Posted by: Rahuldai February 7, 2011
देश पराधिन हुनबाट जोगेको रात ..........
Login in to Rate this Post:     1       ?         Liked by

राजनैतिकर्बप्रथम यो ऐतिहासिक कथा पढि दिनु भै टिप्पणी गर्ने सबै महानउभाव प्रती आभार । यो कथा लेखनका केही प्रिष्ठभूमी र सीमितता बारे स्पष्ट पार्न चाहन्छु ।

१. कथामा लेखिएका सबै कुराहरु त्यो घट्नासंग प्रत्यक्ष संलग्न र महत्वपूर्ण भूमिकामा सरिक हुनु भएका आदरणिय महानुभावले जे मलाई सुनाउनु भएको थियो त्यही लेखेको हुँ।

२. ईतिहासका अनेक ग्रन्थहरुको सोधकार्य हैन ।

३. बिपी महान थिए वा थिएन, मातृका राष्ट्रबादी थिए वा थिएन त्यो मेरो लेखनको उद्देश्य थिएन ।

४. भारतीय षड्यन्त्रमा नेपाली सेना प्रबेश गराउन खोज्न रचिएको घटना क्रम लाई रोक्न सफल भएको त्यो रात थियो भन्ने मलाई लाग्द छ ।तपाइहरुलाई लाग्दैन भने त्यसमा मेरो केही भन्नु छैन।

५. यिनै कुरा मैले बामपन्थीबर्गमा इमान्दार कहलिएका श्रद्धयी मनमोहन अधिकारिको मुखबाट पनि सुनेको छु । यदी केही मित्रहरुको भनाइ सहि मान्ने हो भने मनमोहनजी झूठ बोल्नु भएको मान्नु पर्ने हुन्छ, जुन कुरालाई म मान्दिन ।

६. बिशेश्वर प्रशाद कोइराला प्रती हेर्ने आँखा फरक फरक हुन्छन, क्याम्पस  पढ्दा देखी सुन्दै आएको छु । तपाईं को हेर्ने  चसमा को रंग संग सबैको रंग एउटै हुनु पर्छ भन्ने मलाई लाग्दैन र मेरो बुझाई सँग तपाईं सहमत् हुनु होस् भन्ने पनि मेरो भनाइ छैन।

७.  यो राजनैतिक बहस गर्न लेखेको कथा हैन । राजनऐतिक बहस गर्न अर्कै धागो वा फोरम प्रयोग गर्न सकिन्छ र म तयार छु ।

अन्तमा आग्रह छ, राजनैतिक लाभ हानिको लागि नलेखिएको भएकोले यस कथालाई अन्यथा नलिन हुन र यहाँ हरुको भावना मा ठेस लागेको भए म यो कथा मेटीदिन्छु र क्षमा माग्न तयार छु ।
 

Read Full Discussion Thread for this article