Posted by: shrestha babu January 13, 2011
Newar bravery
Login in to Rate this Post:     0       ?        
Lot of Chettris of Nepal are proud of their so called bahadur heritage and they call newars all sort of names. Finally a newar shrestha has shown what we are made of. When is the last time you have heard of any bahaduri from a Chettriya?

पचासौँ डाँकासँग लडेको त्यो दिन..

विष्णु श्रेष्ठ

विष्णु श्रेष्ठ
म पर्वतको बाच्छा गाविसमा जन्मेको हुँ । अहिले ३७ वर्षको भएँ । परिवारसहित पोखराको बैदाममा बस्दै आएको १५ वर्ष भयो । घरमा अहिले बाआमा, श्रीमती, एक छोरो र एक छोरी छन् । बुबा क्याप्टेन गोपाल श्रेष्ठ भारतीय सेनामै हुनुहुन्थ्यो, त्यसैले म बाल्यकालमा कहिले भारत र कहिले नेपालमा पढेँ । १३/१४ वर्षको हुँदा बाबासँगै भारत गएँ र सिलोङमै १० कक्षामा पढ्दै गर्दा सन् १९९४ मा त्यहीँबाट भारतीय सेनाको ७/८ जिआर पल्टनमा भर्ती भएँ । २२ वर्ष नोकरी गरेर पेन्सन आउनुपर्ने भए पनि त्यतिन्जेल पर्खन मन भएन । त्यसैले पि्रमेच्योर पेन्सन (अपरिपक्व निवृत्तिभरण) मा आउने निर्णय गरेँ र १७ वर्ष काम गरेको पल्टनबाट राजीनामा दिएँ ।

खासमा मैले विदेश जाने मनस्थिति बनाएको थिएँ, खाडी वा अन्त कतै । राजीनामा स्वीकृत पनि भयो । १७ वर्षे जागिरबाट बिदा भएर पेन्सनमा बस्न कागजपत्र मिलाएर म देश र्फकंदै थिएँ । त्यो दिन थियो- २ सेप्टेम्बर सन् २०१० । मौर्य एक्सप्रेसको रेलमा म ५ बजे राँचीबाट गोरखपुर आउँदै थिएँ । राति साढे ११ तिर होहल्लाले बिउँझेँ । पश्चिम-बंगालको चित्रनजंग जंगलमा ४०/४५ जनाको डाँकाले ट्रेन रोकेर लुटपाट गर्न लागेका रहेछन् । आधा घन्टा जतिपछि म बसेको डिब्बामा आइपुगे । मलाई तिनीहरूले 'पैसा दो, ल्यापटप दो, मोबाइल दो, जो कुछ है दे दो' -पैसा दे, ल्यापटप दे, मोबाइल दे, जे सामान छ सबै दे) भने । मैले 'किन दिने ?' भनी प्रतिप्रश्न गर्दा एउटा लुटेराले मेरो गालामा एक थप्पड हान्यो । मैले भनेँ- तुम ने फौजी पे हात उठाया, ये गलत किया (तैले फौजी मान्छेमाथि हात लगाइस्, यो ठीक होइन) । झोँक चल्यो, मैले उठेर दनादन दिन (पिट्न) थालेँ । ८/१० जना लुटेरालाई त बक्सिङ हानेरै ढलाएँ ।

त्यसको दुई मिनेट जतिपछि ३०/३५ जनाजति लुटेरा म बसेको डिब्बामा पसे । मलाई लाग्यो- बेकारमा हात हालिएछ, अब म खत्तम हुने भएँ । मलाई लुटेरा यति धेरै होलान् भन्ने लागेको पनि थिएन । हात त हालिहालियो, अब आइलागे जाइलाग्नुपर्छ भन्ने सोचेँ । पछि आएका लुटेराले फेरि मसँग भएको सामान मागे । त्यही वेला मैले पिटेर लडाएकामध्ये एकले 'ये फौजी है, लफडा कर सकता है, छोड दो (यो फौजी मान्छे रैछ, नमाग, यसले लफडा गर्न सक्छ) भन्यो । त्यसपछि 'इसको छोड दो' (यसलाई छोड) भन्दै उनीहरू गए ।

म ट्रेनको ४७ नम्बर सिटमा बसेको थिएँ । मलाई छाडे पनि लुटेराले अरूलाई चाहिँ लुटिरहेका थिए । म बसेको डिब्बाको ५१ नम्बर सिटमा १७/१८ वर्षकी जस्ती देखिने पन्जाबी केटी आफ्ना बाआमासँग थिइन् । दुई मिनेट जतिपछि लुटेराहरूले उनीहरूका सबै सामान लुटे । त्यसपछि ती केटीलाई जबर्जस्ती गर्न खोजे । उनलाई 'कपडा उतारो' (लुगा खोल) भने । युवतीले रुँदै 'हमारे पास जो था, दे दिया, अब ऐसा क्यों करते हो ? (हामीसँग भएको सबै दिइसक्यौँ, अब किन यसो गर्छौ ?) भनिन् । उनीहरूबीच दुई मिनेट जति भनाभन भयो । त्यतिन्जेल मैले केही बोलिनँ । त्यसपछि एक लुटेराले 'बक्बास मत करो' (बेकारको हल्ला नगर्) भन्दै केटीलाई समायो र उसको अगाडिको भागको कपडा च्यातिदियो । फिल्ममा जस्तो दुईजनाले खुट्टा र दुईजनाले हात समाते । कुरा बुझियो- केटीलाई उनीहरूले बलात्कार गर्न खोजे । ती केटी 'भैया मुझे बचाओ, बचाओ' (दाइ, मलाई बचाऊ-बचाऊ) भनेर रुन थालिन् । सुरुमा त म उनको कुनै भैया (भाइ वा दाइ) रैछ कि भनेर अकमक्क परेँ । पछि ती केटीले 'आर्मी भैया, मुझे बचाओ' (सैनिक दाइ, मलाई बचाऊ) भनिन् । मैले भारतीय सेनाको टिसर्ट लगाएको थिएँ । मैले बल्ल बुझेँ, उनले मसँग गुहार मागेकी हुन् । मेरो स्वाभिमान जाग्यो । आँखै अगाडि एउटी बहिनीको बलात्कार भएको त कसरी हेर्नु गाँठे ? हुन त ती केटीलाई मैले चिनेको पनि थिइनँ । ती मेरी बहिनी पनि थिइनन् । तर, ती कसैकी बहिनी र कसैकी छोरी त थिइन् नि ।

मैले झोलाबाट सीधै खुकुरी निकालेँ । केटीले गुहारेपछि लुटेराहरू पनि मप्रति सतर्क थिए र मलाई आक्रमण गर्न लागेका थिए । मैले लुटेरामध्येको एकलाई च्याप्प समातेँ र उनको घाँटीमा खुकुरी राखेँ । 'कोई आगे मत आना, नहीँ तो मार दुंगा' (कोही अगाडि नआऊ नत्र यसलाई मारिदिन्छु) भनेँ र उसलाई ढाल बनाएँ । केहीबेर त लुटेराहरू चुप लागे तर पछि 'उसको जो करेगा तु भी वही भुगतेगा' (उसलाई जे गर्छस्, तैँले पनि त्यही व्यहोर्छस्) भनेर धम्क्याए ।

मैले त्यसलाई अघि सारेँ र खुकुरी घुमाउँदै म पछि उभिएँ । त्यसो गर्दै अलि अघि बढेँ र बलात्कार गर्न लागेको ठाउँमा पुगेँ । एउटा लुटेरा केटीको कपडा तान्दै थियो, मैले त्यसको गर्धनमै खुकुरी हानेँ । त्यसपछि केटीको हात र खुट्टा तानिरहेकाहरू अघि आए । मैले अन्धाधुन्ध खुकुरी नचाएँ । मलाई कहाँ के भयो, केही थाहा थिएन । ती केटीलाई बचाउनेबाहेक मैले अरू केही सोचेको पनि थिइनँ । पछि पो थाहा पाएँ, बलात्कार गर्न खोज्नेमध्ये तीनजना मरेछन् र छ/सातजना घाइते भएछन् ।

मैले सोचेँ, अब हल्ला मच्चाउनुपर्छ र बाँकी लुटेरालाई डर देखाउनुपर्छ । मैले जथाभावी खुकुरी नचाएँ र अन्धाधुन्ध लात्ती हानेँ । अचानक केटी आएर 'भैया, आपने बुझे बचाया' (दाइ, तपाइर्ंले मलाई बचाउनुभयो) भनेपछि म झसङ्ग भएँ । त्यतिवेलासम्म म एक्लै लडेको थिएँ । डिब्बाका कसैले पनि मलाई सघाएनन् । लुटेराहरू साँच्चिकै डराएछन् । ती आफ्ना मरेका साथी र घाइते साथीलाई लिएर भागेछन् । लडाइँ बढीमा ४०-४५ मिनेट चल्यो होला । लुटेरा भागेपछि शान्ति छायो ।

केटीले मलाई 'आप सचमुच बहादुर आदमी हो' (तपाइ साँच्चै नै बहादुर पुरुष हुनुहुँदो रहेछ) भनेर प्रशंसा गरिन् । अहिलेसम्म रमिते भएका डिब्बाका अरू मान्छेले पनि मेरो हाईहाई गरे । त्यतिवेलासम्म ट्रेन जंगलमै थियो । त्यसको आधा घन्टा जतिपछि दुईजना आए, यात्रुजस्तो भएर । तिनले मलाई दाव (खुँडा) ले देब्रे नाडीमा हिर्काए अनि भागे । ती लुटेरा रहेछन् । मैले तिनीहरूलाई पछ्याउँदै थिएँ तर डिब्बामा भएका अरू यात्रुले रोके । मैले तिनीहरूलाई उतिवेलै झापड दिन खोजेको थिएँ तर दावको चोट खाइसकेको हात उठ्नै सकेन ।

२०/२५ मिनेटपछि बल्ल रेल चल्यो र एक, डेढ घन्टापछि चित्रनजंग स्टेसनमा आइपुग्यो । त्यहाँ यात्रुले चेन तानेर रेल रोके । त्यसपछि ती केटीले बाहिर निस्केर हंगामा मच्चाइन् । उनले मलाई उपचार र रेलवे क्षतिपूर्ति दिनुपर्छ भनेर चिच्याइन् । रेलका यात्रुले पनि त्यसमा सहमति जनाए । उनीहरूले साथ दिएका कारण मैले कानुनी झन्झट पनि भोग्न परेन । रेलवे पुलिसको गस्ती टोलीले घटनास्थलबाट दुई सय मोबाइल, १५/२० वटा सुनको सिक्री, सात लाख जति नगद र २० वटा ल्यापटप अनि ६/७ जना लुटेरा समातेछ । मैले पछि थाहा पाएँ ।

त्यही रेलवे अस्पतालमा मेरो प्राथमिक उपचार भयो र हातमा नर्मल प्लास्टर गरियो । त्यो रात म अस्पतालमै बसेँ । कताबाट हल्ला भएछ कुन्नि, राति तीन बजेतिर भारतीय टेलिभिजन र पत्रिकाका पत्रकार ओइरिए र मेरो अन्तर्वार्ता लिन थाले । म अस्पतालमै हुँदा मेरो कमान्ड अफिसरको फोन आयो । 'आप ने बहुत अच्छा किया, अच्छी टि्रटमेन्ट करना, मैं डाक्टर से बात करता हुँ' (तपाइले एकदमै राम्रो काम गर्नुभयो । राम्ररी उपचार गर्नुहोला । म डाक्टरसँग कुरा गर्छु) भन्नुभो । त्यही वेलादेखि मलाई एक अफिसर र ६ जना जवान सुरक्षाका लागि सेनाले खटायो भने रेलवेले दिएको सेनाले म बसेको अस्पताल पूरै घेरे । म बसेको बेडमा पनि एक अफिसर र ६ जना सुरक्षाका लागि खटाइए ।

डाक्टरले मेरो हातमा भएको घाउको चेकजाँच गरेपछि अप्रेसन गर्न नपर्ने बताए । म त्यस अस्पतालमा दुई दिन बसेँ । मेरो हातको हड्डी र नसा काटिएको थियो । त्यस अस्पतालमा नसाको डाक्टर नभएपछि त्यसको तीन दिनपछि एक अफिसर र ६ जवानसहित मलाई कमान्ड अस्पताल कलकत्तामा उपचारका लागि लगियो । अप्रेसनपछि म एक महिना त्यही अस्पतालमा बेड रेस्टका लागि बसेँ । म बसेको अस्पतालमा सोही राज्यका रेलमन्त्री आएर मलाई भेटेका थिए । मेरो सो बहादुरी काम देखेर भारतीय सेनाले मेरो राजीनामा फिर्ता लिई पुनः मलाई काममा बोलायो र उपचारपछि अक्टोबर ५ तारिखमा अफिसरले मलाई डेढ महिनाको घरबिदा दिई दुई गार्डसहित घर पठाए ।

७ तारिखमा म मेरो घर पोखरा आएँ र मसँग आएका दुई गार्डलाई भारत फर्काइदिएँ । नोभेम्बर १६ मा अफिसमा हाजिर हुनुपर्ने थियो । त्योभन्दा पहिले नोभेम्बर १० मा पल्टनबाटै दुईजना सुरक्षागार्ड मलाई लिन आए । म उनीहरूसँगै कोलकाताको कमान हस्पिटल गएँ र चेकजाँज गराउन १५ दिन त्यहीँ बसँे । त्यसपछि म पल्टनमा हाजिर हुन गएँ र १६ दिन पल्टनमा बसेँ । त्यहीवेला पल्टनमा सैनिक सम्मेलन गरी ५० हजार इनाम, चाँदीको खुकुरी, ब्लेजर, कोट र पाइन्ट मलाई उपहार दिइयो । पुस १ गते फेरि म एक महिनाको घरबिदा लिएर नेपाल आएँ । त्यो वेला पनि दुईजना गार्ड मेरा साथमै आएका थिए । अब म आउँदो शनिबार माघ १ गते पल्टनमा हाजिर हुन जाँदै छु । मलाई मेरो बहादुरी देखेर सेनाको हेडक्वार्टरमा तीनवटा बहादुरी मेडल शौर्य चक्र, बे्रेभरी अवार्ड, सर्वोत्तम जीवन रक्षा मेडलका लागि सिफारिस गरिएको छ । मैले २६ जनवरी वा १५ अगस्टमा यी पदक पाउने सम्भावना पनि छ ।


Read Full Discussion Thread for this article