Posted by: soaltee January 20, 2011
मधुमासमा यो दिल को बाग
Login in to Rate this Post:     0       ?        
 हुंदैन मित्र, जबसम्म नेपाली संगीत रहन्छ तबसम्म नारायणगोपालका गीत हरु हराउंदैनन, त्यो त अंग्रेजी संगीत मा बिटल्स लाई बिर्सने भने जस्तै हो। मलाई अझै पनि याद आउँछ नारायण गोपालको निधन भएको दिन, म ५ वर्षको हुँदा, दिनभर रातभर उनको मात्रै गीतहरु बजेका थिए, आज २० वर्षपछि पनि रेडियोमा प्रत्यक दिन यदि कुनै गायक को गीत बज्छ भने ती हुन नारायणगोपाल। हुन त म सबैखाले गीतहरु सुन्छु, अनि पश्चिमी संगीत सँग पनि राम्रै सँग पारीचित छु, भिन्न भिन्न खाले गीतहरु सुन्नु अनी तीनको विश्लेषण गर्नु मेरो शौख को, तर पनि नारायणगोपालको गीतहरुले जत्तिको प्रभावित अरु गीतहरुले कमै पार्दछ। नेपाली संगीतमा उनको गीतहरुको जस्तो शब्द, लय, वाध्यवाधन अनि विशेषगरी भावुकताको बराबरी अझै पनि कसैले गर्न सकेको छैन। हुन त हिजोआज लय, भावुकता भन्दा पनि रवैया को लागि संगीत सुन्ने प्रचलन बढ्दो छ, तर पनि निश्चित समुहमा अझै पनि वास्तविक संगीत प्रतिको मोह उत्तिकै जोडदार छ। त्यसैले नारायणगोपाल का जस्ता गुणस्तरीय संगीत का श्रोता हरु कम होलान तर विशेष छन। 
Read Full Discussion Thread for this article