Posted by: BKMailo November 29, 2010
Bhojpur
Login in to Rate this Post:     0       ?        

बिष खाएर हुलाकीको मृत्यु










भोजपुर, मंसिर १३ -
जिल्लाको भूल्के गाविसमा मुसाको औषधि खाएर एक जना हुलाकीको मृत्यु भएको छ ।


भूल्के गाविस-८ स्थित ४५ बर्षीय भक्तबहादुर भुजेलको आइतबार राति मृत्यु भएको हो ।


बिष खाएको थाहा पाएपछि छिमेकी आफन्तजनले भोजपुर जिल्ला अस्पताल ल्याउँदा
आइतबार साँझ बाटैमा मृत्यु भएको हो । उनले रक्सी सेवन गरेर आवेशमा आई
मुसाको औषधि खाएको प्रत्यक्षदर्शीले बताए ।


भूजेलको मृत्यु भएपछि पाँच जना छोराछोरी टुहुरा भएका छन् । उनको श्रीमतिले
समेत केही बर्षअघि मुसाको औषधि खाएर मृत्यु भएको छिमेकी राजीव भटराईले
बताए ।  


उनीद्वारा आश्रति भूजेलका तीन छोरी र दुई छोरा भूल्केस्थित स्थानीय
पञ्चकन्या उच्च माविमा अध्यायनरत छन् । स्थानीय अतिरिक्त हुलाकमा कार्यरत
भूजेल हुलाकको डाँक बोक्ने काम गर्दै आएका कर्मचारी हुन् । 

Source: http://www.ekantipur.com/np/2067/8/13/full-news/321218/

 

Read Full Discussion Thread for this article