Posted by: crazy_love February 11, 2011
क्रमश:
Login in to Rate this Post:     0       ?        

भाग-१९

मायर वार्डको बाहिर जाने ढोका हुदै फेरि हलभित्र पस्यो र देब्रेतिर ब्रेकरुमभित्र पस्यो। म त्यसरी नै ब्रेकरुममा गए। भित्र कोहि पनि थिएनन्, लन्च टाइम नभएकोले ब्रेकरुम शुन्य थियो र पनि मलाइ अलि अलि डर र संकोच लागिरहेको थियो। कतै कोहि आइ हाल्यो भने के सोच्ला भन्ने पीर? मैले चारैतिर हेरे, सबैतिर मौन भित्ताहरु हामीलाइ हेरेर बसेको झै लाग्थ्यो। एउटा कुर्सी तानेर मायरले मलाइ बस्ने संकेत गर्‍यो, पहिले त मलाइ बस्न मन लागेन तर उ पनि अर्को मेचमा बसेपछि म चुपचाप बसे। एकछिन उसले मलाइ हेरेन, आफ्नै हत्केलाको रेखाहरु हेरेर घोरिन थाल्यो। त्यसपछि एक मुट्ठा पेनहरु खल्तीबाट झिक्यो।

"यो सबै पेन तिमीसङ सापट लिकेको मैले। तिमीलाइ याद छ?" उ पेनहरु गन्न थाल्यो।

"कति वटा रैछ?" मलाइ के भनु के भनु भएर सोधे।

"७ वटा! के तिमीलाइ मैले यो पेनहरु म सङ नभएर तिमीसङ सापटि लिएको जस्तो लाग्छ?" उसले मलाइ सोध्यो।

"मैले कहिले त्यसरी सोचिन। तिमीले माग्यौ, मैले दिए।" कहिले कहि चाहि मलाइ शँका नलागेको हैन। तैपनि मैले झुठ बोले।

"तर मान्छेहरु यहा के के हल्ला फिजाइरहेछन्। तिमीलाइ थाहा छ?" उसले सोधेको प्रश्नले मलाइ झस्कायो।

"हल्ला?" मैले त्यति मात्रै भन्न सके।

"यहाका मान्छेहरु भन्छन् म तिमीलाइ जालमा पार्न चाहन्छु। किनभने तिमी म भन्दा आर्थिक रुपमा निर्भर छौ। तिमी स्मार्ट छौ। त्यसैले म तिमीसङ प्रेमको नाटक गरिरहेछु।" मैले पनि कहिले कहि त्यस्तै सोचेको थिए, तर मैले मायरलाइ भन्न मिल्दैनथ्यो। म मौन रहे। मैले हो वा हैन भन्नु उपयुक्त हुदैनथ्यो।

"त्यसो भए तिमी पनि त्यस्तै सोचिरहेकी छौ?" मायरले मेरो कुरा बुझ्यो क्यारे, मेरो हैन मनमा लागेको कुरा। 

"मलाइ थाहा छैन तिमी यो के सन्दर्भमा कुरा गरिरहेको छौ?" मेरो कुरा सुनेर उ चुप लाग्यो।

एकजना स्टाफ ब्रेकरुममा आयो, तर हामीलाइ देख्नासाथै तुरुन्तै फर्क्यो।

"शायद तिमी मेरो कुरा बुझेर पनि बुझ पचाइरहेकी छौ वा तिमीलाइ अप्ठ्यारो लागिरहेको छ। तर पनि मैले तिमीलाइ भन्नै पर्छ। म तिमीलाइ मन पराउछु।" मायरले कुरा सकाए जस्तो लाग्यो। म जुरुक्क उठेर भाग्न सकिन न त केहि बोली फुट्यो। मलाइ लाग्यो मायर मात्र बोलिरहोस् र म सुनिरहु, मेरो अधरमा गुलाफी फूलहरु फक्रिन थाले। मेरो मुटुको धड्कन अनायासै बढ्न थाल्यो।

"मलाइ तिम्रो बारे केहि थाहा छैन। तर पनि मन पराउछु। मन पराउनु अपराध हैन। के तिमी पनि मलाइ चाहन्छौ?" मैले नचाहेको तर मन पराएको प्रश्न।

यो प्रश्नको उत्तर के हुन सक्छ? मन पराउनु अपराध हैन भने किन मन नपराउने। उ राम्रो छ, मलाइ मन पराउछ मैले मन पराउन किन नहुने? म सोच्न थाले।

"म सङ केहि छैन। म पनि अरुहरु जस्तै सामान्य काम गर्छु र मलाइ कसरी बाच्ने भन्ने प्रश्नले दुख दिरहन्छ। तर म काम गर्न सक्छु। रुमानी फिलिमहरुमा जस्तो महङो उपहारहरु दिएर प्रेमिकाको मन जित्न सक्दिन। म गरीब छु। तिमीले मलाइ मन नपराउन यही नै कारण पनि पर्याप्त छ।" मायर भाबुक हुन थाल्यो।

"तिमीलाइ जसले पनि मन पराउन सक्छ। तिम्रो ब्यक्तित्व धेरै आकर्षक छ।" मैले उसलाइ जे हो त्यही भन्न खोजे।

"म तिमीलाइ सोधीरहेछु। मलाइ थाहा छ, धेरैले मलाइ मन पराउछन् तर सबैलाइ म माया गर्न सक्दिन। मन पराउनु र माया लाग्नु फरक कुरा हो।" मायरले जवाफ मसङै खोज्दैथियो।

"मेरो परिस्थिति बेग्लै छ। मैले तिमीलाइ मन पराउनु व नपराउनुको केहि अर्थ छैन।" मैले उसलाइ हेर्न सकिन, मन धमिलो हुन थाल्यो।

"ठिकै छ। यदि तिम्रो परिस्थिति त्यस्तै छ भने मेरो भन्नु केहि छैन।" एक छिन मौन रहेपछि उसले भन्यो "म प्रेमको मामलामा सधै अभागी छु।"

"मलाइ माफ गर। एउटा परिस्थितिले गर्दा भाग्यलाइ नै दोष दिनु ठिक हुदैन। समय परिबर्तनशील छ, मन परिबर्तन हुन सक्छ। तिम्रो जिबनमा पनि त परिबर्तन आउन सक्छ।" मैले सकि नसकि उसलाइ सान्त्वना दिन खोजे र आफैलाइ पनि।

 "म यो काम छोड्दैछु।" उसको अप्रत्याशित अन्तिम बाक्यले मन चिसो हुन थाल्यो।

"कारण?" भनेर मैले सोध्न सकिन।

"तिम्रो कारण हैन। मैले भने नि म गरीब छु। मलाइ जहा अलि धेरै पैसा पाइन्छ त्यही काम गर्नु पर्ने बाध्यता छ। यो ठाउ मलाइ छोड्न पटक्कै मन छैन। तर के गर्ने? भावनाहरुले मात्रै पनि जिबन बाच्न सकिदैन रहेछ।" मायरले मैले नसोधेको प्रश्नको जवाफ आफै दियो।

"तर म असाध्यै आशाबादि छु। मलाइ बिश्वाश छ कतै कुनै दिन तिमीले मलाइ सम्झिन्छौ र त्यो बेला यो मेरो नम्बर तिमीलाइ काम लाग्न सक्छ। म त्यस दिनको प्रतिक्षामा हुनेछु।" उसले एउटा सानो कागजको टुक्रामा उसको नम्बर लेखेर दियो।

मायरले पेनको मुट्ठाहरु फेरि गन्न थाल्यो, अन्त्यमा उसले एउटा लियो र बाकि मलाइ फिर्ता दियो। उ त्यहाबाट निस्किदा मैले उसलाइ "धन्यबाद!" पनि भन्न सकिन। मलाइ त्यहाबाट उठेर कहि जान मन लागेन। मायर फेरि फर्किन्छ कि भन्ने आशा लागिरह्यो।

क्रमश:
 

Last edited: 11-Feb-11 01:14 PM
Last edited: 25-Feb-11 01:34 PM
Read Full Discussion Thread for this article