Posted by: nepalean December 11, 2010
साल्ट लेक, साझा र सन्दूक रुइत...
Login in to Rate this Post:     0       ?        
राहुलदाईको साल्टलेक यात्रा थाहा थियो तर आफु त्यता परिएन के गर्नु? ६ महिना अघी मलाइ पनि त्यो नुनको शहर यात्रा गर्ने अबसर मिलेको थियो। तर म जानु पर्ने ठाउं चाही साल्टलेक बाट करिब १५० माइल दक्षीण थियो। नगरकोटको घुम्ती भन्दा पनि कठिन बाटो रातीको समयमा गाडी चलार कटाएको थिए। पोखरा बाट काठमाण्डौ यात्रामा त्यस्ता घुम्ती गुरुजीले कटाउने गर्थे तर यांहा भने म आफै गुरुजी भएको थिए। पहाडिया बाटो,सागूंरा लेन जसलतो तसो प्रभो पुगेको थिएं। भोलीपल्ट प्रोभोबाट हन्टिंन यात्रा थियो। अनकंटार हंटिटंन मूस्तागं जस्तो लाग्थ्यो। कुनै पटक मुंस्तागंको यात्रा गर्दे एक खच्चर ब्यापारीले हामीलाई बिकास चाहिएको छ भनेको सम्झें। साच्चै मूस्तांगमा पनि बिकास सम्भब छ जस्तो लाग्यो। फर्केन क्रममा ३ घण्टा जती साल्ट लेक मा समय मिलेको थियो। तर समय अभावले नेपाली रेष्टूरेन्ट जान मिलेन। तर साल्टलेकको उत्तर तिर खुब घुमे। बालाजू बाइपास पुग्यो जस्तो लाग्यो। सारै मोहक छ साल्टलेक सिटी। राहुलदाई क्या है हामी दुबै संगै त्याहां जाने समय जूरेकको भए? छुदा छुदा।
Read Full Discussion Thread for this article