Posted by: Srijana 12 December 10, 2010
Your opinion please
Login in to Rate this Post:     0       ?        

नेपालभन्दा गरिब छ अमेरिका


बेजोड कथाकारका रूपमा सुपरिचित राजव (जनार्दन पुडासैनी) लाई डिभी पर्‍यो ............


1.राष्ट्रिय वाणिज्य बैंकको अधिकृत थिए, उनी । बैंकको जागिर आकर्षकै मानिन्छ । हुन्छ पनि । आर्थिक हिसाबले उनको अवस्था ठीकठाक थियो । लेखनमा पनि जमेका थिए


2. कुराकानीको सुरुमै कठालो नै समातेझैँ गरेर सोध्यौँ, 'अमेरिका किन जानुभयो ?' 'सत्य कुरा के हो भने म पनि अवसरको खोजीमा थिएँ,' राजब दाइले भने, 'छोराछोरीको पढाइ, आकर्षक कमाइ, मेरो पनि उद्देश्य आम थियो ।'


3.लेखकले सक्दो डुल्नुपर्छ, घुम्नुपर्छ, नयाँ चिजसँग जुझ्नुपर्छ या घुलमिल हुनुपर्छ, नयाँ कथ्य खोज्नुपर्छ भन्ने विचारको मान्छे हुँ, म ।'हाल एउटा लजमा म्यानेजर छन् उनी 


4. अहिले अमेरिकामा एक लाखभन्दा बढी नेपाली होलान् । 'अहिले नेपालीको युद्ध भनेकै लिगल स्ट्याटसका लागि हो । धेरैजसो गैरकानुनी तरिकाले बसेका छन्,' राजबले भने, 'गि्रन कार्ड होल्डर नेपाली र गैरकानुनी रूपमा बसेका नेपालीबीच इष्र्या, प्रतिस्पर्धा र द्वन्द्व छ ।'


5. यहाँ काम सानो ठूलो हुँदैन । पाइखाना सफा गर्ने व्यक्तिले हीनताबोध गर्नुपर्दैन । न पेन्टागनको प्रशासकीय अधिकृतले ठूलो भएको घमन्ड गर्न पाउँछ 


6.यहाँका नागरिक लोककल्याणमा केही न केही खर्च गरिरहेका हुन्छन् । संसारभरिका एनजिओ/आइएनजिओ चलेकै अमेरिकी चन्दाले हो 


7. प्रतिभा भएको मान्छेले यहाँ भोकै मर्नु पर्दैन 


8. अमेरिकी विदेश नीतिका कट्टर आलोचक तथा विख्यात विद्वान् नोम चोम्स्कीलाई भेटेका छन्, राजबले । 'चोम्स्की पनि भन्छन्- राजनीतिक रूपमा अमेरिका जेजस्तो भए पनि बस्नका लागि अमेरिका जति उपयुक्त देश अरू कुनै छैन,' उनले भने 


9. 'हामी गरिब भए पनि संवेदनामा धनी छौँ, उनीहरू धनी भए पनि संवेदनामा गरिब छन् ।'


10. अमेरिकाका कम्युनिस्ट टिपटप छन् रे ! 'अमेरिकाका कम्युनिस्ट ग्रास रुटका मान्छेका कुरा गर्दैनन्, वर्गसंघर्षका कुरा गर्दैनन्,' उनले भने, 'उनीहरू कर्पाेरेटबाट चन्दा पाइरहेका हुन्छन् । विएमडब्लु कार चढेर


हिँड्छन् 


http://www.nayapatrika.com/newsportal/middle_page/19490.html

Read Full Discussion Thread for this article