Posted by: Rahuldai January 28, 2011
देश पराधिन हुनबाट जोगेको रात ..........
Login in to Rate this Post:     1       ?         Liked by

देश पराधिन हुनबाट जोगेको रात ।



२००८ साल माघ महिना को रात । काठमाडौ चिस्सिएर समय भन्दा चाँडो सुतिसकेको थियो । पातलो बस्ती, पिलपिले बत्ती बीच सिंह दरबार भित्र राँको बलिरहेको थियो । धुँवा परपर सम्म कुनै अनिष्टताको सन्देश फैलाई रहेको थियो । सिंहदरबार जले पछी नारायण हिटीमा चैन  हुंदैन । नारायण हिटी दरबारमा रात चलायमान भयो। बिदेशी कुटनितिज्ञको गाडी प्रबेशियो । प्रधान मन्त्री मातृका प्रशाद कोइरालाको गाडी देखी सुरक्षा निकायका प्रमुखहरु नारायणहिटी प्रबेशिएको देखियो ।

 
रात यसरी नसुतेको प्रजातन्त्र पछी बिरलै थियो सिंह दरबार र नारायणअहिटिमा । जनताको घर आँगनमा  भने रात काहिलेइ शान्ती सँग बास बसेको थिएन । कहिले के को हल्ला, कहिले के को । पातलो बस्ती मा बाक्लो त्रास थियो। लूटपाट र हत्याले हरेक टोल बस्ती आँफै गस्ती गर्थे ।

बिहान नहुन्जेल काठमाडौले रातको बात थाहा पाएन । भद्रकाली भन्दा पूर्व जाने बाटो आठपहरियाहरुले रोकेका थिए । नारायणहिटी वरिपरी नेपाली सेना को बाक्लो उपस्थिती देखिन्थ्यो । ठुलै गडबड भएको लख काटिरहेका थिए, बिहानै हिंडेका भक्तजनहरु । रक्तपात नहोस् भन्ने कामना गर्दै ।

सिंह दरबार बिद्रोहीहरुले कब्जा गर्‍यो रे । शहर भरी आगो सारी फैलियो । गौचरन पनि बिद्रोही कै कब्जामा रे । सेनाको हतियार भन्डार र टक्सार पनि रे । कती नेपाली सेना मारिए लेखा जोखा छैन रे । बिद्रोही ले सरकार र राजा त्रिभुवनलाई आत्म समर्पण गर्न १ दिनको समय सीमा दिएको छ रे । अन्यथा नारायणहिटी माथि धावा बोलिने रे । त्यसै त तरल राजनैतीक अवस्थाले बिगत एक बर्षा देखी देशबासिहरु त्रासै त्रासमा बाँचेका थिए। त्यसमाथि अर्को संभाब्य हिंसा । टोल टोलमा केही निडर लिडर बाहेक बाटोमा कोइ थिएन । घर भित्र चुकुल बेस्सरी लाएर बसे ।

बिहानै नारायणहिटी दरबारका एक जना कारिन्दा वरिष्ठ् मन्त्री गणेश मान सिंह को घर पुगे र सिंहलाई तुरन्तै नारायणहिटी आउन हुकुम भाको खबर संप्रेषण गरे। गणेश मान सिंहले त्यो रातको कथा को भेउ पाइसक्नु भएको थियो। ड्राइभर बाबुकाजीलाई तत्काल गाडी स्टार्ट गर्न लगाइ नारायणहिटी तिर लागे । शंकटकालिन मन्त्रिपरिषद को बैठक बस्न लागेको थियो ।
 
दरबार को अगन्तुक कक्षमै प्रधान मन्त्री मातृका प्रशाद र नेपाली काँग्रेसका पार्टी सभापति बीपी कोइराला संग भेट भयो । तिनै जना बसेर केही कुरा गरे । मन्त्री परिषदको बैठक सुरु भयो । शंकटकालिन अवस्था र नारायणहिटी दरबार मा भएको बैठक भएर होला, राजा त्रिभुवनको प्रतिक्षा मा बसेका थिए मन्त्री मण्डल । बीपी बैठक कोठाभन्दा बाहिरै प्रतिक्षारत थिए। एउटा कक्षबाट राजा त्रिभुवन एक जना चिरपरिचित ब्यक्ती सँग ठट्ट्यौलिंदै सवारी हुनु भयो र बैठक कोठा तिर लाग्नु भयो ।

राजा सँग सँग त्यो ब्यक्ती पनि बैठक तिर लागे पछी बिपीले भन्नु भयो " महाशय , यो सार्बभौमसत्ता देश को मन्त्रिपरिषद बैठक कक्ष हो , तपाईं को देश को हैन, बाहिरै बस्नुस् । ' 

क्रमश:

Read Full Discussion Thread for this article