Posted by: crazy_love December 17, 2010
क्रमश:
Login in to Rate this Post:     0       ?        

भाग-१३



"तिमीले कफी पियौ? अघि बनाएको सकिसकेछ। अर्को खेप पनि बनाउदैछु।" ज्याकले मेरो नामै नलिकन मलाइ भन्यो।


"ठिक भन्यौ ज्याक! अहिले मलाइ कफीको जरुरत छ। मेरो दिमाग कफीबिना सुस्त भएको छ।" मेरो कुरा सुनेर ज्याक हाँस्यो।


ज्याक सधैँ सबै स्टाफको लागि कफी बनाउछ। म पनि १-२ कप पिउछु। पहिले पहिले ३ कप पनि पिए तर निदाउन सकिन। आजकाल १ कप मात्र सिमित पिउछु। घर गएर चिया पनि नपिइ हुन्न, बानी नै भैसक्यो। जे जस्तो भए पनि ज्याकले बनाएको कफी कडा हुन्छ, त्यसको स्वाद अरुले बनाएको भन्दा फरक हुन्छ। आजकाल कफि नपिइ काम गर्नै मन लाग्दैन।


सुफी बेला बेलामा नजिकिन आइ तर मैले उसको र मेरो बिचमा जहिले पनि एउटा लक्ष्मण रेखा कोरिदिए। त्यो साँझ यही बिषयमा निक्किसङ मेरो कुरा भयो।


"मन नपरेको मान्छेले दिएको अम्रित नि खाँदिन म त।" यसरी प्रसङ उक्काए मैले।


"मैले दिएको बिष नि।" निक्किले जिस्काइ।


"मलाइ बाँचेको हेर्न सक्दिनौ?" म पनि जिस्किए।


"कहिले कहि तिमी बाँचेको हो कि हैन जस्तो लाग्छ।" निक्कि शायद सिरियस थी।


"हँ? के भन्यौ? तिमीले मैले श्वाश फेरेको देखेकि छैनौ?" मैले आफ्नै स्वाशप्रस्वाश क्रियामा ध्यान दिए, स्वाश लिने र फाल्ने प्रक्रिया क्रमश जारी थियो।


"तिमी हरेक कुरालाइ किन यति धेरै जटिल बनाउछौ?" निक्किले मेरो ध्यान स्वाशप्रस्वाश क्रियाबाट उसको प्रश्नतिर तानी।


"हो र? म जटिल छु जस्तो लाग्छ तिमीलाइ?" मैले सोधेँ।


"जाबो त्यो सानोतिनो घटनालाइ मनमा किन त्यसरी गाँठो पारिरहन्छौ?" निक्किले के भन्न खोजेकी हो मैले बुझिन।


"मेरो मनको गाँठो पनि देख्यौ?" मैले ठट्टा गर्न खोजे।


"हिजोको कुरालाइ हिजै सम्झ। आज पनि हिजोमै बस्ने तिम्रो बानी राम्रो छैन।" निक्किले बल्ल कुरा फुकाइ।


"तर मनमा लागेको चोट त हिजोको आजै निको हुदैन नि हैन? कि त्यस्तो औषधी पाइन्छ कतै?"


"कमन! क्रेजी! तिमी जहिले पनि आफ्नो चोटलाइ सुमसुमाएर जोगाइराख्छौ, बचाइराख्छौ। निको हुनै दिदैनौ। तिमीलाइ त्यो बिसेक भयो भने अर्को चोटको जरुरत हुन्छ।" निक्किले यसरी भनी मानौ उसले मेरो मन र चोटको धेरै गहिरो अध्यन गरेकी छे। म एकैछिन चोटहरुको बारेमा सोच्न थाले। कुन चाहि सबैभन्दा मेरो प्यारो चोट हो भनेर खोज्न थाँले।


"सरी, यदि मैले तिम्रो चित्त दुखाए भने" निक्किले सरी भनेपछि म झसङ भए।


"हैन! तिमीले ठिक भन्यौ, मसङ सार्है संबेदनशील मुटु छ। बेला बेलामा दुखिरहन्छ।" मैले हास्ने कोशिस गरे।


"प्लिज! त्यो आफ्नो स्टाफहरुसङ भएको सानोतिनो बिबादलाइ धेरै ठुलो नबनाउ। हरेक मानिसमा कमजोरी हुन्छ। त्यही कमजोरी सम्झेर माफ गरिदेउ। हैन भने यसपाली पनि तिमी काम गर्न सक्दैनौ र हरेक दुइ महिनामा तिमी काम परिबर्तन गरेर सुखी पनि हुन सक्दैनौ। सबै ठाँउमा सबै किसिमका चरित्रहरु हुन्छन्। यो बिलुकुलै सामान्य कुरा हो। तर तिमी जहिले पनि "पर्फेक्ट्" सँसार खोज्छौ। त्यो कहि पनि हुँदैन।" निक्कि यति धेरै कुरा कसरी बोल्छे कहिलेकहि मलाइ बिस्वाश गर्नै गार्हो हुन्छ।


"तिम्रो मतलब "बिर्स र माफ गर" भनेको हो??" यही नै मात्र बुझे मैले।


"एक्ज्याक्ट्ली! त्यही हो हाम्रो जिबनको मुल मन्त्र।" निक्किको स्वर अलि ठुलो भयो।


"म बिर्सिन सक्दिन, नबिर्सेपछि माफि कसरी गर्ने?" निक्किलाइ हेरे मैले। उ बोलिन। नङ्को पालिस कोतरीरही।


"तिमी बिर्सिन सक्छौ? अनि माफ गर्छौ सजिलै?" मैले फेरि सोधे।


"हरेक कुरा प्रयास गर्नु पर्छ, नसकिने केहि कुरा छैन। मलाइ थाहा छैन कसरी? तर सम्भव छ।" निक्कि नेल पलिश रिमुबर लिन गइ। उ नेल पलिश लगाउछे तर भोलिपल्टै मेट्छे। मलाइ त्यो झन्झट गर्न मन लाग्दैन।


मैले सोचे, निक्कि एकछिन ब्यस्त छे। आज मै खाना पकाउछु। भात बसाले, तरकारी र दाल अस्तिकै थियो। पकाउने झन्झट गर्नै परेन। अचार सिसीकै भए पनि हुन्छ। जुठो भाँडाहरु माझे। बाताबरण एकदमै शुन्य लाग्यो। यताउति हेर्दा निक्कि देखिन। उ बाहिर जाने भए भनेरै जान्थी। कहि जाने काम पनि थिएन। एकैछिनमा भात पाक्यो। बेलैमा खाएर बस्यो भने पछि फेरि उठेर खानु पर्दैन भन्ने सोचेर मैले निक्किलाइ खोज्न थाले। बाथरुममा थिइन। क्लजेटमा लुगा मिलाउदै होलि कि भनेर हेरे, त्यहा पनि थिइन। बाहिर कता कता उसको आवाज सुने जस्तो लाग्यो। कौसीको ढोका खोलेर हेरे, निक्कि कसैसङ फोनमा कुरा गरिरहेकी थिइ। उसको अनुहार तनाबमा थियो। स्वर पनि चिडचिडो सुनिएको थियो। निधारमा गाँठो परेको थियो। मैले उसको ब्यक्तिगत कुरा होला भनेर कौसीबाट फर्के। केहिबेरपछि निक्कि निन्याउरो अनुहार लिएर फर्की। मैले उसलाइ हेरिरहे। उ बाथरुम गइ। शावरको आवाज सुनियो, त्यस आवाजभित्र निक्किको हिक्काहरु सुनिएन तर मैले अनुमान गरे केहि भैरहेछ। उ बाथरुमबाट बाहिर आँउदा उसका आँखाहरु राता भएका थिए।


"मेरो बुबा सिकिस्त बिरामी हुनु हुन्छ रे। फुपुले भर्खरै फोनमा भन्नु भएको।" निक्किले आफै भनी।


"अनि?" मैले सोधे मात्र।


"उहाँलाइ एकचोटि फोन गर्न भन्नु हुन्छ फुपु।" निक्किले आँखाबाट झरेको आँशुलाइ हातैले पुछि। मैले टिस्स्यु दिए।


"तिमी चिन्ता नगर!" मैले यसै भनिदिए।


"मलाइ थाहा छैन त्यो बुबा जो सङ मैले कहिले पनि बुबाको आत्मीयता अनुभव गर्न सकेको छैन, कसरी र कुन नाताले कुरा गरु? मलाइ त यो पनि थाहा छैन म दुखी किन हुनु? मैले कहिले उहाको माया पाएकी छैन, उहालाइ मैले केबल "बुबा" भनेर मात्र चिनेकी छु। उहाले कहिले मेरो बारेमा सोध्नु भएको छैन। म यत्रो बर्ष यहा आएर बस्दा पनि एकचोटि कस्तो छौ भनेर फोन पनि गर्नु भएको छैन। त्यो ब्यक्तिको लागि मैले कसरी फिलिङ्स् बनाउनु अहिले?" निक्कि फेरि रुन थाली।


मैले बल्ल सम्झे, निक्कि उसको आमा बितेदेखि मामाघरमा हुर्की, उसको बुबाले दोस्रो बिहे गर्नुभयो र त्यही परिवारसङ बस्नुभयो। निक्किले आफ्नै हजुरबुबालाइ बुबा ठानी र मामाघरलाइ आफ्नो परिवार। उसले जन्मदिने बुबालाइ "बुबा" भनेर मात्रै चिनि, कहिले त्यो बुबाको माया कस्तो हुन्छ भनेर थाहा पाइन।


"फिलिङ्स् छैन भने छैन, औपचारिकता पुर्‍याउनको लागि एकचोटि फोन गरिदेउ न त!" मैले जे मनमा आयो त्यही भनिदिए।


"त्यही त गार्हो छ मलाइ। म मुखले मात्रै कसरी ठिक्क पाँरु ? मेरो मनले मान्दै मान्दैन। म त्यो नभएको माया कहाबाट महसुस गरु?"" निक्कि एकोहोरो भित्तातिर हेर्न थाली। म सोच्न थाले के गर्न सकिन्छ भनेर?


"क्रेजी! म सङ पनि त्यो सफ्टवेयर छैन।" निक्किले मौनता तोडी।


"हँ?" मैले कुन सफ्टवेयर अहिले कसरी आयो भनेर सोचे।


"त्यही "बिर्स र माफ गर" भन्ने। सरी है अघि मैले तिमीलाइ के के भने।" निक्कि साँच्चि नै माफी मागीरहेकी थिइ।


"तिम्रो जस्तो परिस्थितिमा म पनि त्यही भन्थे। तर हामी मानब हौ, समयसङै परिबर्तन हुदै जान्छौ। आजको सत्य भोली सत्य नहुन सक्छ। तिमीले अघि जे भन्यौ ठिकै भनेको थियौ। अहिले त्यो अपनाउने अबस्था मात्रै फरक भएको छ।" मैले त्यति मात्रै भन्न सके।


"तिम्रो बिचारमा के लाग्छ? त्यो बुबा जो मेरो बुबा कहिले भएन, कहिल्यै मलाइ बुबाले दिने माया दिएन र मैले पनि छोरीको माया दिन सकिन, उ बिरामी छ भन्दैमा मैले फोन गर्नै पर्छ? औपचारिकता निभाउनै पर्छ?  उ मेरो उत्तरको प्रतिक्षामा थी।


कस्तो धर्मसंकटमा पारी मलाइ निक्किले। म के भनु?


क्रमश:


 


 

Read Full Discussion Thread for this article