Posted by: Rahuldai December 10, 2010
साल्ट लेक, साझा र सन्दूक रुइत...
Login in to Rate this Post:     3       ?         Liked by

साल्ट लेक, साझा र सन्दूक रुइत................


एक हफ्ता लामो साल्ट लेक सिटी बसाइ पछी आफ्नो बासस्थान फर्केको छु ।  साल्ट लेक सिटी मा संसार भरिका " रिस्क अनालाइसिस्ट हरुको कुम्भ  मेलामा भाग लिन पुगेको थिएं । साझा प्रयोग कर्ता वा साझा पारखिहरु कोइ छन भनेर साझामा बिज्ञापन गर्दा नि कोइ भेटिएन । अनेक दु:ख कष्ट भोगी ५ घण्टा को यात्रा १७ घण्टामा बल्ल काठमाडौ को झझल्को दिने शहरमा मध्य रातमा पुगियो  । त्यो भन्दा कष्ट त नेट चलाऊन न पाएर झेल्नु पर्यो। ५ तारे होटल मा नेट चलाऊन घण्टा को २० डलर रे, कन्फरेन्स सेन्टर मा घण्टा को १० रे। त्यती खर्चेर नेट चलाऊने सामर्थ्य म मा थिएन ।



करिब 900 जना जोखिमता बिश्लेषकहरुको ब्रिहत भेलामा नेपाली अनुहार, नेपाली व्यबहार खोज्ने असफल यत्न गरें । एक जना प्रधान थर को विद्वान देखें । अनुहारले  छिमेकी राष्ट्रको नागरिक  भनक दिए नि मन मानेन, सोधी हालें - नेपाली हो कि भनेर ।


डा प्रधान, छिमेकी राष्ट्र को ओरिसा प्रान्तको हुनु हुंदो रहेछ । दार्जलिङ क्षेत्रमा प्रधानहरु बस्छन तर ती प्रधानहरुको रगतमा नेपाली कोशीका हुन्छन नै । ओरिसा को प्रधान सँग त्यो आत्मियता तार छ कि छैन सोध को बिषय हुन सक्दछ। 


५ दिने सम्मेलन चौठौं साँझ बल्ल नेट फ्री मा चलाउने जुक्ती पाइयो । मानौं आजीवन काराबासबाट मुक्ती पाइयो । पहिलो झ्यालबाट साझा चियाएं । चौतारी धाएं । साझाको एउटा धागो देखें - साझा हिरो २०१० डा सन्दूक रुइत


 सम्मेलनको अन्तिम दिनको दिवाभोजिय बिशेष सम्बोधन एक जना डाक्टर साहेब को थियो - Dr. Geoff Tabin (Professor of Ophthalmology and Visual Sciences, Director of the Division of International Ophthalmology, University of Utah.


Risk Analysist हरुको मेलामा आँखाको डाक्टर को सम्बोधन ? आस्चर्यमय थियो नै । अझ उहां को बिषय "personal risk taking as a mountain climber and his work on cataract and other eye diseases in the developing world " झनै अनौठो थियो ।



निकै रसिक शैलिमा डाक्टरी पढ्दा पढ्दै पहाड हिमाल चढन गएको बखान गर्दै थिए। सम्बोधन को मध्य तिर आएर सगरमाथा आरोहण को सफल -असफल यात्रा बखाउन थाल्नु भयो   । त्यस पछी नेपाल र नेपाली को बारे बिस्त्रित जानकारी पस्किन थाल्नु भयो आँखाको डाक्टर साहेब ले । ९ सय श्रोता मध्ये एक मात्र नेपाली थिएं । गर्ब ले छाती फुल्यो । म बसेको लन्च टेबुलका अन्य बैज्ञानिक डाक्टर साहेबहरुलाई म नेपाली हुँं भन्ने जानकारी थियो नै ,सब ले बधाई दिन थाले  ।


 


डाक्टर टाबिन नेपाल नेपाली र सगरमाथा को बखान गर्न मात्र त्यो मन्छ मा उक्लेको हैन रहेछ । डाक्टर सन्दूक रुइत सँगको सहकार्य  र सन्दूक रुइत को बारे अर्को आधा घण्टा बयान गर्नु भयो । एक जना बिदेशी बिशेषज्ञले नेपाली बिशेषज्ञको यति  तारिफ पहिलो पल्ट सुन्दै थिए म । अमेरिका/अष्ट्रेलिया ( जहाँ बाट क्याटर्‍याक  सर्जरी को तालिमा हासिल गर्नु भाको थियो) जहाँ पनि भने जति  पैसा पाउनु हुन्थ्यो डाक्टर रुइतले , तर उहाँले नेपाल र नेपाली को सेवा गर्न रोज्नु भयो, उहाँ को यस महानतालाइ  म सलाम गर्छु - भन्दै डाक्टर टाबिन ले स्यालुट मारे । सगरमाथा क्षेत्रमा मोतिबिन्दु को क्याम्पमा २ दिनमा २७७ जना को क्याटर्यामक सर्जरी गरेको रेकर्ड मा हामी दुइजना को नाम रह्यो - डा टाबिन गर्बिदै भन्दै हुनु हुन्थ्यो । तर २७७ मध्ये २९ चाँही टाबिन को बाँकी २४८ डा रुइत को रे ।


त्यसो त डा रुइत सँग १५ बर्ष अघी मेरो स्वर्गिय आमा को आँखा को सल्यकृया गर्दा भेटघाट भाको थियो तीलगंगा आँखा अस्पतालमा । त्यति  बेला थाहा न भे नि नेपाल आमाका एक महान सपूत सँग भेट गरेकोमा गर्ब थियो नै । साल्ट लेक मा आएर अझ गर्बिलो महशूश गरें । म नेपाली हुँ, नेपाल मेरो घर हो, जहाँ सन्दूक रुइत जस्ता महान आत्महरु बस्छन्।


 


अस्तु !!!

Read Full Discussion Thread for this article