Posted by: birkheny January 2, 2011
A pride for people of Nuwakot!
Login in to Rate this Post:     0       ?        

 


नेपालमा नुवाकोट जिल्लाको चर्चा, महत्व र पहिचान बेग्लै किसिमको छ । कविता यात्रामा नुवाकोट प्रकाशित गरेर नुवाकोटले फेरि नयाँ महत्व स्थापित गरेको छ । जिल्लागतरूपमा १०४ कवि, उनीहरुको व्यक्तिगत विवरण र उत्कृष्ट तीन कविता समेटेर प्रकाशित पुस्तक नेपालमै पहिलो हो ।  नुवाकोटमा झण्डै एक सय स्रष्टाहरु आफ्नो प्रतिभा, अभिरुचि र प्राप्तिसहित पुस्तकमा उपस्थित भएका छन् । पुस्तकमा तीनसय कविता समाविष्ट छन् । १९९० देखि २०४९ सालसम्म जन्मेका कविहरूलाई पुस्तकमा समेटिएको छ । छ दशकको अन्तरालमा जन्मेका कविहरूका विचार, अनुराग र दृष्टिकोण पुस्तकले समेटेको छ । पुस्तकको बृहत् आयामले नुवाकोट प्रतिभाशाली कविहरू जन्माउन सक्ने भूमि हो भन्ने कुरालाई प्रमाणसहित पुष्टि गरेको छ ।


Published at upatyaka.com


http://www.upatyaka.com/ItemDetails.htm?catg=&subMenuIdx=&itemID=517

Read Full Discussion Thread for this article