Posted by: Deep February 15, 2011
टीपन
Login in to Rate this Post:     3       ?         Liked by


................ मैले निष्कर्ष निकालें।

गुलेली ले कुन चै ले ढाल्दीसक्यो यस्को गरुड, सोचें। फेरी सोचे, मूर्ख बनायो यस्ले आज मलाई? भिड निक्कै बाक्लो थियो, कलिलो छिप्पेका पाकेका सबै थिए। मलाई केटाकेटी भनेर अलमलायो रे--यत्तिका मान्छे छन यहाँ, सबै केटाकेटी छैनन नी। सम्झाएँ।

अब फेरी डल्लो छेउ गयो, आँखा पल्टाउन थाल्यो, मन्त्र पढ्न छाडेको छैन, बेला बेला गर्जिन्छ पनि, फेरी बुद्रुक्क उफृयो अनि आकास तिर हेर्यो। केई छैन। डल्लो जहाको तहीं।

"आज
एकादशी होईन ?" जंगीयो। सबै एक अर्कलाई हेर्न थाले। त्यै अघिका गुरुले भने, के को एकादशी आज, हिंजो थ्यो एकादशी , आज द्वादशी त्रयोदसी जुधेको , बोली बालाचतुर्दसी भैगो।"

 त्यो डल्लो उडाउँछु भन्ने झोक्कियो अब। भिड तिर हेर्दै भन्यो "अघि नै भन्नु पर्दैन मलाई? मन्त्रले यो उडाउने, सर्प आउने, अनि गरुडले लैजाने खाली एकादशीमा मात्रै काम गर्छ भन्ने बर्दान मलाई गोरखनाथले दिनु भाको -- त्यै किन उडदैन भन्छु नी, सधैं उडाईराको -- गरुड आउने पनि संकेत छैन -- के चै गडबड भन्ने मलाई लाग्या थ्यो--- भन्नु पर्छ नी बेलैमा -- सित्तैमा दिन गयो कि गएन अब? उस्ले घडी हेर्यो। हेर यति ढिलो भैसके , भोलीको बालाचतुर्दशी अघि पशुपती पुगीसक्नु पर्ने म।" 

 
अलि अलि मान्छे हाँस्न थाले अलि अलि छक्क परे। त्यै टिनको बाकस अनि एउटा झोलामा त्यो डल्लो कोचेर निस्कियो भिडबाट।

 

दुलही अन्माईसके पछी माईतमा हुने जमघट जस्तो भो भिड भोकले रींगटा लाग्ला जस्तो भो, नयाँ सडक पुग्न सकिएला जस्तो लागेन। घर तिर फर्किए। फर्किन फर्किएँ, अब घराँ भन्ने के?

उ बेला
हिनेको। अनेक थरी बहाना सम्झिएँ, कुरो मिलाउन सकिएला जस्तो लागेन। ह्या अब जे भाको हो त्यै भन्दिन्छु। ढाँटदा पो दशवटा कुरो मिलाउने झन्झट भाको कुरो एउटै हो। आज नगएर के भो ? भोली गैदिम्ला। भैगो नी। मन दरो पारें। गहना पोखरी पुगेको थिएं। तै पनि धुर्ब्या बाउको वाई बी जस्तो हुन खोज्थ्यो मन बेला बेला। त्यो धुर्ब्या बाउको वाई बी थ्यो मोटर साईकल, बेला बेला यसै स्टार्ट बन्द हुन खोज्ने।

हैन
यो टीपन भन्नेमा लेख्या चै के हुँदो रे भनेर पछाडीको खल्तीबाट टिपन झिक्न खोज्छु छैन बा! अब भो की। मनको स्टार्ट झ्याप्पै बन्द भो। खुट्टा रोकिए। घर नजिकै पुगीसक्या थिएँ। जाने आँट् आएन। अब मार्ने भए भन्ने सोचें। टीपन काँ हरायो हरायो।

भगबती
मन्दीर पछाडी गएँ। ढोग्दा टिपन दिन्छीन कि झै गरी ढोगें पनि। तर समस्या जस्ताको तस्तै।

एकातिर
भोकको चेप, जेरी स्वारी स्वाहा भै गो --अर्को तिर टिपन छैन, महादेबको फोटो पछाडी चुरोट कोठामा-- कलिलो उमेर-- कति कुराको टेन्सन मलाई।

त्यो
मन्दीर पछी जति बसे नी केई केई। निस्किएँ। धन्न नयाँ सडक सम्म पुगेन छु टिपन सिपन। अनि सोचें अब टिपन खोज्दै नागपोखरी पुग्नु पर्यो फेरी--बाटाँ खस्यो होला नी। मन्दीर बाट गहना पोखरी तिर बाटाँ घोरिएर लाग्दै थिएँ, काकाले गर्दन समातेर सोधें, के खोज्दैछस तँ?" सातोपुत्लो उड्यो।

"गठेमंगलको औठी थ्यो कता खस्यो कता।" एक थोक भन्नु पर्यो नी।

"त्यो औठी लाएनी, नलाएनी दशा तँलाई लाग्न छोड्या छैन " भन्दै उनी हाँस्दै लामढुङ्गा तिर लागे।

आजको कुरालाई ताकेर भने की औसत दिनको लेखाजोखा गरेर भने थाह छैन तर डर बढाएर हिने। टंगाल स्कुल सम्म पुगें। भेटीएन टीपन। भोकको रन्को, जाडो पनि हुन थाल्यो, रीस उठेको उठेकै को संग हो पनि थाह छैन। सक्दिन नागपोखरी सम्म जान। जे गर्ने हो गरुन भनेर फर्किएँ। त्यै एक छिन हो हल्ला गर्ने होलान नी। जे पर्ला अब भनेर बाँधे। मुड्क्याएछन भने नी सहनु पर्ला अब। हराईहाल्यो। भनें घर तिर फर्कें। डर गाको त कहाँ थ्यो ?

 घराँ घिसारेर कसैले छिराको जसरी छीरेको मात्रै के थिएँ, बाउले स्वागत गरे। "सवारी होस, सवारी होस कहाँ सम्म पुगेर फिर्ती सवारी भो यती बेला?"

अघि नागपोखरीमा कुन चै दुष्मनले देखेर कुरा सुनाईसकेछ भनेर तर्सें। फेरी सोचें राम्रै भो। मैले भन्नै परेन।

अनि आमाले भनीन, "बाबु, झन त्यति बिधी होस गर है भनेको टीपन कोठैमा खसालेर हिनीछस"

मलाई नी ज्यानमा ज्यान आयो, हाम्रा पुरेतले डकार्दाको झै गर्जनमा भनें "अघि नै भन्नु पर्छ नी -- सित्तैमा नागपोखरी यहाँ ओहोर दोहोर गर्दैमा दिन बित्यो - सक्दिन अब यो टीपन सीपन पुर्याउन कतै नी" --

------------------- 

 

Read Full Discussion Thread for this article