Posted by: BlurMirror January 20, 2011
कथा
Login in to Rate this Post:     1       ?         Liked by
भाग २

मलाई एउटा घट्ना अझै पनि राम्ररी याद छ। श्रावन महिना को झरी थियो, चिसो पनि  निस्फिक्री बढेको थियो। कारणबस म त्यो दिन एक्लै क्याम्पस पुगेकि थिए। म पुगे र केही  बेर मा Aki ले फोन गरेर “आज नजाउ है” भनि,  मैले उसलाई म क्याम्पस पुगीसकेको कुरा बताए।  कुरा भएको आधा घण्टा मा उ क्याम्पस आइपुगी।  थाहा नभए जस्तो गरी सोधेँ, ”किन  आएको? आज घर बस्छु भने को हैन र?” उस्ले मेरो उत्तरमा "अं, Vik र निशान्तको त्यै बिचार  थियो, तेसैले तँलाई खबर गर्न खोज्दा तँ हीँडि सकिछस। कुन्नी के नाता ले हो, ऊ मलाई तँ भन्थी तर मेरो "तिमी" सधैं उस्को चिड्चिड थियो। उस्ले मलाई कत्ति गाली गर्थि, उस्को लागि "तँ" आत्मिय लाग्थ्यो, म बुझ्दैन थिएँ यो कुरा। ऊ भन्थी “त मलाई आफ्नो ठान्दिनस, तेसैले म उस्लाई तिमी को सम्भोदन गर्छु आदी इत्यदि”, तर बिगत ४ बर्ष मा ऊ पनि मेरो तिमी सँग चिर परीचित भईसकेकी थि। यसै नोटहरु हेर्दै थि, Vik को फोन आयो। "सारा, चिसो छ है आज? तिमी के गर्दै छौं? आज त निस्किन्दैनौ होला है?" मैले आफु क्याम्पस मा भएको कुरा बताए।  उ पनि पानीमा रुझ्दै चिसोमा  "तिमीहरु सँग चिया खान  आएको, भन्न पर्छ नि क्याम्पस  नै जाने" भन्दै आएको थियो। निशान्तलाई फोन गरेर Aki ले हामी क्याम्पस मा भएको कुरा भन्दा तुरुन्तै क्याम्पस आइ पुग्यो। एक छिन् पछी मैले निशान्तसँग बस्दा सोधे “तिमी त तातो छौ नि जस्तो छ? के भो? जोरो आयो? मुस्कुराउदै उस्ले भन्यो "एक सय दुई ज्वरो छ, तर तिमीहरु लाई देखे पछी सब जान्छ। निशान्त हामी मध्ये अली अलग, म र Aki स्कूटी चढथ्यौ। Vik को बदमाशि गर्ने बाईक थियो। हामी उस्लाई जिस्काएर stunt master भनी जिस्काउथियौं। निशान्त मात्रै गाडी मा आउथ्यो: बा अ प ९४९। मैले  निदार छामे, कस्तो  हन्हन ज्वरो आएको जस्तो लाग्यो। हामी मध्ये गाडी को license पनि म सँग मात्रै थियो। तेस पछी हामी सबलाई के चाहियो? हामीले त्यो दिन डाक्टरको clinic मा बिताएको थियौ। Typhod रहेछ, करीब एक महिना सम्म हाम्रो हाजिरी लागेको थियो निशान्त को घर मा। बुडा पाका ले भनेको जस्तो भटमास एउटा भेट्दा पनि हामी चार भाग लगाउथ्यौ, तर त्यो भाग लगाउने जिम्मा चाइ Aki को थियो।

आज Vik गएको त्यो दिन ९ बर्ष पुरा भै सक्यो। जाने  बेला मा मैले उस्को हात समाएर कसैले नदेख्ने गरी आँखा बाट आसु खसालेकि थिएँ र आफ्नै खुट्टा ले भुइँ मा मेय्टाएकी थिएँ। एअरपोर्ट बाट फर्कँदा निशान्त र म एक शब्द नबोली घर पुगेका थियौँ, उस्लाई PIA को flight number.......  को flight बोर्ड गर्न उस्लाई छोडेर।


यो बिगत ९ बर्ष मा धेरै कुरा हरु बद्लिसकेको छ, कुनै कुरा उस्तै छ भनि हाम्रो मित्रता। 


निशान्त को बिहे भै सक्यो। उस्ले उमालाई एकदम मन पराएको थियो। निशान्त, एकदम खुशी छ। निशान्त र उमा को श्रेया छ भर्खर २ बर्ष को भाकि छे। 


भन्ने नै हो भने हाम्रो जीवन कस्तो सरल छ।  काम-घर, घर-काम गरेर बित्छ सब दिनहरु ।  बाँकी एउटा शनिबार आउंछ। म केही लेख्छु। Aki र निशान्त लाई भेटिन भने न्यास्रो लाग्छ, तर हाम्रो परिवार मा धेरै सदस्य थपिसकेको छ। निशान्त को तर्फ बाट उमा र श्रेया। Aki को बाट परिस्क्रित्। परिस्क्रित् भिन्न profession बाट आएको भएर होला, अलि समय मिलाउन गाह्रो हुन्थ्यो तर मान्छे अत्तिनै  असल। Aki को त ४ बर्ष को छोरा समिप पनि छ।  “मलाई एउटै मान्छे देखि डर लाग्छ, त्यो हो समिप।“ Aki भन्छे, “समिप लाई पुलपुलाउन तेरो ठुलो हात छ। आफ्नो छोरा भएपछी उस्लाई पुल्पुल्ल्या आर्काको लाई नबिगार।“ मलाई थाहा छ, यो कुरा तेस्ले  साँच्ची भनेको हैन। म अत्ति माया गर्छु समिप लाई। हुन त कहिले कहिँ मलाई सब जना को लान्छना नलागेको हैन, “अब माया गर्दा बिग्रन्छ भने त तिमीहरु पनि बिग्रनु पर्ने हो भन्छु” म चाँही।


मेरो? मेरो चाँही - आदित्य (आदि) पनि engneering background को भएको ले करीब करीब सब जना भेट्दा रमाइलो नै हुन्छ। मेरो आँचल अहिले ६ बर्ष भै। आँचल र अदित्य एकदम माया गर्छन, एक ले अर्का लाई। आदि बुवा को ठाउँ लिन एकदम सफल भएको जस्तो लाग्छ मलाई।  आदि नभएको भए म र आँचल शायद नेपाल मा बस्दैन पनि थियौं होला।


विक्रान्त् सँगको मेरो बिहे भएको ३ बर्ष पछी उस्लाई Leukemia भएको diagnose भएको थियो, त्यसको करीब ६ महिना मा मैले उस्लाई सधैं को लागि बिदा दिएँ- नोभेम्बेर १४ को दिन।  आँचल 8 महिना को लिएर म काठमाडौं फर्किएँ। तेस्पछि मैले फर्किएर New York शहर लाई हेरिन। मेरो संसार एक झट्कामा तितर बितर भएको थियो।  आत्तिए, कराए, रोएँ, रिसाए...  तर मेरो साथीहरुले मलाई सधैं आफ्नो छाया सरि माया गरे, म कुनै कुरा मा भाग्यमानि भए भने त्यो मेरो मित्रता। नाता ले आदि, निशान्त को मामा को छोरा हो। मेरो जिन्दगीमा आदि नभएको भए म आज सब कुरा लेख्न पनि सक्दिन थिए होला।


उमा र परिस्क्रित् नभएको भए म पुराना कुरा नयाँ ढंगले कसैलाई सुनाउने मौका पाउदैन थिएँ होला, आदि नभएको भए म कसैको अँगालोमा निदाउन्दैन थिएँ होला। 

आज विक्रान्त को ५ बर्षको पुन्य थिती छ। फेरी एक चोटि आज मेरो घरमा सब जना जम्मा हुन्छौ। रुन्छौँ, फेरी एक चोटि आफ्नो जिन्दगी अगाडि बडाउने कोशीश गर्छौं। मुवा हजुर (विक्रान्त को मुवा) आउनु भो, निधारमा माया गरेर एक चोटि मेरो छोरी हो यो, भन्नु हुन्छ मलाई।  आँचललाई काख मा राखेर धेरै रुनु हुन्छ। आँचल ले "बुवा" भनेर आदिको हात समाएर विक्रान्त को तस्बिरमा माला लगाए पछी मेरो आँखा बाट आसुँ  थामिदैन। यो शिलशिला बिगत ४ बर्ष यसरी नै अघि बढ्छ, हरेक बर्ष। निशान्त, उमा, Aki, परिस्क्रित् अनि बिशेष गरी आदि प्रत्येक बर्ष मेरो मन भुलाउने  कोशीश  गर्छन। केही हद सम्म म बिर्सन्छु पनि, मेरो मन को पिडा तर आज को दिन नोभेम्बेर १४, म भुल्न खोजेर पनि भुल्न सक्दिन। आँसु सुकी दिए हुन्थ्यो भन्छु।  फेरी मन मा डर लाग्छ त्यो कमलो दिमाग मा आँचल के सोच्छे?

निस्पट्ट अध्यारोलाई छिचोल्दै उज्यालो नहुन्जेल सम्म हामी सबजना बसेर कुरा गर्छौं यो दिन। भोली को दिन त छदै छ
तर मेरो मन छैन जिउन। यो जीवनमा सब थोक भएर पनि खाली र स सुन्य छ। आँचललाई आदि को काखमा सुन्पिएर म सुटुक्क आफ्नो कोठा मा लागेँ। ओखतीको असर् ले अब मलाई पनि छाडि सक्यो अब। chemotheraphy लिन दिल्ली जानु पर्छ, अर्को ४ महिना मा। निदाउने कोशीश गर्छु, अर्को एक दिन जिउने कोशीश गर्छु।

आदित्य र आँचल को माया मा एक चोटि भुल्ने कोशीश गर्छु।

 

समाप्त


Read Full Discussion Thread for this article