Posted by: jira November 29, 2010
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     1       ?         Liked by
मेरो पहिलो प्रयास :-)

बानी बिग्रेको छ  यहाँ
भाले नबास्दै जाग्नेहरुको

एउटा दानी ले कहाँ पुग्थ्यो र
भीड लागेको छ माग्नेहरुको

बेइजती के देखनु परयो यो
हलो छोडि भाग्नेहरुको
--------------------------------------


अल्छि लागेको बेला
परै बाट हात बढाएं
मन्दिरमा भींड होला कि भनेर
बाटैमा फूल चढाएं
--------------------------------------


सभ्यताका गजुरहरू ठाऊँठाऊँमाँ ध्वस्त छन
मन्दिरमा लाम लागेका भद्रहरू ठेलमठेलमै ब्यस्त छन

तक्मा लगाउनेको दांजोमा अनपढ़हरु चुस्त छन
भिटामीन भन्दा भ्याकुर खानेहरू बरु तंदुरुस्त छन

इच्छा गरेर मागेका बरदानहरु सबै दुरुस्त छन
रुनु ब्यर्थ छ छाती ठोकेर भगवान् आफैमा मस्त छन


Last edited: 29-Nov-10 04:17 PM
Last edited: 30-Nov-10 12:14 AM
Read Full Discussion Thread for this article