Posted by: SimpLe_KeTa February 5, 2011
छम-छम नाँचु कि
Login in to Rate this Post:     2       ?         Liked by
छम-छम नाँचु कि, एक्लै हाँसु कि ?
लौन किन हुन्छ यस्तो - कोई भनि देउ,
छम-छम नाँचु कि…

जब देख्छु उस्लाई मैले- मेरो सपनि मा,
ढुकढुकि बड्छ किन - मेरो बिपनिमा
लौन किन हुन्छ यस्तो - कोई भनि देउ,
उस्लाई‘नि हुँदो हो कि  - कोई सोधि देउ
छम-छम नाँचु कि…

आफै लाई लाज हुने - कस्तो बेला आयो,
नजर जोगाई हेर्नु पर्ने - कस्को आँखा लाग्यो
लौन किन हुन्छ यस्तो - कोई भनि देउ,
मलाई मात्रै हुने हो कि - कोई बुझि देउ
छम-छम नाँचु कि…

कोयलिको "को-हो" जस्तै- आफैलाई सोध्छु
कस्तुरिको "बिना" जस्तै- आफैलाई खोज्छु
लौन के भो यस्तो कुन्नि- केहि थाहा छैन
पाईलाहरु कता लाग्छन - केहि थाहा छैन

मलाई मात्रै हुने हो कि - कोई बुझि देउ
उस्लाई‘नि हुँदो हो कि  - कोई सोधि देउ
छम-छम नाँचु कि…

Read Full Discussion Thread for this article