Posted by: WikiLeaks December 20, 2010
एएनए-कन्भेन्सन घोटालाका श्रोत र त्यसका भागीदारहरु
Login in to Rate this Post:     0       ?        









अमेरिकाको नेपाली सस्था एएनएमा ८६ हजार डलर नोक्सान ।

Monday, 20 December 2010 17:50

 एभरेष्ट सम्बाददाता


 न्युयोर्क- अमेरिकामा बस्ने नेपालीहरुको
पुरानो सस्था एएनएमा अहिलेसम्मको सवैभन्दा बढि रकम हिनामिना गरेको छानवीन
समितिको प्रतिवेदनले देखाएको छ । २८ वर्ष अघि स्थापना भएको यो सस्था एएनए
-एसोसियसन अफ नेपालिज इन अमेरिका) को इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढि ८६
हजार १ सय ७६ डलर सस्थाले नोक्सान वेहोर्नु परेकेा प्रतिवेदनले देखाएकेा छ
। हरेक वर्ष अमेरिकाभरिका नेपालीहरुलाई एक ठाउमा भेला गराउने उद्धेस्य
अनुरुप जुलाई महिनाको पहिलो हप्ता तीन दिनसम्म एएनए सम्मेलन आयोजना गदै
आएको छ । यसै सिलसिलामा गत जुलाईको पहिलो हप्ता भएको एएनएको २८ औ सम्मेलनले
त्यतिको धेरे नोक्सानी बेहोर्नु परेकेा प्रतिवेदनले उल्लेख गरेको छ ।



बोष्टन सम्मेलनमा आयोजकले १ लाख ७० हजार ९ सय १८ खर्च गरेकोमा ८४
हजार ७ सय ४२ मात्र आम्दानी गरेको देखाएको छ । खर्चकै सिलसिलामा आयोजक
सस्थाले बोष्टनको पार्क प्लाजा होटलमा मात्र ५३ हजार ३ सय ५३ डलर तिर्नु
परेको जनाएको छ । आयोजक एएनएका अफिसर, जिविएनसीका पदाधिकारीहरु र सम्मेलनमा
बोलाएका पाहुनाहरुले उक्त होटलमा प्रति व्यक्ति २ सय २६ डलरदेखि १ हजार १९
डलरसम्म तिरेका हिसावमा उल्लेख गरेको छ ।


बोष्टन सम्मेलनमा भएको आर्थिक हिनामिना सम्बन्धमा गठित तीन सदस्यीय
छानवीन समितिमा नविन दत्त पुर्व अध्यक्ष -कोलोराडो) , अनिल पाठक पुर्व
कोषाध्याक्ष -भर्जिनिया) र हरि कुमार शर्मा अडिटर -भर्जिनिया) लाई छानिएको
थियो । एएनएले हरेक वर्ष आयोजना गदै आएको सम्मेलनमा सम्बन्धीत अमेरिकी
राज्यमा बसोबास गदै आएको नेपाली सस्थाको सहयोगमा साझेदारी आयोजकको रुपमा
सम्मेलन गदै आएको छ । यसै सिलसिलामा बोष्टनमा भएको २८ औ सम्मेलनको लागी
एएनएले बोष्टनस्थित नेपाली सस्था ग्रेटर बोष्टन नेपाली सोसाइटी -जिविएनसी)
संग मिलेर साझेदारी आयोजकको भुमीका निभाएका थिए । वर्षभरिकै ठुलो मानिने
एएनएको यो सम्मेलन सम्पन्न गर्नका लागी दुबै सस्था वीच आपसी लिखित सम्झौता
गरेका थिए । उनीहरु वीच सम्मेलन गर्दा आर्थिक व्यवस्थापना एवं कार्यक्रमबाट
हुने नाफा नोक्सान व्यवस्थापनको जिम्मेवारी लिने बारेमा कार्यक्रम हुनु
दुई महिना अघिनै लिखित सम्झौता गरेका थिए । बोष्टन सम्मेलनमा आर्थिक
हिनामिना भएपछि एएनएका पुर्व अध्यक्षहरु तथा एक्जुकेटिभहरुको पहलमा छानवीन
समिति गठन गरेका थिए ।



 प्रतिवेदनले के भन्छ


समितिले दुई महिना लगाएर बनाएको
प्रतिवेदनले एएनएन सम्मेलन अवधीमा गरेकेा हिसावहरु पारदर्सि ढंगले
नराखेको,कार्यक्रममा गरेका खर्च शिर्षकको विल भर्पाई नभएको उल्लेख गरेको छ ।
६ सय डलर भन्दा माथिको कारोबार गर्दा चेकबाट गरि दुई जनाले हस्तक्षर गर्न
पर्नेमा त्यसो नगरेको , रकम भुक्तानीबारे लेखिएको विवरणलाई विल वा भौचरले
पुष्टि गर्न नसकेको, व्यक्तिगत रुपमा आयोजकले होटल बसाई, खानपान र डि्ङगसको
विल समेत सस्थाको नाममा राखेको छ जुन स्वीकार्य छैन । सस्थामा भएको
आम्दानीलाई पहिला बैकमा जम्मा गरि भुक्तानी गर्न पर्ने ठाउमा चेक दिनुपर्ने
सामान्य मान्यतालाई एएनएले नपछयाएकेा समितले पत्ता लगाएको जनाएको छ।
नेपाली कलाकार र सास्कृतिक समुहलाई दिएको भुक्तानीमा पनि रकम फरक परेकेा र
उनीहरुलाई दिएको यातयात खर्च र टिकटको रकम पनि दिएको र पेश गरेकेा फरक
देखिएको छ । यस्ता खर्च शिर्षकको विभिन्न त्रुटिहरुको समेटेको ३० पेज लामो
लामो उक्त प्रतिवेदनले एएनएको स्थापना बारेदेखि एएनए सम्मेलनमा भएको हरेक
शिर्षकको हिसाबको खर्च र नाफासंगै एएनएले जिविएनसिसंग सम्मेलन गर्न अघिको र
कार्यक्रम गर्दा दुबै सस्था मिलेर बोष्टनको होटलसंग गरेको लिखित सम्झौता
पत्र र केही इमेलहरु संलग्न गरेको छ । छानवीन समितिको प्रतिवेदन प्राप्त
भएपछि एभरेष्टटाइम्सले एएनएका अफिसरहरुसंग बारम्बार सम्पर्क गर्दा पनि
सम्पर्क हुन सकेनन ।



छानवीन प्रतिवेदन सार्वजनिकपछि



बोष्टन सम्मेलनमा भएको आर्थिक हिनामिनाको
कारण अहिले एएनएभित्रको अधिकांस एक्जुकेटिभहरुले गत डिसेम्बर १२ मा
अकास्मिक बैठक बसी अफिसरहरु विनाको तदर्थ समिति चयन समेत गरेको छ । एएनएको
पुर्वनिधारित लक्ष्य र उद्धेस्य पुरा गर्न समितिले जिम्मेवारी बहन गर्ने
भएको छ । एएनएभित्र ५ जना अफिसर र १६ जना एक्जुकेटिभ रहेको छ ।
सस्थाभित्रको अध्यक्ष, उपाध्याक्ष, महासचिव , सुचना अधिकृत र
कोषाध्याक्षलाई एएनएले अफिसरकेा रुपमा नामकरण गरेको छ । 'बोष्टन सम्मेलनमा
भएको आर्थिक गडबडी र केही व्यक्तिवादी सोचले एएनए जस्तो पवित्र सस्थालाई
बन्दी बनायो' एएनएका एक्जुकेटिभ डा. शम्भु ढुङगानाले
एभरेष्ट टाइम्सलाई भने- 'लामो इतिहास बोकेको यो सस्थालाई फराकिलो मनले
माथि उठाउनु पर्ने हामी सवैको साझा कर्तव्य हो' । उनका अनुसार बोष्टन
सम्मेलनको हिसाब किताबको बारेमा एएनएका ५ जना अफिसरहरुले एक्जुकेटिभहरुलाइ
जानकारी गरेका थिएनन । प्रतिवेदन प्रकाशित भए लगतै सस्थाले होटलमा तिर्नु
पर्ने सवै तिरिसकेपनि अझै करिब ५० हजार डलर भन्दा बढि रकम अरुलाई दिनु
पर्ने बाकी रहेको छ । वर्षनी अमेरिकाबासी नेपालीलाई एक ठाउमा भेला गराउने
आगामी एएनए सम्मेलनलाई सफल बनाउनका लागी पनि तद्धर्थ समिति बनेको हो ।
डा.ढुङगानाको नेतृत्वमा बनेको समितिमा अनन्त रिसाल, भुवन तिमिल्सिना र
श्रीराम दाहाल रहेका छन । उता बोष्टन सम्मेलनको आर्थिक समस्या समाधानका
लागी भने एएनएको ४ जना अफिसरनै लाग्ने भएको ढुङगानाले बताए ।


आर्थिक छानवीन समितिले भने बोष्टन सम्मेलनमा संलग्नता भएको एएनएका
अफिसरलाई आगामी कोलोराडोमा हुन लागेको एएनएको सम्मेलनमा सहाभागीता नगराउनु
भने बमोजिम अहिलेको तद्धर्थ समितिमा नराखेको उनले बताए । एएनएमा
अहिले अफिसरको रुपमा अध्यक्षमा सिमोन ढुङगाना, उपाध्याक्षमा मेदीनी
अधिकारी, महासचिवमा धीरेन गुरुङ, सुचना अधिकृतमा श्रीष भोजपुरे र
कोषाध्याक्षमा उत्सव गुरुङ रहेका छन । बोष्टनमा भएको आर्थिक गडबडीको कारण
अफिसर तथा उपाध्याक्ष अधिकारीले भने यस अघिनै राजीनामा दिइसकेका छन ।
अफिसरहरु नराखेर एक्जुकेटिभहरुले मात्रले गरेकेा बैठकको निर्णयबाट गठन
गरेकेा तदर्थ समितिलाई एएनएका आजीवन सदस्यहरुले स्वागतयोग्य कार्य गरेको
भनी इमेल मार्फत सबैलाई धन्यवाद दिएका छन । ' जुनसुकै अवस्थामा भएपनि यो
ऐतिहासिक सस्थालाई हामी अघि बडाउछौ तर अफिसरबाट भएको कमजोरीलाई वहाहरुलेनै
समाधान गर्नू हुनेछ' डा ढुङगानाले बताए । 


 


 



 





































Income Source



Amount



Notes



Registration and Tickets



$53,724.03



At the desk. Could not be verified in the absence of proper documentation.




$24,118.50



Through PayPal



Food Vendors



$6,650.00



Could not be verified in the absence of proper documentation.



Other Income



$250.42



Could not be verified in the absence of proper documentation.



Total Income



$84,742.95




 








































Cultural Programs



"Dohori~ Night



$4,500.00



Fashion Show



$6,619.75



Cultural Programs — Other



11,866.00



Forum Expenses



$380.00



Guest and Volunteer's Meal



$4,315.34



Hotel



Holiday Inn, Somerville, MA



$7,370.94



Hotel Park Plaza and Towers



$39,941.44



Hotel Expenses — Others



$880.00

























































Legal Fees




$1,890.00



Other Expenses




$948.92



Photography Expenses




1,973.00



Printing Expenses




$17,110.88



Security Expenses




$15,069.54



Sports




$18,387.25



Supplies




$9,182.48



Videography Expense




$3,500.00



Visa Processing Fees




$1,320.00



Total Expenses




$170,918.75





Last Updated ( Monday, 20 December 2010 20:02 )
Read Full Discussion Thread for this article