत्रिका छापिन्थ्यो।
केही समयपछि यही उद्देश्यले 'बाँपीझ्याला' पत्रिका पनि प्रकाशन हुन थाल्यो। कालान्तरमा दुवै पत्रिकाले विश्राम लिए। केही समयपछि 'अभयपुर' मासिक पत्रिका दोलखा भाषा र राष्ट्रिय भाषामा प्रकाशन भयो। यसअघि पनि कालिञ्चोक युथ क्लबको आँखा, द्वाल्खा गुठीको स्मारिका, तिलिञ्चो परिवारको 'चिमाल' प्रकाशन भएका थिए। आँखा पत्रिका अझै प्रकाशन भइरहेको छ।

नेवार जाति होइन, समुदाय हो। यो समुदायभित्र थरिथरिका जाति छन्। उनीहरू काठमाडौंमा कहिले आए भन्ने ऐतिहासिक प्रमाण भेटिएको छैन। वंशावलीलाई आधार मान्दा नेपालको पहिलो राजवंश गोपालवंश (३८ सय वर्ष पहिलेको) हो। अहिले पनि चित्लाङ, कीर्तिपुर, मत्स्य गाउँ, बज्रबाराही र मातातिर्थमा गोपाली जातिको बस्ती छ। नेवार समुदायभित्रका उनीहरू आफूलाई गोपालवंशको मान्छन्। नेपाल भाषामा उनीहरूलाई 'सापु' भनिन्छ। 'सा' को अर्थ गाई हो भने 'पु' को अर्थ पाल्ने। त्यसैले, गोपालवंशलाई पहिलो नेवार समुदाय मान्न सकिन्छ।

गोपालवंशको राज्यकाल करिब ५ सय वर्ष मानिएको छ। त्यसपछि डेढ सय वर्ष महिषपालको राज्य चल्यो। उनीहरूपछि किराँतहरूले अन्दाजी १२ सय वर्ष शासन गरे। इसाको पहिलो शताब्दीदेखि ९ औं शताब्दीसम्म लिच्छिवी शासन चल्यो। लिच्छवीपछि मध्यकाल सुरु भयो। त्यो समयमा देव नामधारी राजाले शासन गरेको भनिन्छ। तर, उनीहरूको वंश निश्चित गर्न सकिएको छैन। इसाको १३ औं शताब्दीमा आएर मल्लकाल सुरु भयो।

इतिहासशिरोमणि बाबुराम आचार्यले लिच्छिवीहरूलाई ज्यापु मानेका छन्। प्रामाणिक तथ्य भनेको इस्वी संवतको दसौं शताब्दीको नेवारी लिपि भेटिएको छ भने भाषाको अभिलेख ११ औं शताब्दीदेखिको पाइएको छ। त्यतिबेला नेवार प्रबुद्ध समुदायका रूपमा स्थापित भैसकेको देखिन्छ। त्यसअघिका नेवारसम्बन्धी अभिलेख पाइएको छैन।

मल्लकालमा नेवारी भाषालाई नेपाल भाषा भनिन्थ्यो। त्यसले सरकारी मान्यता पाएको थियो। यसलाई देश भाषा वा राष्ट्रभाषा पनि भनिन्थ्यो। चौधौं शताब्दीका राजा जयस्थिति मल्लले पेसाका आधारमा नेवार समुदायको वर्गीकरण गरे। त्यो बेलाको नेपालमण्डलमा अहिलेका १२ जिल्लाका भूभाग पर्छन्- काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, सिन्धुली र रामेछाप।

नेवारहरू काठमाडौंबाट बाहिरी जिल्लामा गएका देखिन्छन्। मल्लकालमा नेपाल ५० भन्दा बढी राज्यमा विभक्त थियो। मल्लकालको बीच (१७ औं शताब्दी) तिरै काठमाडौंबाट नेवारहरू पश्चिम नेपालतिर बसाइ सरेको पाइन्छ। पहिले-पहिले व्यापारिक प्रयोजनका लागि उनीहरू काठमाडौंबाहिर पुगेका थिए भने पछि राजा रणबहादुर शाहले धेरैलाई काठमाडौं उपत्यकाबाट पूर्वतिर लखेटे।

रणबहादुरको शासनकालमा (इस्वी संवत १७९९ तिरको घटना) काठमाडौं उपत्यकामा बिफरको महामारी फैलियो। एकपटक बिफर आइसकेकालाई फेरि बिफर आउँदैन। नआएका बालबालिकालाई आउने सम्भावना रहन्छ। बिफर सरुवा रोग भएकाले आफ्नो मन परेको छोरो गिर्वाणयुद्ध बिक्रमलाई बिफरले सताउला भनेर राजा डराए। त्यही भएर उनले बिफर नआएका सबै बालबालिकालाई काठमाडौं उपत्यका छोडेर तामाकोसीपारि जान उर्दी जारी गरे। परिणामः आफ्ना छोराछोरीसहित रुँदै-कराउँदै धेरै नेवारहरूले उपत्यका छोड्नुपर्यो।

http://www.nagariknews.com/society/nation/4479-2009-08-29-04-02-48.html

 

Don’t try to jump to the conclusion by reading this and don’t think that I have given material to justify your claims.

Once again with the intelligence like yours Newari culture  doesn’t need any outsider for its demise.

Last edited: 17-Feb-11 12:40 PM
Read Full Discussion Thread for this article