.......
एकातिर भोकको चेप, जेरी स्वारी त स्वाहा भै गो --अर्को तिर टिपन छैन, महादेबको फोटो पछाडी चुरोट छ कोठामा-- कलिलो उमेर-- कति कुराको टेन्सन मलाई।
त्यो मन्दीर पछी जति बसे नी केई न केई। निस्किएँ। धन्न नयाँ सडक सम्म पुगेन छु टिपन न सिपन। अनि सोचें अब टिपन खोज्दै नागपोखरी पुग्नु पर्यो फेरी--बाटाँ त खस्यो होला नी। मन्दीर बाट गहना पोखरी तिर बाटाँ घोरिएर लाग्दै थिएँ, काकाले गर्दन समातेर सोधें, के खोज्दैछस तँ?" सातोपुत्लो उड्यो।
"गठेमंगलको औठी थ्यो कता खस्यो कता।" एक थोक त भन्नु पर्यो नी।
"त्यो औठी लाएनी, नलाएनी दशा तँलाई लाग्न छोड्या छैन " भन्दै उनी हाँस्दै लामढुङ्गा तिर लागे।
आजको कुरालाई ताकेर भने की औसत दिनको लेखाजोखा गरेर भने थाह छैन तर डर बढाएर हिने। टंगाल स्कुल सम्म पुगें। भेटीएन टीपन। भोकको रन्को, जाडो पनि हुन थाल्यो, रीस उठेको उठेकै छ को संग हो पनि थाह छैन। सक्दिन म नागपोखरी सम्म जान। जे गर्ने हो गरुन भनेर फर्किएँ। त्यै एक छिन हो हल्ला गर्ने त होलान नी। जे पर्ला अब भनेर बाँधे। मुड्क्याएछन भने नी सहनु पर्ला अब। हराईहाल्यो। भनें घर तिर फर्कें। डर गाको त कहाँ थ्यो र?
घराँ घिसारेर कसैले छिराको जसरी छीरेको मात्रै के थिएँ, बाउले स्वागत गरे। "सवारी होस, सवारी होस कहाँ सम्म पुगेर फिर्ती सवारी भो यती बेला?"
अघि नागपोखरीमा कुन चै दुष्मनले देखेर कुरा सुनाईसकेछ भनेर तर्सें। फेरी सोचें राम्रै भो। मैले भन्नै परेन।
अनि आमाले भनीन, "बाबु, झन त्यति बिधी होस गर है भनेको टीपन त कोठैमा खसालेर हिनीछस"
मलाई नी ज्यानमा ज्यान आयो, हाम्रा पुरेतले डकार्दाको झै गर्जनमा भनें "अघि नै भन्नु पर्छ नी -- सित्तैमा नागपोखरी र यहाँ ओहोर दोहोर गर्दैमा दिन बित्यो - सक्दिन अब म यो टीपन सीपन पुर्याउन कतै नी" --
-------------------