Posted by: Geology Tiger November 30, 2010
Is there any provision to block paritcualr Sajha Blogger??????
Login in to Rate this Post:     0       ?        

एक अर्कामा हिलो छ्याप्ने कामलाई छोडौ साथी हो। तर यसै प्रसँगमा सान दाईलाई मेरो पनि एउटा प्रश्न अथवा सुझाव छ। साझामा अश्लिल, व्यक्तिगत चरित्र हत्या, जातीय विभेद र असामाजिक सामाग्रीहरुले भरिएको धागोलाई निरुहुत्साहित गर्ने र राम्रा धागोहरुलाई प्रोत्साहान गर्ने उद्देस्यले सानदाइले नेगेटिव र पोजेटिव भोटिङको व्यवस्था गर्नु भएको र त्यसलाई हामी सबैले स्वागत गरेको सबैलाई थाहै छ।


तर त्यो व्यवस्थाको कसै कसैले दुरुपयोग पनि गर्न सक्नेरहेछन् भन्ने मलाई त्यस बेला थाहा भयो जुन बेला कसैलाई जातीय रुपमा होच्याउने नभै विशुद्द बिचार  बिमर्शको लागि लेखेको 'बाहुनवाद' सम्बन्धी मेरो एउटा धागोमा नेगेटिव भोटको बाढि आयो। त्यो बेला म साझाको पेज हेर्दै थिए। मेरो त्यो धागोमा दश-पन्ध्र मिनेटकै बिचमा एक पछी अर्को गरेर सोर्ह सत्रवटा नेगेटिव भोटको ओइरो लाग्यो। म त्यसलाई टुलुटुलु हेर्नु सिवाय गर्न केही सक्दैन थिए तर मलाई पक्का थियो कि त्यो एउटै व्यक्तीको काम हो। उक्त व्यक्तीले नेगेटिव भोटिङ मात्र गरेन धागो भित्र गएर लेखलाई पनि फ्ल्यागिङ गरिद्यो पन्ध्र-सत्र चोटि र मेरो लेखै हेर्न नमिल्ने बनाइदियो। यसरी यदी एउटै व्यक्तीले यति धेरै वटा आइडी प्रयोग गरेर धेरै चोटी भोट हाल्छ भने त्यसलाई कसरी पन्ध्र जना मानिसले भोट हालेको मान्ने सानदाइ? लौन कुनै उपाय छैन यसलाई रोक्ने?      


    

Read Full Discussion Thread for this article