Posted by: arahat January 31, 2011
Login in to Rate this Post:
0
?
http://www.himalkhabar.com/hkp/news.php?id=2671
ठूलो पर्दाका चलचित्रको बजार चौपट भएको समयमा चर्चित कलाकार/निर्देशकहरूको केन्द्र नै बनेको थियो टेलिशृङ्खला। पुष्पाञ्जली, तिमी पुरुष, वंश, गहना, जानकी, कसलाई आफ्नो भनांै लगायतका टेलिचलचित्र दर्शकमाझ् लोकप्रिय पनि बने। तर समयले यसरी कोल्टे फेर्यो कि अहिले यसप्रकारका सिरियलको नामोनिशान छैन। अहिले नेपाली टेलिभिजनमा टेलिशृङ्खलाहरू हराएका छन्।
कान्तिपुर टिभीबाट प्रसारण हुने घरबेटी बा को विषयवस्तु के हो? के सन्देश दिन्छ? जबर्जस्त हँसाउन खोजिएको छ। आफ्नै छोरीनातिनीहरू समानका प्रति कुदृष्टि राख्ने चरित्रमा देखिएका राजु याकचाले चौबीसै घण्टा जिब्रो लप्लप् गर्दै के सन्देश दिन खोजेका हुन्? “हास्यसिरियलमा हँसाउनका लागि जे गर्दा पनि हुँदो रैछ” भन्ने दर्शकमा पर्न थालेको छ। नेपाल टेलिभिजनबाट प्रसारित हास्य टेलिशृङ्खला मेरी वास्सै मा पनि कथा, विषयवस्तु र कतिपय कलाकारको अभिनय अस्वाभाविक लाग्छन्। हालै प्रसारित एक दृश्यमा जादुको भरमा गाउँको घरलाई शहरको घर बनाउने, मान्छेलाई बाख्रो बनाएको कथा दर्शकले हेरिसकेका छन्। त्यसबाट के पाउने त दर्शकले? त्यसो त मेरी वास्सै का केदार घिमिरे (माग्ने बूढा) ले ट्राफिक नियम सम्बन्धी जनचेतना फैलाउन दिएका धेरै सन्देश सकारात्मक रूपमा लिनुपर्छ।
घतलाग्दा व्यङ्ग्य र नयाँ कथाहरूको सिर्जनाका कारण चर्चित जिरेखुर्सानी को स्तर पनि पछिल्लो समय केही खस्किएको स्वीर्काछन् निर्देशक तथा कलाकार जितु नेपाल। जितु भन्छन् “४-५ वर्षसम्म निरन्तर हँसाइराखेका छौं, एकै खालको चरित्रको कारण पनि यस्तो भएको हुनसक्छ।” त्यसैलेे प्रस्तुतिशैलीमा केही परिवर्तन गर्न लागेको उनले बताए। धेरै हास्यकलाकारको पहिचान नै थेगो बनेको छ। तर थेगोबाट दर्शकको माया पाए पनि कलाकारहरूले वर्षौंसम्म एउटै थेगो प्रयोगमा ल्याएपछि कतिपय दर्शकमा सिरियलप्रति नै वितृष्णा बढेको छ।
रमझम
जबर्जस्ती हाँस्नुपर्ने !
सामाजिक विकृतिमाथि व्यङ्ग्य गर्दै सकारात्मक सन्देश दिनेभन्दा पनि बढी अनुहार बिगारेर, अर्काकी श्रीमती जिस्क्याएर जबर्जस्ती दर्शक हँसाउनतिर लागेका छन् टेलिसिरियलहरू। ऋषिराम कट्टेल को रिपोर्ट।
हास्यसिरियल झ्याइँकुटीझ्याइँ को एक दृश्य।
|
मध्य र सुदूरपश्चिम क्षेत्रमा झ्ाडापखालाको महामारीले दर्जनौं मानिसको मृत्युको खबरले धेरैलाई स्तब्ध बनायो। श्रीमती र छोराको लास छाडेर एक जना बाबु छोरीको उपचार गर्न स्वास्थ्यकर्मीकहाँ पुगेको दर्दनाक समाचारले कुन नेपालीको मन रोएन होला? तर झयाइँकुटीझयाइँ नामक सिरियलले एउटा शृङ्खलामा झ्ाडापखालाबाट एकपछि अर्को मान्छे मरेको गम्भीर विषयलाई हँसिमजाकमा उडायो। सिरियलले दर्शक हँसाउने नाममा त्यहाँको पीडामाथि मजाक गरिदियो। यस्तो गम्भीर र मानवीय संवेदनाकोे विषयमा जबर्जस्ती हँसाउन खोज्ने यस्ता सिरियल बन्द गर्नुपर्ने बताउँछन् चलचित्रकर्मी तीर्थ थापा। झाडापखालाबाट मान्छे मरिरहेको पीडादायी घटनालाई मजाक बनाउन चर्चित हास्यसिरियल तीतो सत्य पनि पछिपरेन।
पछिल्लो समयमा हास्यशृङ्खलाहरूको प्रस्तुति र विषयवस्तु कमजोर बनेको गुनासो बढेको छ। कतिपय कलाकारहरू एकैखाले भूमिकामा देखा परिरहेका छन्। धेरैजसो यस्ता हास्यसिरियलको पटकथा नै नभएको, एउटा दृश्यबाट अर्को दृश्यमा लिङ्क नभएको, छेउ न टुप्पाको सिरियल भएको टिप्पणी गर्छन् लेखक तथा चलचित्रकर्मी मोहन निरौला। हास्यटेलिशृङ्खला झयाइकुटीझयाइँ को विषयवस्तु, प्रस्तुति, कलाकारको अभिनय हेर्दा धेरै कुराको तालमेल देखिँदैन। हँसाउन बनेका यस्ता सिरियलको प्रस्तुति र अभिनयभन्दा पनि दयनीय अवस्था देखेर दर्शकहरू हाँस्ने गरेको झयाइकुटीझयाइँ का नियमित दर्शक थापाथलीका शम्भु दाहाल बताउँछन्। उनी भन्छन्, “कलाकारको हास्यप्रस्तुति/अभिनयभन्दा पनि हँसाउन खोजिएको शैली देख्दा पो हाँसोउठ्छ।” निर्देशक दमन रुपाखेती भने समसामयिक विषयवस्तुमाथि हास्यव्यङ्ग्यको माध्यमबाट सम्बन्धित पक्षलाई सूचित गराएको दाबी गर्छन्।
तीतोसत्य मा दीपक र दीपाको जोडी।
|
ठूलोदेखि सानो पर्दाका चलचित्रहरू समेत निर्देशन गरेका निर्देशक/कलाकार रमेश बुढाथोकी भन्छन् “हास्यसिरियलको क्रेजले यस्तो अवस्था आएको हो।”
नेपाल टेलिभिजनमा ६ वर्षपहिले शुरु भएको तीतोसत्य सँगै हास्यसिरियल निर्माण र प्रसारणमा तीब्रता आएको हो। जिरेखुर्सानी, मेरी वास्सै हँुदै पछिल्लो समयमा लगन जुर्ला जस्तो छ सम्म आएको छ। योबीचमा लौ मार्यो, श्रीमती जिन्दावाद, ५२ घुस्सा ५३ ठक्कर, आम्मै, माछो माछो भ्यागुतो, एक्सक्यूज मी, हाफव्वाइल, गुरुमन्त्र, गोर्खेलौरी, सन्तान थरी-थरीका, पोथी बास्यो, यस्तै रहेछ यहाँको चलन लगायतका दर्जनौं सिरियल प्रसारणमा आए। तर हास्यसिरियलको बाढीमा आएका यी अधिकांश शृङ्खलामध्ये धेरैजसो बन्द भए। न गतिलो कथा, न त गतिलो अभिनय, न दमदार प्रस्तुति नै खाली अस्वाभाविक, अप्रासङ्गिक कुराले जबर्जस्त हँसाउन खोजेकै कारण लामो समय टिक्न सकेनन्। ५२ घुस्सा ५३ ठक्कर सिरियल सकिनु अघिसम्म एक दर्जनभन्दा बढी निर्देशक फेरिए। केही कलाकारले त यो सिरियलमाथि व्यङ्ग्य गर्दै यसको नामै राखेका थिए ५२ घुस्सा ५३ डाइरेक्टर। ललितपुर इमाडोलका दर्शक भीष्म किरात भन्छन्, “यो सिरियल राम्रो छ भनेर हेरेको होइन, नेपाल टेलिभिजनमा कतिसम्म गए गुज्रेको सिरियल देखाइन्छ भनेर हेर्थें।”
जिरेखुर्सानी मा जितु नेपाल ।
|
सर्वाधिक हेरिने र बौद्धिक खुराक पस्केर हँसाउने टेलिसिरियल भनेर चिनिने तीतोसत्य मा पनि विषयवस्तुदेखि प्रस्तुतिमा फितलोपन देखिएको छ। अभिनयमा दीपक-दीपा हावी हुनु, पुराना विषयवस्तु दोहोर्याउनु अनि पछिल्लो समयमा अत्यन्तै सस्ता विषयमा केन्द्रित हुन थालेपछि यसको क्रेज खस्किँदै गएको छ। अर्काकी श्रीमतीलाई लाइन मार्ने दीपक र गैंडापात्र बीच प्रतिस्पर्धा छ। जैसीदेवलका दर्शक बालकुमार शर्मा भन्छन्, “सबैले मनपराए भनेर जे पनि देखाउन थालेपछि कसले हेर्ने?”
मेरी बास्सै मा सीताराम कटे्ल ।
|
निर्देशक तुलसी घिमिरे भन्छन्, “दर्शक धेरै बाठा भइसके, सस्तो कमेडी गरेर काम छैन अब सिचुएसनल कमेडीले भने दर्शक तान्न सकिन्छ।” अहिले टेलिभिजन च्यानलहरूमा हास्य शृङ्खलाबाहेक झ्ण्डै २५० सिरियलका डमी प्रसारणको प्रतीक्षामा छन्। ती सिरियल प्रसारण गर्न टेलिभिजनका हाकिमहरूको चाकडी गर्नु परेको आरोप लगाउँछन् केही निर्माता निर्देशक।