Posted by: birkheny January 2, 2011
तीन दल तीन राजा
Login in to Rate this Post:     0       ?        

राष्ट्रिय जनशक्ति पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीका अनुसार राजतन्त्र ढले पनि अहिले ठूला तीन दलले नयाँ राजतन्त्र जन्माएका छन् । ठूला दलले साना दललाई मुसाबराबर नठानेको उनको भनाइ छ । ठूला दलका गल्ती र कमजोरीबारे डा. लोहनीको विश्लेषणः



'सानो पार्टीको सबैभन्दा ठूलो दुःख भनेको सानो हुनु नै हो । ठूला पार्टीले साना पार्टीलाई मुसाबराबर गन्दैनन् । एमाओवादी, कांग्रेस र एमाले, तीन दलले जे गर्‍यो, त्यही नै अन्तिम सत्य हो भएको छ । तीन दलको सहमति, तीन दलको सम्झौता, तीन दलको ह्यान र त्यान ! हो, तीन दल ठूला हुन् । यसमा शंका छैन । तर, सानो/ठूलो भन्ने कुरा सापेक्ष हो । माओवादीको तुलनामा कांग्रेस सानो, कांग्रेसभन्दा एमाले सानो 


ठूला दलले साना दललाई खाइरहेछन्, ठूलो माछाले सानो माछा खाएझैँ । मत्स्य संसार भएको छ नेपाली राजनीति । तीन दललाई चुनौती दिने चौथो शक्ति छैन 


तीन दलको मानसिकता सामन्ती मानसिकता हो । हामी हाँै सर्वेसर्वा, निर्णय हामीले गर्ने हो- यही हो उनीहरूको मानसिकता । तीन दलको तानाशाही चलेको छ मुलुकमा । तीनवटा नवराजतन्त्र चलिरहेको छ अहिले, तीन नवराजाका हुकुम !


published on nayapatrika.com


http://www.nayapatrika.com/newsportal/middle_page/20262.html

Read Full Discussion Thread for this article