Posted by: _____ January 22, 2011
म बाहुन बदनाम
Login in to Rate this Post:     1       ?         Liked by
Look what another clever bahun is doing


हङकङ, माघ ८ - महिनाको एक लाख रुपैयँसम्म कमाइ हुने प्रलोभन देखाइ अवैधानिक तवरले हङकङ र मकाउ पुर्याइ दर्जनौंलाई बिचल्ली पार्ने गिरोहमध्येका एकले फरक नाममा दुई नागरिकता लिएको खुलासा भएको छ । खोटाङ जिल्ला प्रशासन कार्यालयबाट अमृत राई र अनुदान राईका नाममा नागरिकताको प्रमाण–पत्र लिएका यिनको सोही अनुसार राहदानी समेत जारी भएको छ । भिन्दा–भिन्दै परिचयबाट राईले युवाहरुलाई मकाउ र हङकङमा काम लगाइदिने बताउँदै तीन देखि पाँच लाख रुपैयाँसम्म असुल्ने गरेको पीडितले बताएका छन् । उनीबाट ठगिएकाहरु हङकङमा बिचल्ली परेको समाचार गतहप्ता आइतबार कान्तिपुर दैनिकमा प्रकाशित थियो ।

२०५४ बैशाख १२ गते अमृत राईको नाममा १५२६ नम्बरको नागरिकता लिएका राईले २०६५ साउन १० गते पुनः अनुदान राईका नाममा १२२०१४/१०७ नम्बरको  नागरिकता लिएका छन् । दुवै नागरिकतामा उनको तस्विर, बाबुको नाम र ठेगाना एउटै भएपनि जन्ममिति भने फरक छ । अधिकांश समय काठमाडौंमा बस्ने राईको दुवै नागरिकतामा स्थायी ठेगाना खोटाङ बडकाटिया वडा नम्बर ८ उल्लेख छ ।  राईले लिएको पहिलो नागरिकतामा उनको जन्ममिति २०२५ असार २० र दोस्रोमा २०२७ असार १५ छ । उनले २००५ मार्च २८ मा २५२५७९६  र २००९ मार्च १३ मा ४४२०५४६ नम्बरको राहदानी लिएका थिए । राईको पछिल्लो राहदानी काठमाडौंबाट जारी भएको हो ।   

अमृत र अनुदानका नाममा दर्जनौंलाई समुद्रपार पुर्याइ बिचल्ली पार्ने गरेका उनीविरुद्ध पीडित ६ जनाले हालै काठमाडौंस्थित श्रम विभागमा ठगीको  उजूरी दर्ता गरेका छन् । सोही आधारमा विभागले उनलाई पक्राउ गरी छानबिन गर्न प्रहरीलाई पत्राचार गरेको थियो । गत मंगलबार उनको डेरामा छापा मारिएको भएपनि पक्राउ नपरेको महानगरीय वृत्त महाराजगञ्जका प्रहरी नायब उपरिक्षक    (डीएसपी) दिपक थापाले कान्तिपुरलाई बताए । फरक–फरक राहदानी प्रयोग गरी राईले हङकङ र चीनमा समेत अवैध तरीकाले यार्सागुम्बा लगायतका जडीबुटी आयात गर्ने गरेको उनीनिकट एकले बताए । पछिल्लोपटक हङकङ अध्यागमनले अनुदान राईका नाममा उनको भिसा स्वीकृत गरेको थियो ।

Source: http://www.ekantipur.com/np/2067/10/8/full-story/323933.html

Last edited: 22-Jan-11 09:05 AM
Last edited: 22-Jan-11 09:10 AM
Read Full Discussion Thread for this article