Posted by: bhustighre December 15, 2010
अब के हुन्छ ?
Login in to Rate this Post:     0       ?        

अन्डरस्कोर जी,तपाइले हात हेर्नु हुन्थ्यो हो रत्नपार्क मा? 

पारस र रूबेल दुबैले बयान फेरे0


हवाई फायर गरेको छैनः पारस-
पारससित हतियार देखिनँ: रुबेल-

काठमाडौं, पुस १ (नागरिक)-घटनाको चार दिनपछि पारस र रूबेल दुबैले क्रमशः चितवन र काठमाडौंमा प्रहरीलाई दिएका बयानमा हतियारको प्रसङ्ग लुकाएर मुद्दालाई कमजोर बनाएका छन्। परिणामस्वरूप प्रहरी हिरासबाट पारस छिट्टै छुट्नेछन् भने रूबेलले पनि दुश्मनी मोल्नुपर्ने छैन। 

पूर्व युवराज पारस शाहले चितवन राष्ट्रिय निकुञ्जभित्र टाइगर टप्स रिसोर्टमा आफूसँग 'हतियार नभएकाले हवाई फायर गरेको भन्ने असत्य भएको' वयान दिएका छन्। त्यसैगरी पीडित भनिएका रूबेल चौधरीले आफूले पारससँग हतियार नदेखेको प्रहरीलाई बताएका छन्।

 

पारसले बुधबार सरकारी वकिल र छानवीन समितिलाई दिएको वयानमा रूबेलसँग भनाभनमात्र भएको तर आफूले कुनै हतियार प्रयोग नगरेको र कुनै पनि हतियार आफूसँग नभएको दाबी गरेको स्रोतहरूले नागरिकलाई जानकारी दिएका छन्।

डिआइजी गंगा पाण्डे नेतृत्वको छानवीन समितिले बुधबार घटनास्थल पुगी अध्ययन गर्दा गोलीको खोका भेट्न नसकेको स्रोतले जनाएको छ। पीडित चौधरीका तर्फबाट उजुरी नपरेको र हतियार प्रयोग गरेको भन्ने प्रमाण नजुटिसकेको अवस्था भन्दै पारसविरूद्व सबभन्दा कमजोर सार्वजनिक अपराधको मुद्धामात्र प्रहरीले बढाएको छ। 
यसबाट अवैध हतियार प्रयोग र निकुञ्जभित्र हतियार प्रवेशका विषयतर्फ सरकारी छानवीन नजाने देखिएको छ। रूबेलले राजधानीमा प्रहरीलाई दिएको वयानमा आफूले पारसको हतियार नदेखेको जिकीर गरे। जबकि उनले दुई दिनअघि पत्रकारहरूलाई बताउँदा पारसले आफ्नो निधारमा पेस्तोल ताकेको मात्र बताएका थिएनन्, ज्याकेटका दुबै खल्तीभित्र पेस्तोल राखेर टेबुलमा बजारेको र पछि हवाई फायर गरेको उल्लेख गरेका थिए। 
साथै रूबेलले रेष्टुरेन्टको टेबुलमुनि क्लिकक्लिक गर्दै पारसले पेस्तोलमा गोली भरेको देखेको समेत बताएका थिए। 'म गोली नभएको बन्दुकको आबाज चिन्छु,' उनले नागरिकसँग अन्तर्वार्तामा भनेका थिए, 'उहासँग बन्दुक छ भन्ने मलाई थाहा थियो।'
उता पारसले घटनाको दोस्रो राति सवा एक बजे जारी गरेको विज्ञप्तिमा आफूले 'हवाई फायर गरेको तर त्यो कुनै पनि व्यक्ति र टाइगर टप्सको भौतिक संरचनातर्फ लक्षित नभएको' किटान गरेका थिए। पारसले उक्त वक्तव्य आफ्नो नभएको जिकीर गरेका छन्। 
पारसको हस्ताक्षर नभए पनि उनको नाममा 'एडिसी निर्मल निवास' अंकित फ्याक्स नम्बरबाट आएको विज्ञप्ति नागरिकले प्रकाशित गरेको थियो। उक्त फ्याक्स नम्बरबारे नेपाल टेलिकमसँग बुझ्दा 'राजदरवार सचिवालय, महाराजगञ्ज'को नाममा रहेको समेत पूष्टि भएको थियो। 
मुद्दा अघि नबढाउने आशयसाथ रूबेलले चितवन प्रहरीकहाँ पुगेर वयान दिन अस्विकारमात्र गरेनन्, काठमाडौंका कुनै पनि निकायमा जान पनि हिच्किचाए। प्रहरीले उनी बस्ने उपप्रधानमन्त्री सुजाता कोइरालाको निवासमा गएर सोधपुछ गर्नुपरेको थियो जसलाई पछि उनले नजीकको प्रहरी कार्यालय गएर हस्ताक्षरमात्र गरे। मुद्दालाई बलियो बनाउन उनले प्रहरीलाई पीडित पक्षका रूपमा उजुरीसमेत दिएका छैनन्।

Read Full Discussion Thread for this article