Posted by: sukla February 16, 2011
No "NEWARI" Please !!!
Login in to Rate this Post:     0       ?        
बीपी कोइरालाले चार दशकअघि 'राष्ट्रियता : नेपालको सन्दर्भमा' उठाएका प्रश्न:

'गोरखा राज्यको विस्तार राष्ट्रिय एकताको अभियान थिएन, न त्यस समयका शासकहरू नेपाली राष्ट्रिय भावनाले प्रेरित नै।... गोर्खाली राजाहरूले विजयÐअभियान प्रारम्भ गरेका थिए र तिनीहरूको चरित्र विजेताको थियो, राष्ट्रिय नेताको होइन, जसले गर्दा विजित देशहरूका राजा र प्रजाहरूसँग कोमल व्यवहार गरिएन। काठमाडौंका नेवारी प्रजाहरूलाई अद्यावधि त्यसको गुनासो छ।'

------------
डा. बाबुराम भट्टराईको 'जनयुद्ध र नेवारी जातीय मुक्तिको प्रश्न':

"इतिहासको सुरुदेखि नै काठमाडौं उपत्यका र नेवार नेपालका सबै क्षेत्र र जातिभन्दा विकसित र सम्पन्न थिए। त्यही सम्पन्नताबाट मोहित भएर गोर्खाली राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि आक्रमण गरेका थिए। "
------------

महेशचन्द्र रेग्मीको 'अ स्टडी इन नेपाली इकोनोमिक हिस्ट्री':
"पृथ्वीनारायण शाहले पनि आफूलाई स्वागत गर्ने व्यापारीको हित हुने काम गरे, विशेषतः भारतीय व्यापारीलाई यस क्षेत्रबाट निकाला गरी।
"

-------------
चैतन्य मिश्रको 'बदलिँदो नेपाली समाज' :

"
चीनÐभारतबीच मध्यस्थ व्यापार केन्द्र बनेको काठमाडौं सहरी राज्य र सभ्यताका हिसाबले एसियाको मात्रै होइन, संसारकै एक प्रमुख आकर्षक सहर थियो।  यहाँका कलात्मक मन्दिर, सुन्दर भवन र चोक, ढलनिकाससहितका बाटोघाटो, अज्ञात मुहानबाट बग्ने ढुंगेधाराका पानीको व्यवस्था संसारका कमै सहरमा मात्रै पाइन्छ। आर्थिक विकाससँगै उन्नतिको उकालो चढ्ने क्रममा निर्माण भएको यो सभ्यता नेवारहरूकै पौरख थियो।"

-------------

रेग्मीदेखि भट्टराईसम्मको विश्लेषणअनुसार शाही शासन थालनी हुँदा पनि नेवार व्यापारी र उद्योगपति फस्टाएकै थिए। तर उनीहरूले शाही शासनबाट उपभोग गर्न पाएका सेवासुविधा गरिखाने नेवारहरूका लागि प्राप्य थिएन। र, जेजति सेवासुविधा पाइएका थिए तिनका लागि पनि निकै महँगो मूल्य चुकाउनु परेको थियो। त्यो मूल्य हो Ð नेवारहरूमाथि शाही शासनद्वारा थोपरिएको जातीय उत्पीडन। पृथ्वीनारायण शाहको नेतृत्वमा स्थापित केन्द्रीय सामन्ती राज्यसत्ताले नेवारमाथि लादेको जातीय उत्पीडनको एउटा आयाम राजनीतिक थियो। युद्धमा पराजित नेवारहरूलाई राज्यका कुनै पनि यन्त्रमा समावेश नगर्ने र पराजित जातिकै रूपमा राजनीतिक र्व्यवहार गर्ने क्रम सयौं वर्षसम्म जारी रह्यो।

जातीय उत्पीडनको अर्काे आयाम हो Ñ नेवारहरूका भाषा, साहित्य, कला, संगीत र वास्तुकलासँगै समग्र संस्कृतिमाथि भएको दमन।  सांस्कृतिकरूपले पनि नेवारहरू नेपालका सबैभन्दा उन्नत र अग्रणी जाति हुन् भन्ने कुरामा नेपालको संस्कृति अध्ययन गरेका  लगभग सबै जसो विद्वानहरुको मतैक्य छ । नेवारहरूका भाषा, साहित्य, कला, वास्तुकला र समग्र संस्कृति नेपालका अरू सबै जातिको भन्दा विकसित र परिमार्जित छन्। नेपालका शासकले अहिले 'नेपाली संस्कृति' भनेर डलरको खेती गर्न जुन चिजको अत्यधिक प्रयोग गरिरहेका छन्, त्यो वास्तवमा अधिकांशतः काठमाडौं उपत्यकाका नेवारहरूको संस्कृति हो।

------------

नेपालसम्बन्धी विद्वानहरू कर्कप्याटि्रकदेखि सिल्भाँ लेभीसम्म, डी.आर. रेग्मीदेखि महेशचन्द्र रेग्मीका अध्ययनअनुसार नेवारहरूबीच व्यापक रहेका विविध पेसा र अनेक पेसासम्बन्धी जातले नै उनीहरूको सभ्यतालाई उजागर गर्छन्। आजभन्दा चार पाँच सय वर्षअघि नै नेवारहरूमा काठ, माटो, ढुङ्गा, पित्तल, तामा, सुन, फलामका फरकफरक काम गर्ने दर्जनौंदर्जन पेसा हुनु यस क्षेत्रमा कृषि, व्यापार, उद्योग र निर्माण अनि समग्रमा सभ्यता र संस्कृतिको व्यापक विकासको सूचक ठान्छन् उनीहरू।

तर, सिल्भाँ लेभीले 'नेपाल : हिन्दू अधिराज्यको इतिहास'मा भनेजस्तै गोर्खाली राजा पृथ्वीनारायण शाहको विजयपश्चात् नेपालका मानिसलाई सामान्यतया दुई वर्गमा बाँडियो : मालिक र प्रजा अर्थात् विजयी र विजितमा। मालिक भए गोर्खाली अनि पहिलेका मालिक नेवार अब प्रजा हुन पुगे। कृषि, व्यापार र कालीगढीमा निपुण थिए नेवारहरू। उनीहरूले देशभित्र मात्रै होइन, तिब्बतदेखि चीनसम्म फैलाएको आश्चर्यजनक सांस्कृतिक वर्चस्वलाई गोर्खाली राजाले मल्ल राजाहरूले जस्तो प्रोत्साहित गरेनन्। गोर्खाली राजाहरूको राजकीय बेवास्ता र जातीय उत्पीडनले गर्दा राष्ट्रिय सभ्यताकै मृत्युको क्रम सुरु भयो। यो कुनै नेवार जाति, संस्कृति र सभ्यताको मात्रै नियति होइन, अधिकांश गैरखसबाहुन जातिको दुर्भाग्य हो र समग्र नेपालकै विडम्बना हो।




Read Full Discussion Thread for this article