Posted by: damayanti February 11, 2011
relationship
Login in to Rate this Post:     0       ?        


धन्यवाद boulevard dreams, perfectionist, Aviatorchick, serial and liberty gal.

Here comes 2nd part:


 राजको आग्मनले सम्पदाको खुट्टा भुईमा थिएन। जसरी श्रीकृष्णले वासुरी बजाउँदा राधा सारा संसार भुलेर छमछम नाच्थिईन, त्यसरीनै राजलाई भेटेपछि सम्पदाले अरु सबैलाई भुलिदिई, मानौ राज देखि वाहेक केही छैन् जस्तो। सम्पदाको बोलीमा गीत गुन्जीए जस्तो, मुहारमा तारा चम्किएको जस्तो अनि हासोँमा दीपकको प्रकाश भए जस्तो देखिन्थयो। स्वाभिकनै थियो, आफूले माया गरेको व्यक्ति, लामो विछोडपछिको त्यो मिलन। सम्पदाको यो भित्रि सुन्दरता देखेर राज मख्ख नपर्ने त कुरै आउँदैन थियो। शुरु भयो फेरि, “तिमी मेरो म तिम्रो, माया चोखो छ हाम्रो जुनी जुनीलाई”। यो भेटले यिनिहरुको माया झनझन प्रगाढ बन्दै गयो र आउँदो मंसीरमा लगनगाठोमा बाधिने निर्णय पनि गरे। खुसीको क्षणमा समय वितेको पत्तो नै हुदैन, राजको जाने दिन पनि आयो र फेरि केही समयलाई संसार अन्धकार हुने भयो। राज गएपछि सम्पदा मुरछाएकी फूल झैं भई, फेरि उसलाई Internet प्यारो लाग्न थाल्यो। अचम्म, राज हुदाँसम्म उसलाई एकदिनपनि Internet याद आएन। उसले सोनियालाई पनि निकै मीस गरि। सम्पदा कलेज नगएको १ हप्ता भएकोले रमेश, श्रीजना, नबिना, राकेश उसलाई भेट्न आए।

“हामी चै तँ विमारी भईस्की भनेर भेट्न आको” नबिनाले भनि

“ छेन यार, राज गएपछि कलेज आउँनै मन लागेको छैन, त्यसैले न आको” सम्पदाले निराश हुदै भनि

“ अनि खबर गर्नु पर्छ नि, बेकार तलाई flowers र dry fruits ल्याईदेको” राकेशले ठ्ट्टा गर्दै भन्यो

यो कुरामा सम्पदाले हाँस्दै भनि “साले, मुटु दुखनु नै विरामी हुनु हो नि। यो त ठुलो रोग हो नि,”

“ हाम्रो 2nd yr को routine out भयो, केही बन्दाबन्दी भएन भनि समयमै जाचँ हुन्छ” श्रीजनाले चिन्तीत हुदै भनि

“हो र, वित्यास पर्ने भएछ नि त उसो भए!, पढेको केहि छेन” सम्पदाले मुख खुम्च्याउदै भनि

 

यसरी सम्पदा जाचँको त्यारीमा लागी। Masters सकाएर राजसगँ घरजम गरेर बस्ने उसको सपना थियो। राज र सम्पदाको च्याटमा त्यति भेट हुन छोड्यो तर ईमेल भने हुन्थियो। राज पनि आफ्नो लास्ट semester मा व्यस्त भयो।

..................................................................................................................................................

सम्पदाको मोवाईलमा घण्टी आयो, नम्बर थिएन

“ म तिमीलाई नै सम्झि रहेको थिए राज” सम्पदाले फोन उठाएर यसो भनि

“ तँ त बदलिएकी रहिन्छेस, अमेरिकामा राजमात्र बस्छ?” सोनियाले ठट्टा गर्दै भनि

“सोनी, मेरी जान के छ यार?”

“ठीक छु, नँया ठाउँमा बोर लागिरहेको छ” सोनियाले दु:खी हुदै भनि

tension न लि न, म आउँछु अनि मस्ति गर्नु पर्छ। ए सुन त, मैले पनि मंसीरमा विहे गर्ने भएनि, तलाई अहिले देखि निम्ता है, हा हा” सम्पदाले खुसी हुदै भनि

“हो र ल ल, ए guess what?” सोनियाले कुरा सम्झिदै भनि

“के?” सम्पदा clueless भई

“राज र म बस्ने apartment एउटै, मलाई त कस्तो खुसी लाग्यो। आको कति भईसक्दापनि आज बल्ल थाहा भयो हेर न, कस्तो busy होला त लाईफ” सोनियाले हर्षित हुदै कुरा राखी

“हो र, ल यार क्या खुसी लाग्यो मलाई, ल मेरो राजको पनि care गर है, ढुक्क भए म अब” सम्पदाले हास्दै भनि

यिनिहरु बीच लामो कुरा भयो,फोन राखे पछि सम्पदा मख्ख परि, “भने पछि राजसगैँ सोनिया पनि म सगैं हुने भई, विवाहा पछि लाईफ रमाईलो हुने भयो, मेरो दुवै हातमा लड्डू Lucky me भन्दै सम्पदा पढ्न तिर लागी।

.....................................................................................................................................................

जाचँ भरि सम्पदाले राजलाई दिनदिनै ई-मेल गर्न पाईन्। यो जाचँमा पास हुनु नै उसको लक्ष्य रहेको थियो, यो जाचँपछि उसले आफ्नो उज्जवल भविष्य देखेकी थिई, त्यसैले लागि परेर पढेकी थिई। १ महिनाको अन्तराल पछि उसले पढाईबाट मुक्ति पाई, अब मात्र thesis लेख्ने काम थियो। जाचँ सकिने वितिकै सम्पदा घर गएर Internet चलाउन थाली। राजको कति धेरै ई-मेल आएको रहेछ। उसले एकएक गर्दै पढ्न थाली, राजले उसलाई Valentine Day को e-cards सहित आफ्नो विछोडको बहपनि लेखेको रहेछ। अझ एउटा ई-मेलमा त “I love you so much and I miss you” मात्र लेखेको रहेछ। कुनै ई-मेल त २-२ मिनेटमा फरकमा लेखिएको रहेछ। सम्पदाले बल्ल बल्ल ई-मेल पढेर सकि, राजको feelings हरुले उसलाई खुसी त बनायो तर राजको ई-मेलमा पटक पटक लेखिएको स्वातीको नामले उ निकै दु:खी भई।


क्रमश

Last edited: 12-Feb-11 09:43 AM
Read Full Discussion Thread for this article