Posted by: Shantipriya February 2, 2011
स्वस्थानी बहिस्कार
Login in to Rate this Post:     0       ?        
परम्परा र संस्क्रिति को बिरोध गरेपछी आफु आधुनिक भइन्छ भन्ने गलत मानसिक्ताले ग्रसित छ नेपाली समाज। हामी किन मन्मनै हाम्रो संस्क्रिति प्रतिको हिनतबोध ले ग्रसित् हुँदै छौं हामी? आज हरेक जती लिङ बर्ग अफु थिचिएको महसुस गर्छ? के NGO को पैसाको लागि मात्रै यो लेखिएको हो कि हामीमा पालएको परम्परा संस्क्रिति प्रती को बद्दो ब्रित्रिशना  ले हामीलाई हरेक कुरमा नकरत्मक र अफु अपहेलित भएको महसुस गर्न बाद्य तुल्यएको छ त? के नेपाली समाज साँच्चीकै त्यस्तै रुढिबाधी  सन्स्कार्मै जकेधिएको थियो त? छिमेकी भारतको तुलना गर्ने हो भने नि हामी हाम्रो समाज महिला प्रती सधैं उधार नै रही आएको नै छ। फगत स्वोस्थानि मा लेखिएको हरफहरुकै आधारमा महिला अपहेलित भएको आधार निकान्ल खोज्नु भनेको ईतिहास र सभ्यताको बिकास प्रतिको अज्ञानता मात्रै होइन मनसिक दरिद्रताको प्रहसन गर्नु हो।

फेरिपनी नेपाली हिन्दू धर्म मा देवी र बुद्ध धर्ममा तारा, अजिमा को जती र जसरी पूजा हुन्छ क् त्येस्ले हाम्रो नारी सभय्तालाई गौर्बाम्बित बनायकओ छैन र? त्येस्ता उधारहण दिनेहो भने त्यो हाम्रो हिन्दू धर्म नै हो जस्मा अहोय्ल्या, द्रौपधि, कुन्ती, मन्धोधरी जस्का वास्तवमै एक भन्दा बदी पुरुष सँगको सम्भन्ध थियो, तिनैलाई पञ्चकन्या भनी सम्मान पनि दिएको छ। कै कै ले राजा दशरथ को रथलाई यूद्धको बेला रथको पाङ्रको चुकुल बिग्रेको अवस्थामा आफ्नो औंलाले रथ अड्कौन मधत गरेको कुर नि त्येस्ता कथाहरुमा पढ्न पाईन्छ। हाम्रो महान चाड दसैंमा दुर्गा र तिहारमा लक्ष्मी को पूजा गर्ने समाज हाम्रो नै हो नि होइनर? सीता र सती सब्रिती कथाहरुले नि महिलालाई सम्मान नै गरेको छ नि होइन र? अज भ्रिकुटी को ईतिहास त ताजै छ नि होइन? एती धेरै कुर हुँदा हुँदै केबल स्वोस्थानि कै चार हरफ को आधारमा के बिस्लेसण् गर्न खोजेको मैंले बुज्न सकिन। 

अधुनिक समाज को कुर गर्ने हो भने भर्खरै अनुराधा कोइराला लाई हाम्रो " पुरुष प्रधान" समाजले कती सम्मान दियो त्एसेको बारे हामी सबैलाई थाहा भको कुरनै हो। अझ भौनु उनी महिला भको कारण ले नै झन्बधी सम्मान पाइन् जस्तो लाग्छ मलाई। उनलाई क् पुरुष क् महिला सबैले उत्तिकै नै सम्मान गरेक छैनन र? सक्च्यम, सकारत्मक् सोच राख्ने महिल लाई नेपाली समाजले अपहेलित होइन सम्मान नै गरेको छ। पुष्पा बस्नेत, निर्मला ग्यावलि लाई एकपटक् सम्झनी पो हो कि?

के आज महिला स्वोतन्त्रत्को रुपमा बद्द्धो पस्चात्य भएर नितम्ब र बछ्य प्रदर्शन गर्ने महिला ले नरित्वो को सहि प्रतिनिधित्वो गर्छ हो? के त्एसो गर्द नारी को सम्मान बद्छ हो? के त्येस्मा महिला आँफै ले योनिक वा कामुख हुन खोज्दा महिला लाई झन योनको बस्तुको रुपमा हेरिन्दैन र? यो प्रश्नको के जवाफ छ तपाईंजस्ता नारी अधिकार र नारी अस्मिताको अफुलाई ठेकेदार ठान्ने मान्छेमा ? आज नममा  जसरी महिला लाई एक बस्तुको रुप्मा प्र्योग गर्ने सन्स्कार जती बदी छ त्यो पक्कै पनि प्रचिन सन्स्कार मा थिएन नै।

अब आउन स्वोस्थानि मा महिला को अङ्ग प्रत्यङ को कुर गरिएको छ, स्वोस्थानि आँफैन्मा एउत योन शिक्षा पनि हो आँफैन्मा एधी तपाईं त्एस्लाई साकारत्मक रुप्मा लिना सक्नुचुन्छ भने। प्रचिन्कल्मा योन शिक्षा आजको जस्तो त पक्कै नहुन्धो हो। Human Anatomy को बारेमा ज्ञान दिने आफ्नै धर्मिक तरीका थियो। त्येसैकै एउता प्रारुप हो यो स्वोस्थनी। नारी र पुरुष दुबइका योन जिज्ञासा हुन्छ एक अर्काको भितरी  शररिक कुरमा, क् यो नकर्त्मक हो र? स्वोस्थनी बच्चा देखी बुढा सबैले सुन्ने भएको ले एस्ले केही योन जिज्ञासा त मेटेको छ नि होइन? फेरी सतिदेवीको अङ लाई तल्लो तवरले लेहिएको छ र? योनी, गूड्धद्वर, स्तन, आधी आधी लेहिएको छ र हरेक अङ पाटन भको स्थानमा सक्थिपिठ को स्थापना हुनु भनेको नारिको अपमन हो र?

मेरोबिचरामा एस्ता परम्परा र धर्मिक कुराहरु गर्दा ज्ञानीमन्छे हरु बढी सम्बेधनसिल भएर लेख्ने गर्छन्। सभ्य समाजको सैली हो त्यो। महिला अधिकारको अंदोलनमा लागेका ले एस्तो कु तर्क गरी महिला को उत्थान हुन्छ त?
Read Full Discussion Thread for this article