........ मैथिलिक श्रेष्ठ प्रतिमा एहि मल्ल नरपतिक दरबारमे आविकाव्य साधना कएल करथिन एवं ताहि क्रममे मैथिली भाषा मल्ल राज्यमे राजकीय भाषाक रुपमे सम्मानीय पद प्राप्त कए लेलक। तेा। तहिया जे मैथिली काव्य साहित्यिक प्रधान श्रोत अशोक मल्ला आ जयस्थिति मल्लक दरबारमे प्रवाहित भेल, सा हुनक उत्तराधिकारी लोकनिक राज्य दरबारमे १७६८ ई. धरि प्रवाहित होइत रहल। १७६८ ई. मे मल्ल राजा लोकनिक पराजित कए पृथ्वीनारायण वर्तमान गोरखा राज्यक आधारशिला राखल ओ क्रमिक गोरखाली भाषाक महत्व बढैत गेलक ”
मल्ल राजाहरु कतिका साहित्यानुरागी, कलाप्रेमी, काव्यनुरागी तथा नाटकप्रिय थिए त्यस बारेमा डा. दुर्गानाथ झा “श्रीश”ले अगाडि भनेका छन् कि जयस्थिति मल्लका सन्तान जययक्ष मल्लको १४९२ ई. मा मृत्युपश्चात् मल्ल राज्य तीन शाखाहरु भादगाउा (भक्तपुर), (वनिकपुर) बनेपा र कान्तिपुर (काठमाडौं) एवम् पाटन (ललितपुर)मा विभाजित हुन गए पनि उनीहरु बीच पारस्परिक सम्पर्क र स्वस्थ्य यस्तो प्रवल रहेको थियो कि एक दरवारमा राम्रो कविता तथा नाटक रचेर त्यसको अभिमञ्चन हुन्थ्यो भने अर्को दरबारमा झन त्यसलाई परिमार्जित रुपमा विद्वानहरुबाट लेखाएर अभिमञ्जन गराउने गरिन्थ्यो। जसले गर्दा मैथिली साहित्यको विकासमा गति आउनुको साथै नाटकहरुको रचना पनि धेरै हुने गर्दथ्यो।
त्यति मात्र होइन कि नरपति मल्ल राजाहरु मध्ये सिद्धिनरसिंह मल्ल, सिंहभुपति मल्ल, श्रीनिवास मल्ल, भुपतिन्द्र मल्ल, जगज्योति मल्ल, जगतप्रकाश मल्ल आदि राजाहरु स्वयम् पनि कवि थिए।
सिंहभूपति मल्लद्वार मैथिलीमा रचिएको एक पद्य यस्तो रहेको छ:
“..... वैसलि शयन समीप सुवदनि जतने समुखी र होए।
भेल मानसबुलय दहो दिस देल मनकय फोए।”
भूपतिन्द्र मल्ल (१६९५–१७२२) को १०० गीत भएको मैथिली संग्रह बारे सूर्यविक्रम ज्ञवालीले आ136नो “नेपाल उपत्यकाको मल्लकालीन इतिहास” मा उल्लेख गरेका छन्। त्यस मध्येका “हरिबन्दना” का केही पंक्ति निम्न अनुसार छ:
“पीत बसन कुमित विराज खगपति आसनविराज
शंक चक्र गदा पद्य बाहु सहास.....
भूपतिन्द्र हरि गुण गांव।
पछुग सुन्दर हृदय विहाव।। आदि।
डा. दुर्गानाथ झा “श्रीश” मैथिली साहित्यिक इतिहास पृष्ठ (१७३) अनुसार जगज्योति मल्ल (१६१३–१६३७ ई.)को शासनकालमा उनीद्वारा रचिएको नाटकमध्ये “मुदिनफवलायाशव” (१६२८), हरेगोरी विवाह (१६२९), कुञ्जविहारी नाटक आदि रहेका छन्।
जगतप्रकाश मल्ल (१६३७ ई.–१६७२) ले थुप्रै पद्य रचना गरेका थिए भने मैथिली भाषा लेखिएका नाटकहरु जस्तै उदाहरण, नलीय नाटक (१६७०), पारिजातहरण, प्रभावतीहरण (१६५६) मलयागन्धिनी, मूलशशिदेवोयाख्यान एवं मदनचरित आदि रहेको थियो। यिनको कार्यकालमा मैथिली साहित्य, संगीत उत्कर्ष सीमामा पुगिसकेको थियो। जसले गर्दा मध्ययुगीन इतिहासमा उनी “गन्धर्वविधा गुरु” एवं “कविन्द्र” नामले प्रसिद्ध थिए।
कवि सिद्धिनरसिंह मल्ल (१६२०–५७ ई.) को काव्य प्रतिमा बारे उनीद्वारा गरिएको विरहिणी नायिकाको विलक्षण वर्णनको निम्न हरफबाट स्पष्ट हुन्छ:
“ विष सेमार पवनासन हारे। पावक सम धनि मान तुषारे।
नोरहिं काजर वहिर वहिर परइ।
ससिं बसि मसि खञ्जन जति नमइ।।”
प्रताप मल्ल (१६४१–७४ई.) यिनी “कविन्द्र” उपाधिबाट समेत प्रसिद्ध थिए। यिनी बहुभाषाविद एवं बहुलिपी ज्ञाता थिए।
यिनका पदावलीहरु मध्ये “गीत–प्रताप मल्लीय”
गीता गोविन्दम प्रताप मल्लस्य र
“प्रताप मल्ल विरचित गीतम” आदि।
अझै पनि यी प्राचीन मैथिल भाषामा रचिएका साहित्यिक दस्तावेजहरु काठमाडौंस्थित राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेका छन्।
श्रीनिवास मल्ल (१६५७–८५ई.) कवि सिद्धिनरसिंहका छोरा श्री निवास मल्ल समेत आफै कवि थिए। यिनीद्वारा रचिएको एक पद्यका पंति यस्तो छ:
“उपुमिअ आनन नीरज पंकज ससधर दिवस मलीने।
माह अनुपम अधर सोहाओन, नवपल्लव रुचि जीने।।”
नृपमल्ल देव: यिनको एउटा विलक्षण पद भाषागीत संग्रहमा विशुद्ध मैथिली भाषामा यस किसिमले रहेको छ:
“मल्ल देव नृप कैतन वचन सुनि तोहे दति दुरगति जानी।
ऐसनि प्रिति कैसे विघटावह दुहु दिसा दोगुन भाती।”
रणजित मल्ल (१७२२–७९ई.):
यिनी भक्तपुरका अन्तिम राजा थिए। यिनलाई पराजित गरेर पृथ्वीनारायण शाहले गोरखा राज्यको स्थापना गरेका थिए। यिनकै समयमा मैथिली भाषामा नाटकको सर्वाधिक रचना भएको थियो। नेपालको कथित एकीकरण पश्चात नेपाली भाषा (खस भाषा) राजकाजको भाषा बन्न पुग्यो र अन्य भाषाहरु राज्य संरक्षणबाट बञ्चित हुन पुगे। (गंगाप्रसाद अकेला नेपालको मैथिली भाषा साहित्यमा नाटकको विकास)
यसरी नेपालको इतिहासमा मैथिली भाषा साहित्य प्राचीन काल देखि नै विकसित स्वरुपमा प्रमाण मिल्दछ। साहित्य क्षेत्रमा मात्र नभएर विश्वकै पहिलो सहितावद्ध कानून “मानवन्याशास्त्र” जुन मैथिली, नेपाली र संस्कृत भाषामा राजा जयस्थिति मल्ल (१४३८–१४५२) को शासनकालमा मैथिली ब्राह्मणहरुद्वारा नै रचना गर्न लगाइएको थियो। जसको मुख्य मस्यौदाकार रामनाथ झा र रघुनाथ झा हुनुहुन्थ्यो। त्यतिमात्र नभएर १९१० को मुलुकी ऐन जुन जंगबहादुरले १८५१ मा बेलायत भ्रमण पश्चात लिपिबद्ध गर्न लगाएका थिए त्यसको मस्यौदाकार समेत मैथिल ब्राह्मणहरु लोकपति झा र लेसपति झा नै हुनुहुन्थ्यो।
यसबाट मैथिली भाषा साहित्य र मिथिलावासीद्वारा नेपालको प्राचीन इतिहासमा भएको योगदान स्पष्ट रुपमा खुल्न आउाछ। मल्ल शासनकालमा मात्र नभएर राणाकालीन समयमा समेत मैथिली ब्राह्मणहरुलाई थोरबहुत कदर र सम्मान दिइएको पाइन्छ। एकपल्ट जंगबहादुरको शासनकालमा टक्सारी सुवा धर्मानन्द झा, सुवा पृथ्वीपालका सुवेदार साहेव झा, विचारी लाल झा, विचारी वैजलाल झा, पण्डित बासुदेव मिश्र, पण्डित चन्दननारायण झा, पण्डित हर्ष नारायण झा, पण्डित कृष्ण झा समेतका मैथिली झा ब्राह्मणहरुले १९१० सालमा प्रधानमन्त्री जंगबहादुर राणालाई उनकै दरबार थापाथलीमा गई “हाम्रो जात ब्राह्मणहरुलाई अरुले आदर गर्नुपर्नेमा छैनन्। कसैले कसैलाई मान्दैनन्। हाम्रो समाजमा कहिल्यै थाहा नभएका अनादार जसलाई जे भने लाग्यो गरेका छन्” भनी निवेदन र विन्तीपत्र चढाएका थिए। उनीहरुले थप भनेका थिए कि “सरकारबाट अरु सबै जातको ऐन बनेको छ, हाम्रो जातको निम्ति मात्र कुनै ऐन, नियम, स्थिति भएको छैन भनी प्रधानमन्त्री जंगबहादुर राणा समक्ष जाहेर गरेका थिए। फलस्वरुप उत्तरमा जंगबहादुरले भनेका थिए, “तिमीहरुको जातीय व्यवस्था देखि तिमीहरु १० जनालाई तिम्रो जात अनुसारको नियम बनाउन अधिकार प्रदान गरिएको थियो। साहित्यिक र कानूनी क्षेत्रमा मात्र नभएर धार्मिक क्षेत्रमा पनि काठमाडौं उपत्यकामा मैथिल ब्राह्मणहरुद्वारा गरिएका केही अतुलनीय योगदानहरु:
० मैथिल ब्राह्मण तान्त्रिक नरसिंह ठाकुरद्वारा श्री गृहयेश्वरी माई को स्थापना
सुब्बा कुलानन्द झा र उहााका परिवारका योगदानहरु
० श्री पशुपतिनाथ मन्दिरको मूलद्वारमा तीन तर्फको कलात्मक तोरणसहित चाादीका ढोकाहरु वि.सं. १८९१ मा निर्माण गरी उहाा र उहााकी पत्नी विद्यालक्ष्मीको प्रतिमा स्थापना।
० पशुपतिनाथ परिसरमा वि.सं. १८९१ मा सुब्बा कुलानन्द झा स्मृति भवन (मैथिल ब्राह्मण समुदायको सदावर्त गुठीघर) को स्थापना
० वर्षको तीन पटक १०८ मैथिल ब्राह्मणहरुलाई उक्त गुठी घरमा भोजन गराउनुको साथै मैथिल ब्राह्मणहरुका अन्य धार्मिक कार्य सञ्चालनार्थ सदावर्त गुठीघरको स्थापना।
० पशुपतिनाथका विभिन्न धार्मिक कार्य सञ्चालनार्थ उपत्यका भित्र ७८८ रोपनी जग्गा र रौतहट, सप्तरी, धनुषा, शिवनगर लगायत तराईका विभिन्न क्षेत्रमा मौजा जग्गाहरु राखी गुठीको स्थापना।
० पशुपतिनाथको नित्यपूजाको लागि आवश्यक फलफूल चढाउनको निमित्त सो सदावर्त गुठीघरको पूर्वतर्फ करिब ३ रोपनी १२ आना जग्गा फूलवारीका लागि सदावर्त गुठी स्थापना।
० पशुपति क्षेत्रको वनकालीमा कालीको प्रतिमा स्थापना गरी वनकाली भगवती मन्दिर र दुई तल्लै सत्तलसमेत निर्माण। ० नरदेवी (श्वेतकाली) मन्दिरमा पितलको छाना निर्माण गरी मन्दिरभित्र उहााको प्रतिमा स्थापना।
० मृगस्थलीस्थित राधाकृष्णको प्रतिमासहित मन्दिरको निर्माण कार्य उहााकी जेष्ठ सुपुत्री राजराजेश्वरी झाबाट भएको।
० भक्तपुरको श्री सूर्यविनायक मन्दिरमा कलात्मक तोरण वि.सं. १९०३ मा उहााका जेष्ठ सुपुत्र हिरालाल झाद्वारा निर्मित।
अन्य मैथिल ब्राह्मणहरुका योगदान:
श्री पशुपतिनाथमा परम्परादेखि निरन्तर रुपमा प्रत्येक पूर्णिमाका दिन शिव भक्त मैथिल ब्राह्मणहरुद्वारा आरती सहित महास्नान भोग चढाउने कार्य भैरहेको र हाल नेपाल मैथिल ब्राह्मण समाजको नेतृत्वमा महास्नान कार्य व्यवस्थित गर्दै लागिएको।
यसबाट नेपालको प्राचीन धार्मिक इतिहासमा समेत मैथिली ब्राह्मणहरु र मिथिलावासीको महत्वपूर्ण योगदान रहि आएको कुरा माथि उल्लेखित बुादाहरुले स्पष्ट पार्छ। अझै पनि काठमाडौं उपत्यकाको विभिन्न ठाउामा मिथिलाञ्चलबाट मल्ल र कर्णाटवंशीय राजाहरुले बोलाएर बसाएको बस्ती छ। जस्तै भक्तपुर जिल्लाको “इटाचे” भन्ने ठाउामा घना मैथिली झा ब्राह्मणहरुको प्राचीन बस्ती छ। त्यस्तै भक्तपुरकै “दोख्थे” भन्ने ठाउामा पनि छिटफुट प्राचीन मैथिली बाहुनहरुको घर देख्न पाइन्छ। देख्दा नेवारी शैलीको घर देखिने उक्त घरहरुमा नेवारी परिहनकै मैथिली ब्राह्मणहरुको बास हुन्छ। अनुसन्धान र खोजको क्रममा म त्यहाा पुग्दा यी सब हेरी म एकैछिन अलमल परेको थियो तर पछि म हर्ष विभोर भएको थिएा। यसबाट मिथिलावासी मैथिली ब्राह्मणहरु नेपालमा र खासगरी काठमाडौं उपत्यकामा आजदेखि मात्र नभएर शदियौं देखि रहि आएको भन्ने कुरा स्पष्ट हुन्छ। त्यति हुादा हुादै पनि मिथिला राज्यको र मिथिलावासीको आज नामोनिशान छैन। जगत जननी माता सीताको देश आज खस साम्राज्यवादीहरुको मागी खाने भााडो भएको छ। मिथिलाञ्चलको आज अतोपतो छैन। त्यसको राजधानी सिम्रौनगढ नेपाली इतिहासमा पढ्ने विषयवस्तु पनि किन बन्न सकेन? यी र यस्तै प्रश्नको उत्तर आज सम्पूर्ण मिथिलावासीले खोजी रहेका छन्।
नेवार समुदायहरुले शंखदर साख्वाद्वारा चलाइएको नेवार सम्वत ११३१ लाई राष्ट्रिय दर्जा पाउनुपर्ने जोडदार माग गरिरहादा मिथिलाञ्चलवासीले र मिथिला र मधेशलाई राजनीति गर्ने जुवाको अखाडा बनाएका जुवेडी अर्थात मधेशवादी नेताहरुको मिथिला सम्वत् (१४१७–१४१८) लाई समेत राष्ट्रिय दर्जा पाउनु पर्ने माग किन गरिरहेका छैनन्?
अब उठौं जागौं मिथिलावासीहरु, धेरै ढिलो भइसकेको छ। भारत र नेपालमा निहीत मिथिलाञ्चललाई फेरी पहिल्यै झै स्वतन्त्र, अटल, सम्बृद्ध र शक्तिशाली बनाउन एकबद्ध होऔं।
http://www.weeklynepal.com/newsite2/index.php?option=com_publication&task=display&view=news&id=9564
This MAY help you to find the status of Nepal bhasa during malla period. If this article is to be beleived, Malla kings asked to write मानवन्याशास्त्र” जुन मैथिली, नेपाली र संस्कृत भाषामा not in "Newari" bhasa. Now you tell me what was the status of Nepal bhasa at that time?? There were no "Khas" to stop them writing in Newari. When someone can write poems, plays in some languages means He/she must be very much knowledgable of that language.
There are so many things what other ppl (non khas in you version) are saying. If you read all those then you may start to question is there any Newari language? BUT I don’t question, because I have wonderful present with me and bright future ahead.
While writing this I remember a joke told by my oldest brother
When I was in Nepal in 2008 I asked him who the wisest person is known to him, he said his wife
I was surprised and asked why? He said
You know she is always talking, always finding his fault, always saying what he did wrong, she knows everything
As some ppl said your education is never complete unless you gave enough time to read the things you don’t like.
If you always think about yourself, your language and your culture, you end up with this situation where you see only you and your culture nothing else.Understand contribution of another culture for development of Newari ( nepali culture )
I have one question too, how can you live with soo much hatered towards certain group of people? so much negative thinking about some group will take you where ?