दुइटा कुरा,
भण्डारीजीले लेखेकै भरमा उनले भनेका सबै कुरा सत्य हुन् र उनले लगाएका सबै आरोप सत्य हुन भन्न सकिन्न, जस्तो कि मलाई पनि उनले अमेरिकामा पाएको प्रोफेसर पद छोडेर नेपाल गएको भन्ने कुरा पत्यार लाग्दैन, तर यसो भन्दैमा सबै कुरा सरासर गलत हो भन्न चाँही मिल्दैन।
गगन थापा र रमेश खरेल दुवै जना नेपाली जनताले धेरै आशा गरेका ब्यक्तिहरु हुन्। नेपाली जनताले शायद उनीहरुबाट केही समययता हुँदै आएको कार्यको मूल्याकंन गरेरै त्यस्तो आशा र विश्वास गरेका हुन्। हुन त कुनै पनि व्यक्तिको बिगतलाई खोतलेर उसको बर्तमानलाई मुल्याकंन गर्नु उचित होइन तर गगन थापाको बिगत बर्तमान जस्तै तारिफ योग्य भने पक्कै पनि थिएन। तर त्यसकै आधारमा भण्डारीजीले लगाएको सबै आरोपहरु साँचो हो भन्न चाँही सकिन्न। फेरी गगनबाट त्यस्तो केही नराम्रो हुँदै हुँदैन भनेर अन्धभक्त बन्नु पर्ने आवश्यकता पनि छैन। उनी पनि एउटा मानिसनै हुन् र गल्ती मानिसबाटै हुन्छ। ईतिहासमा ठुल्ठुला नाम कमाएका र राम्रो चरित्र भनेर कहलिएका कैयौं नेताहरु नराम्रोसँग नांगिएका छन्। गगन अहिलेको स्थितिसम्म पुग्न जति उनको जुझारुपन र विचारले सहयोग पुर्याएको छ, त्यो भन्दा बढी पक्का पनि उनले खेलेको राजनीतिको गणितिय खेलले सहयोग पुर्याएको छ।
कतिपय मान्छेको एउटा स्वभाव हुन्छ, आफूले हिरो बनाएर दिमागमा राखेको व्यक्तिले जतिसुकै नराम्रो काम गरोस्, उ त्यसलाई मान्न तयार नै हुँदैन। जस्तो कि राजदरवार हत्याकाण्डको एक पछी अर्को गर्दै आएको कैयौ रिपोर्टहरुले दीपेन्द्रलाई नै हत्यारा हो भनेर जति भने पनि धेरै नेपालीहरु यो कुरालाई स्विकार गर्न अझै तयार छैनन्। (नोट: यो प्रसँग मैले उदाहरणको लागि मात्र प्रस्तुत गरेको हो)