Posted by: Srijana 12 December 29, 2010
दिउँसोका डाँका
Login in to Rate this Post:     1       ?         Liked by

डाका का सरदार द्वारा दिउसै डकैतीको प्रयास:

http://www.nayapatrika.com/newsportal/cover_story/20166.html

११ घन्टाको लोडसेडिङ भोग्न जनता बाध्य भइरहेका वेला ऊर्जामन्त्री डा. प्रकाशशरण महत  ले पोखरा र खप्तड घुमेको हेलिकोप्टरको भाडा तिर्न नेपाल विद्युत् प्राधिकरणलाई दबाब दिएका छन् ।

काम सुरु भएको दुई वर्षपछि प्रधानमन्त्री माधवकुमार नेपालले गत सालको फागुनमा आयोजनाको शिलान्यास गर्ने तय भएको थियो ।

निर्माण सुरु भएको दुई वर्षपछि आयोजनाको शिलान्यास गर्न लागिएको भन्दै विरोध भएपछि अन्तिम समयमा आएर कार्यक्रम स्थगित गरिएको थियो ।
शिलान्यासपछि आयोजना गरिने भोजभतेरमा
१२ वटा खसी काट्ने तयारी गरिएको थियो । त्यसैवेला प्रधानमन्त्री नेपाल, गृहमन्त्री भीम रावल, ऊर्जामन्त्री डा.प्रकाशशरण महत, ऊर्जा सचिव शंकरप्रसाद कोइराला, प्राधिकरणका उच्च अधिकारी टोलीसहित चार्टर गरेको हेलिकोप्टरबाट आयोजना स्थल पुग्ने कार्यक्रम तय भएको थियो ।

Last edited: 31-Dec-10 07:30 AM
Read Full Discussion Thread for this article