Posted by: The Lonely Traveler February 3, 2011
कविता पढ्ने भए भित्र आउनुस
Login in to Rate this Post:     0       ?        
 महिला तथा सज्जनबृन्दहरुले कृपया सुझाउ दिनुहोला. यो हल्का प्रयास मात्र हो.

दुइ शब्द

मध्यरातको सुन्यता तोडी
रातो घाम लागे हुन्थ्यो 
पिंजडा छोडी हिडेकिले
नयाँ बास पाए हुन्थ्यो!

एकै गल्ति काफी यहाँ 
हजार मुटु रुवाउनलाई
पानि जस्तै यी आँशुले 
श्राप तिमीलाई नलाए हुन्थ्यो!

चेट भएको चंगा जस्तै 
स्वतन्त्र तिम्रो जिन्दगानी 
सम्झनामा लट्टाई धागो 
सजाई राख्न पाए हुन्थ्यो! 

बोटे दाइको जुनी जस्तै 
आँफु त्यहिँ अरु टाढा 
शिखरमा तिमि पुग्दा
हर्सांशु झार्न पाए हुन्थ्यो!

खरको छानो चुहिएर 
रुझाएको तिम्रो तनले 
देउतालाई जस्तै ओताइराख्ने
सुनको छानो पाए हुन्थ्यो!

मेरो माया स्वार्थी देख्ने 
तिम्रो मनको बगैचाले
फूलै फूलले सजाई राख्ने
असल माली पाए हुन्थ्यो!

तिम्रो जिन्दगीको नौलो कथा
हजार खुसि एकाध व्यथा 
लयहाली गाइने दाईले 
संसार भरि गाए हुन्थ्यो!

मध्यरातको सुन्यता तोडी
रातो घाम लागे हुन्थ्यो 
पिंजडा छोडी हिडेकिले
नयाँ बास पाए हुन्थ्यो!

© The Lonely Traveler (2011)


Read Full Discussion Thread for this article