Posted by: somewhereondearth February 4, 2011
अदितिको साथी
Login in to Rate this Post:     4       ?         Liked by
 “मलाई अदितिको नङ्ग टोक्ने बानि मन पर्दैन ।” अदितिसँगको मेरो पहिले गुनासो यहि थियो । आज म हजार कोशिस गर्दछु, तर अँह त्यो जस्तो निश्चल मन दुखाई गर्न सक्दिन । त्यस्तो मीठो उजुरी उठ्दैन । भोगाइका एउटा होला, पात्र एउटा होला, घडि एउटा होला तर यहाँ भाव सापेक्षिक हुदाँ रहेछन् । अभ्यस्थ भोगाइका भावना ब्यवसायिक भईदिँदा रहेछन । घटिमा मेरा लागि ।

उ बायोलोजी ग्रुपमा रहिनछे । मोरो अंग्रेजीको क्लास सँगै भएर मनमा निकै घिउ पोखिसकेको थिए । पहिलो मन पराइ, पहिलो माया डरलाग्दो हुन्छ । रन्कोमा कसो म फिजिक्स ग्रुपमा सरुवा भइन । हुन त नगएर पनि लछारपाटो केहि लागेन । ‘बायोलोजी’ पढ्ने सबै डाक्टर कहाँ भएदिदाँ रहेछन र । एक हेराइ मनग्गे थियो, अदिति मन परिन् । माया लागे जस्तो भयो । शुरुमा English class  मात्र थियो । बिस्तारै ल्याब रिपोर्ट, physics tuition, क्यान्टिनका खाजाले मेरो मायाका डोरा बाट्दै गए । झन हेर्यो झन माया लाग्ने । अल्लारे बैंश अनि बैंशको सपना, म निकै पुलकित थिए ।

टोलाएको हेराइ र ओल्सिएको बोलाइले मात्रै मायालुका मनमा माया प्रसारित हुने भए संसार अर्कै हुन्थ्यो होला । यहाँ ब्यक्त नभएका माया कतिले नै पो बुझ्दछन र! संसार किन पो सजिलो भएदिन्थ्यो । २० भन्दा अगाडि कोहि मन पराउनु, मन पर्यो भनेर भन्नु, केहि प्रयास पछि जवाफ पाउनु एउटा मेलो । तर मनपरेकि केटीलाइ आफ्ना धेरै जसो साथीभाइले मन पराउनु, दुइ-चार ले चाँहि उहि सामु गएर भनि टोपल्नु अनि त्यस्ता मायाका अनेक प्रस्ताव खाएर थेत्तरी भएकि केटीलाई आफ्नो बनाउनु चाँहि ठाडो भिर जोत्नु भन्दा गाह्रो । तर बैशंको आँट नै बेग्लै, माया बेग्लै अनि मायाका कसरत बेग्लै । म बिना प्रयास हार किन पो स्वीकार्थे !

मैले निकै तयारी गरे । पहिले माया हार्ने आँट कसको हुन्छ र! अदितिका काकालाई नमस्कार ठोकियो, उसका साथीको बस भाँडा तिरियो । कलेजका बाटा फेरिए । दौंतरीका गुनासा खेपिए । अनेक तान बुनियो । म माया जित्ने दौडमा थिए, निकै ब्यस्त थिए ।

दिन आयो, मौका आयो । अदितिका नजानिदा इशाराले हौसला दिए । मैले आँट जुटाँए । तपशिल काटेर भन्दा उनले लजाएर स्वीकारिन् । म पास भए ।

मायाको स्वीकारोक्ति बढो अफ्ठेरो अनुभव थियो । एकोहोरो पिरोलिएको अल्लारेलाई मायाले हुन्छ भनिदिदाँ नचाहिंदो हलुंग्गो भयो । न आकाश, न धर्ति केवल मायाको स्वीकारोक्ति मात्र बाँकि हुँदो रहेछ । एउटा असहज निर्वाण पाए मैले । तर त्यो अनुभव क्षणिक मात्र ।  पलभरमै बर्षिने अनेक जिम्मेवारी थिचेर जस्ताको त्यस्तै । आखिरमा बच्ने सावाँको संघर्ष ।

अदितिले स्वीकारेपछि मेरो रुटिन फेरियो । अनि मायाका नियमित भेट, कलेजका हिंडाइ, छड्के हेराइ, मस्केका ठुस्काइ, लबस्तरो हाँसो, के-के हो के-के । त्यो समय त के बित्यो बित्यो । क्या जीवन बित्यो ।

मोरो आई एस्सी, सकियो । उनि फिजिक्स ग्रुप, ‘प्रोग्रेस’ तिर लागिन् । आफू ‘नेम’ धाइयो । भेटघाट केहि कम भयो, स्वभाविक थियो । एन्ट्रान्स कोचिङ्गका दिन चल्दै गए । फुर्सद अनुसार अदितिसँग भेट हुन्थ्यो । बाँकि संसार ‘नेम’ मै आउँथ्यो । समय चलेकै थियो । केहि महिना पछि कोचिङ्ग सकियो । उनले इन्जिनियरिङ्गको पढाइ थालिन ।

मेरो नाम महाराजगन्जमा निस्केन । बिपिमा पनि निस्केन । शिक्षा मन्त्रालयमा पनि पुछार तिर ।

‘इन्जिनियरिङ्गको पनि एन्ट्रान्स दिन पर्ने !’ घरमा पनि यहि राग, अदितिको पनि यहि राग । जोश थियो, आफूमा बिश्वास थियो । मैले पहिलो पटकमै किन हार मान्थे र । घुँडा जोतेर मेहनेत गरे । अदितिलाई कम भेटेर पनि एन्ट्रान्स तयारीमा लागें अनि दोस्रो पटक एन्ट्रान्स दिंए ।

अँह, यो पटक पनि नाम निस्केन । न महाराजगन्जमा, न बिपिमा । अनि इन्जिनियरिङ्गको राग फेरि शुरु ।

बैंशमा हजार तान बुनेर मायाको संघर्ष जित्नु एउटा कुरा । तर महाराजगन्जको एन्ट्रान्स मा २-२ चोटी पछारिएर बैक्लपिक पढाइ रोज्नु अर्कै कुरा । मेरो पीर दीप श्रेष्ठकै भाकामा सँग मिलेको थियो ।

उपाए थिएन, मैले पनि शुरु गरे “इन्जिनियरिङ्ग” ।

क्रमश:

meaninglessthinkings@somewhereondearth

 

Read Full Discussion Thread for this article