देश पराधिन हुनबाट जोगेको रात...................
अन्तिम भाग
गणेश मान जी को गाडी लाई यस पटक भने रोकतोक भएन । फेरी वार्ता भयो । सरकार को गोलमेच सम्मेलन, संबिधान सभा आदी को निर्णय प्रति बिद्रोहीले समर्थन जनाए साथै चेतावनी पनि । साँझ ५ बजे भित्र सरकार ले गोलमेच सम्मेलन डाकेन भने वार्ता भङ भएको मानिने छ ।
गणेश मानजी सरकारलाई जानकारी गराइ पुन: उपस्थित हुनु परे हुने छु भन्दै तहाँबाट नारायण हिटी फर्किनु भयो ।
सरकार र सेना ले यता बिद्रोही को संख्या, हतियारको आकार प्रकार, गोलिगट्ठा को भन्दार आदी बारे पर्याप्त सूचना संकलन गरी सकेको र आफ्नो सामरिक कदम क्रमश चाल्दै थियो । बिशेश्वर प्रसाद, प्रधान मन्त्री मातृका कोइराला र सेना प्रमुख बिचको सामरिक सूचना गणेशमान जी लाई पनि जानकारी थियो ।
नारायण हिटी फर्किंदा करीब करीब ४ बजी सकेको थियो । ५ बजे को समय सीमा नाघ्नु अघी बिद्रोहिलाई सरकारको निर्णय पठाउनु थियो । नारायणहिटी दरबार भित्र माहौल गम्भिर र कौतुहलपूर्ण थियो । धेरै को धेरै स्वार्थ बीच राष्ट्रिय स्वार्थ जोखिममा थियो । सानो गल्तिले राष्ट्रिय स्वाभिमान मात्र हैन, राष्ट्रिय अस्तित्वको "ॐ स्वाहा " हुन बेर थिएन ।
नेपाली सेना परिचालित भैसकेको थियो र पनि अझै केही समय अन्तिम कार्यबाही को लागि चाहिएको थियो । त्यसैले पनि बिद्रोहीको प्रस्ताबलाई अझै पनि निरन्तरता दिनु थियो । बीपीले गणेश मानजी लाई भन्नु भयो " गणेशमान जी फेरी एक पटक उता जानु होस्, गोल मेच सम्मेलनलाई सरकारले सूचना जारी गर्न सूचना तयार पारी सकेको छ, कुन कुन पार्टिलाई बोलाउने हो त्यसको लिस्ट चाहियो भन्नु होस् । "
गणेश मान जी फेरी पनि ज्यान जोखिममा राखेर सिंह दरबार लाग्नु भयो । बिद्रोहिले पार्टीहरुको नाम दिए र समय सीमा आधा घण्टा बढाइ दिए ।
नारायणहिटी मा अन्तिम तयारी भैसकेको थियो । सेना परिचालनको लागि राजाको लाल मोहर चाहिने । राजा त्रिभुवनले ललमोहर लगाउन आनाकानी गरी राखेका थिए । संभवत सरकार को कदम प्रती सहमत हुनु हुन्नथ्यो । "नेपालीले नेपाली लाई मार्नु हुन्न । मार्नै परे सीपिएन ले भने जस्तो इण्डियन कमाण्डो उतार्नु पर्छ" भन्ने उहाँको बिचार थियो । स्पष्ट छ, भारतीय राजादूतले राजाको ब्रेन वाश गरी सकेका थिए ।
यसै कारणले ५.३० सम्म सेना परिचालित् हुन नसक्ने हो कि जस्तो लागेर बिपी र मातृका बाबु ले पुन: अन्तिम पटक के आइ सिंहलाइ गुलियो भुलाउन आग्रह गर्नु भयो । अब के भन्ने ? समस्या पर्यो । बिपीले जुक्ती निकाल्नु भयो । " लिस्ट मा कम्युनिष्ट पार्टी को पनि नाम छ, यहाँ धेरै कम्युनिष्टहरु छन, पुष्प लाल को सक्कली कम्युनिष्ट को अरु लाल कम्युनिष्ट स्पष्ट भएन " भन्नु होस् ।
सांझ अँध्यारिने क्रममा थियो । भिजिबिलिटी कम भैसकेको थियो । नेपाली सेनाले सिंह दरबारको चारै तिर सामरिक ठाउबाट घेरा हाली सकेका थिए ।
गणेश मान जी सिंह दरबार पुग्नु भयो ।
पश्चिम गेट मा के पुग्नै लागेको थियो, बुर्जा माथि पहरा दिइराखेका बिद्रोही सेनाली अन्धाधुन्द गोली प्रहार गरे ।
"बाबु काजी ! ! ........" - गणेश मान जी ले चिच्याउनु भयो । बाबुकाजी ले होस गुमाएन ।
"काजी साहेब " भन्दै गोली ले छलनी हुंदै गरेको गाडी लाई ३६० डिग्री घुमाइ फर्काए ।
गाडी निमेष मै नारायणहिटी पुगे । गाडीबाट ओर्ले पछी मात्र गणेशमान जी र बाबु काजिले सास फेर्नु भयो । गाडीमा सयौं गोलीको निशाना तातै थिए । दुबै हेरेको हेरै भए ।
बीपी लगायत सबै भेला भए, गणेश मान जी र बाबु काजी दुबैको जयजयकार भयो ।
बीपी सँग सुटुक्क गणेश मानजी ले सोध्नु भयो ।
"अब देश मा भारतीय सेना आउँदैन हैन ? मेरो ज्यान नै गएको भए पनि राष्ट्रको लागि यती गर्न सकेकोमा धन्य हुने थिएं ।"
बीपी ले मुस्कुराउदै भन्नु भयो " धुक्क हुनु होस् , देश पराधिन हुन बाट जोगियो ,"र" योजना तुहियो " ।
समाप्त ।
(नेपाली सेना ले जवाफि कार्यबाही गरे , रात भरी गोलिबारी चल्दै गयो । झिसमिसे मा के आइ सिंह लगायत केही सहयोगिहरुलाइ सेफ प्यासेज दिइयो । घट्टेकुलो हुँदै तिब्बत तिर लागे । तत्कालिन तिब्बत सरकार आतिथ्य दिए डा के आइ सिंह र उनका सहयोगिहरुलाइ । त्यस पछी माओ सेतुङले रातो कार्पेट बिछ्याइ चाइनामा स्वागत गरे । २०१४ साल मा राजा महेन्द्रले फेरी रातो कार्पेट बिछ्याइ स्वदेश फर्काए र प्रधान मन्त्री बनाए । देश लाई पराधिन बनाउन बिदेशी को गोटी बन्ने मान्छे फेरी राष्ट्रबादी भए , राजा महेन्द्र झन महान राष्ट्रबादी । मातृका कांग्रेस छोडि राजाबादी भए । देशलाई पराधिन हुन जोगाउने बिशेश्वर प्रशाद कोइराला र गणेशमान सिंहहरु अराष्ट्रिय कहलिए । अझ नव बामपन्थीहरुले बिपिहरिलाई भारतीय दलाल को पदबी दिए । यही हो नेपालको बिडम्बना । चोरलाइ चौतारी, साधुलाई शूली ।)
अस्तु!!!