Posted by: kuriyagaon January 21, 2011
hello
Login in to Rate this Post:     0       ?        
अहो! बर्शौ भ्एछ साझामा मन् बिशाउन नपाएको!
सुरु गरेको गृहकार्य सिध्याउन नपाएको !!
के गर्ने! स्कुलका ति सम्झनाहरु त ताजै छन् !
तर व्यबहार अनी परिस्थितीले चेपिएका छन् !!    

साचै नै कती रमायिला थिए ति दिनहरु!
बिदेशिदा झन धेरै सम्झना आउने ति स्वर्निम पलहरु!!
बागमतीको त्यो बालुवा फाटमा भलीबल खेल्यो!
अनी त्रिपुरेस्वोरको चोकमा गएर एक रुपैयाँको समोसा र चप खायो !!  

गर्व छ जीवन को त्यो समय र मेरो स्कुल प्रती!
छाती भित्र अगाध श्रधा छ मेरा ति गुरुहरु प्रती!!
अनी इर्श्या छ मलाई आफ्नै ति दिनहरु प्रती!
फर्काउन सक्दिन र पो त,
नत्र उल्ट्याउने थिए ति समयहरु फेरी !!


 
Last edited: 03-Feb-11 09:23 AM
Last edited: 03-Feb-11 09:24 AM
Read Full Discussion Thread for this article