Posted by: syanjali February 2, 2011
हो Nirmala स्वोस्थानि फेरी लेखिनु नै पर्छ?
Login in to Rate this Post:     1       ?         Liked by
स्वस्थानी को सुरुवात कसरी भयो र तेस्को मुल कथा के हो बारेमा कसैले चर्चा सम्म गरेको पाईन अनी यस बारे चर्चामा ठुला कुरा गर्ने हरुले मौलिक्ता बाट कती टाडियो होला बारेमा चुईक्क गरेनन , गर्न लाई सन्स्क्रित भाषाको ज्ञान हुनु पर्‍यो वा सानो छदा सुनेको रामाईलो कथाकै भरमा मात्रै ठीक र बेठिक ले पक्ष बिपक्ष को साथ दिए जस्तो लाग्दैन । किनकी सम्सार्कै जुनसुकै धर्ममा महिला बर्गलाई पुरुष को सेवा मा मात्रा सिमित गर्न खोजिएको छ , ईस्लाममा त्यो पराकास्ट नाघेको छ , त्यो सबै निकाल्ने र लेख्ने महिला थिए कि सबै पुरुष थिए ? बिगतमा गरेइेका कुनै पनि कार्य हरु कालान्तरमा नक्कल हुँदै जादा असल कुरा को भन्दा अन्य कुरा को नक्कल र आफुलाई बडी भक्ती भाव देखाउन खराब पक्ष बडी नक्कल भएको हुन सकछ , अनी कसैले ( कुनै महिलाले ) एस्को बारेमा आवाज उठाउदा मेरो बिचारमा गल्ती गरे जस्तो लाग्दैन्, राजा बिष्णुका अबतार भनी लेख्ने ति विद्वान ब्राम्हण बर्ग नै हुन अनी त्यो स्वस्थानी लेख्ने पनि तिनै बर्ग हुन, उनिहरुले महिला बर्गमा कुनै उपकार गरेर लेखेको कथा भन्दा उनिहरुलाई कसरी पन्जामा राखिराख्ने त्यो स्वार्थ ले लेखेका हैनन भनी ठोकुवा गरी भन्न सक्ने आधार छन कि छैनन ? खुट्टाको पानी खाएको कुरा मा के तपाईं हरु त्यो पनि कायम रहोस् भन्नु हुन्छ त ?
कसैले बिरोधमा आवाज उठायो भन्दैमा गलतै गरिन भन्न मिल्छ जस्तो लाग्दैन् । अनी सबै माहुरी खनिए झै खनिने हरु ले धर्मको बारेमा अबसै ज्ञाता हुनु हुन्छ बन्ने ठानेको छु । 

Read Full Discussion Thread for this article