Posted by: meek__misfit January 6, 2011
अब त मलाई नेपाली हुँ भन्न नी लाज लाग्छ
Login in to Rate this Post:     0       ?        
जहां लेख्नुको कुनै अर्थ हुन्न -KP

"राम्रा ब्यक्तिलाइ साथ दिने,उसको हौसला बढाउने र मर्कामा पर्दा शक्ति बढाउने काम कहिल्यै हुन्न। अनी को हुन्छ असल? किन हुने असल? कसका लागी हुने असल?"

यस्तो घटना भईरहेको छ,तर खै कसैले समाचार लेख्ने हैन? यि पत्रकारहरु पनि खाली नचाहिने विषयमा मात्र पछि लाग्छन्। चाहिने विषयमा कुरा उठाउने हैनन? चोक, बजार र गल्लीहरुमा सञ्चारमाध्यम र सञ्चारकर्मीबारे चासो र जिज्ञासा हुनेहरुले बारम्बार गर्ने गरेका यस्ता प्रतिकृया सुनेपछि आफुसंगै प्रश्न गर्छु–आखिर लेखेर के नै हुन्छ र यो देशमा? केवल महिनाको तलव पाक्ने बाहेक ? गम्भिर विषयमा लेखेपनि हल्का विषयमा लेखेपनि हुने केही हैन। जसको बारे समाचार लेखिन्छ, अनी जसले समाचारप्रति चासो देखाउनुपर्ने हो तिनिहरु महात्मा गान्धीका तीन वटा बांदर झै कान ,आंखा र मुख छोपेर बसेका छन्। तिनिहरुको छाला गैडाको जस्तै जब्बर बनिसकेकोछ, जसलाइ कुनै संवेदनाले छुनै सक्दैन।

यो साताका २ वटा घटना एसपीहरुको बढुवामा गरिएको गोलमाल अनी माओवादी नेतावाट चोरीको गाडि बरामदहुंदा पनि उसैलाई फिर्ता दिन बाध्य हुनुपरेको समाचारवाटै अहिलेको अवस्थामा नीति, नियम र कानुनबारे लेख्नु, बोल्नु र देखाउनु मुर्खता मात्र हो भन्ने पुष्टी हुन्न र? एसपी रमेश खरेललाइनै हेरौन। यदी गृहमन्त्री भिम रावल, प्रहरी महानिरिक्षक रमेशचन्द ठकुरी साच्चिकै प्रहरीको मनोबल उच्च राख्नुपर्छ है भन्नेमा प्रतिबद्ध हुन भने उनीहरुले क्रमगत रुपमा एक नम्बरदेखी पांच नम्बरसम्ममा रहेका एसपीहरुको बढुवा गरेको भए अहिले यो विवाद आउनेनै थिएन। खरेल बढुवामा पर्दैनथे। र उनले अशन्तुष्टी ब्यक्त गर्ने तर्कपनि हुने थिएन।

तर, उनीहरुले त्यसो गरेनन्। कारण यसो गर्दा उनीहरुले चाहेका मान्छेहरुको बढुवा हुन्नथ्यो। तर यसो गर्दा उनीहरुको स्वार्थ पुरा हुन सक्दैनथ्यो। त्यसैले उनीहरुले वरिष्ठताको आधार टेकेनन् अनी  कार्यक्षमतातिर लागे।

मानविय कमजोरी जोसंग पनि हुन्छ। त्यो कमजोरी खरेलसंग पनि देखिन्छ नै। तर,उनले हिजो सिराहा र पोखरामा हुंदा गरेको काम अनी काठमाडौं प्रहरी प्रमुखमा रहंदा गरेको कामको सर्वसाधारणले सम्मान गरेका छन्। प्रहरी हुनु त खरेलजस्तो भनेका छन्। के ति सबै प्रायोजित ब्यक्तिहरु मात्र थिए त? पक्कै थिएनन्। साच्चिकै खरेलले एसपीको रुपमा उत्कृष्ठ काम गरेका थिए।
तर, कार्यक्षमता भन्दै गृहमन्त्री र प्रहरी महानिरिक्षकले पटक पटक नसिहत पाएका असक्षम अनी काठमाडौंको शान्ती शुरक्षा बहाल गर्न नसकेको भनेर आफ्नै संगठनले सरुवा गरेको ब्यक्तिलाई बढुवा दिएपछि राम्रो काम गर्नेको मन कसरी थामिन्छ? खरेलको मनपनि थामिएन र उनी एक महिनेविदामा बसे।
त्यो विषयमा सञ्चारमाध्यम विशेष गरी नागरिक दैनिकले लगाताररुपमा समाचार प्रकाशित गर्‍यो। पाठकहरुवाट पनि उस्तै प्रतिकृया आए, त्यो पनि प्रकाशित भयो। तर, त्यसको सकारात्मक असर के त? अंह केही भएको छैन, अनी हुनेवाला पनि छैन। गृहमन्त्री र प्रहरी महानिरिक्षक कानमा तेल हालेर बसेका छन् र बसिरहने छन्। अन्यायमा परेका खरेलले न्याय पाउनेवाला छैनन। पत्रकारले जति नै लेखुन न प्रधानमन्त्री माधवकुमार नेपाल चु बोल्ने वाला छैनन।

लाग्न सक्छ, खरेल अहिले बढुवा नभएर के भयो र? पछि बढुवा पाईहाल्छन् नि। तर संगठनमा त्यस्तो हुन्न। संगठनमा जागिर खाएको वर्ष गणनाको आधारमा काम गर्न पाईन्छ। समय कटेपछि अवकास अनिवार्य हो। यदी अहिले खरेलले बढुवा पाएका भए उनी प्रहरी महानिरिक्षकसम्म हुन भ्याउंथे। महानिरिक्षक नभएपनि अतिरिक्त प्रहरी महानिरिक्षक पक्का थियो उनको।

अहिलेको प्रावधान अनुसार प्रहरी सेवामा प्रवेश गरेको ३० वर्षमा उसले अवकास पाउंछ। खरेल २०४५ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन। भनेपछि अब उनको सेवा अवधी ८ वर्षमात्र हो। अहिले उनले बढुवा पाएको भए २०७५ सालमा अवकास पाउंदा उनी कमसेकम एआईजी पक्का हुन्थे। अहिले बढुवा नपाएपछि कमसेकम अब बढुवाका लागी २ वर्ष त लाग्छ नै। त्यो पनि चाडोमा। त्यसले गर्दा उनी अवकास पाउनु अगाडिसम्म नियमित बढुवामा परेभनेपनि हुने डिआईजीसम्म मात्र हो। त्यसैले पनि उनी यत्तिविध्न निरास भएको हुनुपर्छ।

डिएसपीकै बढुवा हेरौन। १४ नम्बरमा रहेका ब्यक्तिलाइ एक नम्बरमा बढुवा गरे। अनी ८ नम्बरमा भएका ब्यक्तिलाई धकेलेर २१ नम्बरमा पारे। त्यो पनि विनाकुनै कसुर। जो २१ नम्बरमा परेका छन् ति प्रहरी अधिकृत उनै हुन जो नवराज सिलवाल काठमाडौंको प्रहरी प्रमुख रहंदा उनको प्रमुख सहयोगी थिए। सिलवाल पनि सक्षम, व्यवसायिक र उत्कृष्ठ भिजन भएका प्रहरी अधिकृत नै हुन। उनी काठमाडौं बस्दा उत्कृष्ठ काम गरेका थिए। त्यसमा धेरथोर ति प्रहरी अधिकृतको पनि सहभागिता पक्कै थियो नै। तर, उनी बढुवाहुंदा २१ नम्बरमा फालिए। विजयकुमार गच्छद्धारका ज्वाई भएकै आधारमा दिलिप चौधरी एक नम्बरमा ल्याईए। यो बारेपनि सञ्चारमाध्यमहरुमा समाचार आएका छन्। तर, त्यसले के असर पारेको छ र? के परिर्वतन भएको छ र ? सञ्चारकर्मीले जायज तथ्य अगाडि राखेका छन्,राखिरहेका छन्। तर त्यसको कुनै प्रतिकृया नै छैन। अनी लेख्नेले पनि किन लेख्ने ?

चोरी गरेर ल्याएको पजेरोमा टाटा सफारीको नाममा दर्ता रहेको नम्बर राखेर माओवादी नेता खड्गबहादुर विश्वकर्मा हिडिरहेको फेला परेपछि प्रहरीले पक्राउ गर्‍यो। गाडि राखेर यातायात व्यवस्था कार्यालयलाई सोध्यो। सोध्दा पजेरो त चोरिको निस्कियो। प्रहरीले कार्वाही प्रकृया अगाडि बढाउने प्रयास गरियो। तर, राजनीतिक दवाव यसरी बढ्यो कि लाजै पचाएर प्रहरीले चोरीको गाडि उनै नेता विश्वकर्मालाई बुझायो। सञ्चारमाध्यममा प्रमाण सहित यि सबै समाचार प्रकाशित भएका छन्। तर, त्यसले चोरीको गाडि चढ्ने नेता अनी चोरीको गाडि फिर्ता गर्न लगाउने गृहमन्त्री र उच्च प्रहरी अधिकारीलाइ के भएको छ र?

यदी विश्वकर्माको स्थानमा अन्य सर्वसाधारण नागरिक भएको भए अहिले उ जेलमा कोच्चिसकेको हुन्थ्यो। अनी कानुनपनि ब्यक्ति हेरेर कार्यान्वयन हुन थालेपछि गर्ने के? जति लेखेपनि, केही नहुने भएपछि ज्याननै जोखिममा राखेर लेख्नुको अर्थ के ?

शक्तिको दुरुपयोग गर्दै आफु अनुकुल निर्णय गर्ने गृहमन्त्री र प्रहरी महानिरिक्षकमाथी छानवीन शुरु होस। अनी उनीहरुले गरेको गलतकामका लागी दण्ड होस। चोरीको गाडि चढ्ने विश्वकर्माजस्ता पनि जेल परुन। अनी गाडि छोड्न निर्देशन दिने नेता र उच्च प्रहरीलाई कार्वाही होस। अनी पो थप उत्साह थपिन्छ काम गर्न ।

राम्रा मान्छे भएनन देशमा खाली खराबै खराब मात्र भए भनेर चिया पसलमा चर्चा मात्र गरिन्छ यहां। तर, राम्रा ब्यक्तिलाइ साथ दिने,उसको हौसला बढाउने र मर्कामा पर्दा शक्ति बढाउने काम कहिल्यै हुन्न। अनी को हुन्छ असल? किन हुने असल? कसका लागी हुने असल?  खरावहरुको भिडमा संघर्षका साथ उभिएको असल पात्र जो चारैतिरवाट दुश्मनहरुको चौघेरामामा बांचेको हुन्छ। उसको साथमा कोही नहुने हो भने को बन्न खोज्छ असल ? लड्दा हात समानेहरु नहुने भएपछि किन अरुका लागी आफु जोखिममा पर्ने ?

शक्तिशाली ब्यक्तिले गरेका कुकाम सार्वजनिकहुंदा केही हुन्न। न सरकार सक्रिय हुन्छ, न समाज नै। पत्रिकामा लेख्ने , रेडियोमा बोल्ने र टेलिभिजनमा देखाउने सञ्चारकर्मी मुर्ख बनिरहेका छन्। उनीहरुले कति जोखिम मोलेर सूचना संकलन गरेका हुन्छन् समाजलाई ति कामका बारे जानकारी गराउन। तर समाज मौन छ। बदमासी गर्नेलाई कसैले सोध्न सक्दैन किन यस्तो गरिस् भनेर। कोही विरोधमा उत्रदैन, खरावलाई दण्डित गर्न र असललाई पुरस्कुत गर्न। गलत काम गरेको ब्यक्तिले गलत काम गर्‍यो है भनेर प्रमाण सहित समाजलाई जानकारी गराउने ब्यक्ति नै खुस्केट झै हुन थालेपछि कति समय खुस्केट बनिरहने?

एउटा हिरोइनको चटपटे अर्न्तवार्ता लिनु र भ्रष्टाचार सम्बन्धी जोखिमपूर्ण समाचार खोजेर लेख्नु बराबर भएपछि को लाग्छ भ्रष्टाचारको समाचार खोजेर ज्यान जोखिममा पार्न। हिरोइन खोज्यो, समाचार लेख्यो भइगो। नेताले गरेको भाषण टिपेर बनाएको समाचारमानै समाज मक्ख पर्छ भने किन पछि लाग्ने अपराधीहरुको ?



Read Full Discussion Thread for this article