Posted by: Bhaktey December 10, 2010
बाहुनवादका व्याख्याताहरुलाई मेरो प्रश्न
Login in to Rate this Post:     0       ?        

कुनै पनि बाद या सस्थालाई आरोप लगाइन्छ अग्रगमन तर्फ देश नलगेको भनेर,किन त ? अबस्यनै कुनै आरोप आउन्न थिए होला यदि देश बिकासको बाटोमा लम्किरहेको हुदो हो त ! मान्छे असन्तोषि भावनाले बसिभुत भै आरोप नलगाइ रहन सक्दैन कुनै कुरा बिग्रदा। देश समयाचित बिकास गर्न नसक्दा देश चलाउने नै दोशी ठहछन् । तेहीँ राजा, बाहुन , क्षेत्री सबै परे । राजा फालियो अनी बाहुनबाद आयो दोश लगाउदै जातियताको राजनिती गर्ने झुण्ड ।  मैले बुझ्न नसकेको कुरा जातियतालाई खाडलमा पुर्नुपर्ने बेलाँ किन हामी यसलाई आकास चुलाउदै छौ ?
 
पढ्ने लेख्ने बाठा भए ,बाहुन पढेर बाठो भयो उसलाई पढ्न बन्चेत गरौ भन्नौ भन्दा दलित पिछडीएकालाई पनि शिक्षा बाट सिच्ने की ?


पढेर २-४ अक्षर जनेपछी हामी अब्बल दर्जाको भएको भान गर्छौ । सनोतिनो काम भन्दै मुख्य पेसा कृषि लाई धुत्कार्छौ !


सम्मुनत समाज बनाउन जातियताको राज्य सफल हुन्न । बराबर resources हुने बैजानिक राज्य हुनु पर्छ । अहिलेकै ५ बिकास क्षत्र धेरै हद सम्म बैजानिक छ । अब राजा महाराजले गरेको भन्दैमा राम्रा काम का अनुसरण गर्नै नहुने झै गरिदैछ त !


स्कुल पढ्दा कहिलै यो बाहुन्, यो नेवार यो क्षत्री भन्ने आभाष भएन । नेपाली बोलिन्थ्यो , संगै खेलिन्थ्यो । अहिले आएर जातियता बिजारोपण गराउन खोजिदै छ त्यो सोच्दा 'भाई फुटे गवार लुटें' उक्ती याद आउछ ।  

Read Full Discussion Thread for this article