Posted by: SimpLe_KeTa January 21, 2011
फेरि आयो रात प्यास लिएर
Login in to Rate this Post:     4       ?         Liked by

फेरि आयो रात - प्यास लिएर
फेरि लाग्यो मात - सास पिएर
मोहनी लागे जस्तो
पहिलो प्रेम जस्तो
फेरि आयो रात - प्यास लिएर

मेरो सुन्ने कोही छ कि ?
आफ्नो ठान्ने कोही छ कि ?
मेरो मन बहकिंदा
साथ दिने कोही छ कि ?

पिलाई दिने कोही छ कि ?

उसको ओठ जस्तो
मिठो गीत जस्तो

फेरि आयो रात - प्यास लिएर

भोलि कस्ले देख्या' छ र ?
मरिलानु के नै छ र ?
बरु मर्छु म पिएर
यहाँ को नै अमर छ र ?

यहाँ को नै खुशी छ र ?

पहिलो चोट जस्तो
गहिरो खोट जस्तो

फेरि आयो रात - प्यास लिएर
Read Full Discussion Thread for this article