Posted by: damayanti February 13, 2011
relationship
Login in to Rate this Post:     0       ?        
Last part:


 “स्वाती” सम्पदाको मन- मस्तिकमा यहि नाम बारम्बार गुन्जी रह्यो। Masters को अन्तिम दिन भएकोले साथीभाईको get together थियो, सम्पदा उपस्थित त भई तर “स्वाती” उसको दिमाखबाट हट्नै सकेन्। साथीभाईले के भयो भनेर उसलाई पटक पटक सोधिरहे, सम्पदा एकोरीरही। घर पुगेर ऊ राजका ई-मेलहरु राम्रोसगँ पढ्न थाली। राजले १ हप्ता देखि स्वातीका कुरा गर्न थालेको रहेछ।

I met Swathi today, she is very nice person to deal with and you know what, like Soniya she lives in same apartment”

“Swathi  is so helpful, I cannot help myself so I invite her  for dinner”

“Swathi planned surprise party for Soniya and Ritesh (Soniya’s husband) in Valentine's Day, I appreciate her so much for the way she is”

 

यस्तै यस्तै कुराहरु थिए। सस्पदाले facebook खोली, झटपट गर्दै राजको friend list मा Swathi टाईप गरि र Swathi Subedi भन्ने नाम भेटि। Swathi Subedi मा क्लिक गरि र उसको प्रोफाईल हेर्न थाली। Swathi को प्रोफाईलमा Privacy नभएकोले उसले सबै हेर्न मिल्यो। सम्पदाले चाम्लबाट कनिका निफनेको जस्तै गरि स्वातीका एकएक जानकारी निफन्दै गई। Google को सहाराले धेरै कुरा पत्ता लगाई पनि। स्वातीका बुवाआमा २० वर्ष अगाडि अमेरिका गएका रहेछन्, त्यो बेला स्वाती मात्र ५ वर्षकि रहिछे। स्वातीलाई नेपाली बोल्न नआउँने रहेछ (उसको facebook video बाट सम्पदाले थाहा पाई), स्वातीले लगाएका लुगाहरु देखेर स्मपदाले कति पटक जीब्रो टोकी। “केटीले छोटा लुगा लगाएर हाई भने पछि त्यो केटी hot हुन्छे, केटा मान्छेको जात न हो” सम्पदा रीसले चुरचुर हुदैं भुत्भुताई, आफू राजबाट टाढा भएकोले ऊ रुन थाली, केटाहरुसगँ feelings नै हुदैन्, जहाँ राम्री केटी देख्यो त्यही मख्ख पर्छन्, सम्पदा रिसले बम भई। यो उसको राज प्रतिको माया थियो वा स्वातीले उबजाएको डर, तर सम्पदालाई राज र स्वातीको यो सम्बन्ध मनपरेको थिएन, पटक्कै मन परेको थिएन। त्यतिकैमा राज online आयो। सम्पदाले राजलाई देखेर बोल्नै नपरे हुन्थियो जस्तो गरि, स्वभाभिकनै थियो, उसको मुटु पोलिरहेको थियो।

Raj: “Hey Sammy”

Sam: “Hi”

Raj: “so finally you completed your exams? Take rest”

Sam: “just came from get together, final day with friends”

Raj: “Oh, that’s great! Friday is always best time to celebrate”

Sam: “What are you doing?”

Raj: “Soniya invited for dinner to us. So, I am waiting for Swathi, we plan to gift Soniya”

फेरि स्वाती, आज सम्म राजका यतिका पार्टी भए त्यति बेला कोहि स्वाती आएन्न। सम्पदालाई सार्हो रीस उठ्यो।

Sam: “Well, I don’t think Soniya needs gift, she has enough”

Raj: “why not? She is organizing the party”

Sam: “How about your studies”   (Sampada ले topic चेन्ज गरि)

Raj: “going on, soon the semester will end and I will have summer break. Wish we were together, but guess what?”

Sam: “what” (सम्पदाको मुटुको ढुक्ढुकी बढ्यो)

Raj: “we are planning to move Florida for a week. Swathi will organize the place to stay, I will enjoy to fullest”

Sam: “you mean you and swathi….” (सम्पदा doubtful भई)

Raj: “me, swathi, soniya’s family. We became so close with each other, soniya too is very pleasing”

Sam: “Oh, I see”

Raj: “Ok Sammy will catch you later, swathi arrived. We are moving to gift shop. Love you sweetheart”

(सम्पदाले bye भन्न नपाउँदै)

Raj appears offline

 

त्यो सोनियालाई पनि त्यहि बस्नु पर्ने, अनि हप्तै पिछे पार्टी रे! खूबै जान्ने हुनु पर्ने त्यसलाई। स्मपदाको आखाँ रिसले बलेको थियो। आफूले माया गर्ने व्यक्तिले अरुको प्रशंसा गर्दा साचिक्कै मन निराश हुदोरहेछ, सम्पदाको यो व्यहोरा देखेर राम्रो सगँ प्रस्ट हुन्थियो। सम्पदाले आफूलाई धेरै पटक सम्झाउँन खोजी, तर उसको मन निराश नै भयो। स्वाती त उसको दुश्मन नै भई। उसको नाम सुन्ने बितिक्कै ऊ क्रोधले बघिनि जस्तै हुन थाली। “जहाँ माया, त्यँहा जलन”, सम्पदा भित्र भित्रै जलिरहेकी थिई।

......................................................................................................................................................

राजको अन्तिम semester भएकोले ऊ व्यस्त हुन थाल्यो। राजलाई अन्लाईन भेट्न हुरुक्क हुने सम्पदा बद्लिदै थिई, उस्को हासोँ स्वातीमा सरेको जस्तो भान हुन्थियो उसलाई। “मलाई रुवाएर त्यसको केही भलो हुदैन्, केटीको शत्रु केटी नै हुन्छन्” यस्तै कुरा भन्दै ऊ धरधरि रुन थिई। स्वातीका facebook मा फोटो अपडेट हुन्थे, राज भन्दा पनि सम्पदा स्वातीको फेसबुकमा बढि समय बिताउँतथिई।

Long distance relationship मा सानो कुराले पनि असर गर्ने रहेछ। मायामा कति कुरा मुखले भन्दा आखाँले बोलिन्छन्, तर e-relationship मा ती भाव नभेटिने रहेछन्। कुनै बोली मीठा बोल्दापनि तीतो सुनिने रहेछ, त्यसैले होला e-relationship कठिन भएको। सम्पदा र राजको पातलिदो भेटले कुराहरु अधुरा हुन् थाले, भनेको कुरा व्यक्त हुन् नपाउँदा relationship मा gap हुन् थाल्यो, यिनिहरुको माया साधारण हुदैं गयो र चलिरह्यो। सम्पदा काम गर्न थाली र ऊ काम मै आफूलाई प्राय व्यस्त राख्न थाली, राज र सम्पदाको ई-मेल र च्याट दिन दिनैबाट घटेर हप्तामा सिमित रह्यो। माया त थियो तर यी दुईका दुनियाँ अलग हुन् थाले। सम्पदा काममा रमाउँन थाली र राज आफ्नो पढाईमा। पढाईपछि राजले PhD को लागि apply गर्यो, उसले सोही University मा admissionका साथ funding पायो।

......................................................................................................................................................

 

समयको डुबुल्की मार्दै December पनि आयो, राज आउँने भयो, साथमा स्वाती पनि। सम्पदाको मायाले चोट पाएको थियो, ऊ पहिलाको झैं खुसी थिईन्। सायद राजले भन्नु अगाडि नै म उसलाई भन्छु, उसले निर्णय गरि। राज र सम्पदा भेट्ने भए त्यहि Bakery Café मा

“हेल्लो Sammy”, राजले सम्पदालाई hug गर्यो।

(राजको यो tight hug ले सम्पदामा फेरि त्यो माया बिउँझियो, ऊ राजको यो hug सगैँ भुलि र बाधिँ रही)

पछाडिबाट आवाज आयो, “Ahem Ahem”

“स्वाती” राजको मुखबाट बोली निस्कीयो।

सम्पदाको मनमा चीसो पस्यो। म स्वाती हैन राज, यसो भन्दै ऊ राजको अंगालोबाट छुट्टी।

“सम्पदा ऊ स्वाती, स्वाती ऊ सम्पदा” राजले चिनायो।

स्वाती वास्तवमै राम्री रहिछे अग्ली, ठूला ठूला आखाँ अनि त्यो मुहारको हासोँ तर के गर्नु। “हामी पो भेट्ने कुरा थियो राज तिमीले स्वातिलाई”, सम्पदाले रिसाउदै भनि “मलाई तिमीसगँ केही भन्नु छ राज” सम्पदाले स्वातीलाई हेरेर भनि

“पखँ म केहि भन्छु” राज आफ्नो कुरा अगि बढाउँन तम्सियो

“Nope, म पैला के भन्ने” स्वातीले दुवैका कुरा काटी “राज भुजु मुनपर्यो मलाई”

“भुजु हैन् भाउँजु हो झल्लु” राजले हास्दैँ टिप्पणी गर्यो

स्वातीले फेरि भनि, “राजले मुलाई नेपाल देखाउँन ल्यायो, नेपाली उसले सिकायो, भन्छ नेपालमा English बोल्नु पाइदेन, राज राम्रु मान्छे हो मेरु राज दाई”

सम्पदा अक्कमक्क परि।

“मेरो वहिनी थिएन्, त्यसैले स्वातीलाई बनाए। बडो मज्जा कि छे” राजले फेरि भन्यो

Sammy मुलाई नेपाल घुमाउँने?” स्वातीले सोधि “म Tourism year को लागि आयाको”

(Due to some problem, I cannot post more than this, please see below for complete story)

Last edited: 13-Feb-11 08:30 PM
Read Full Discussion Thread for this article