Posted by: shirish November 29, 2010
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     1       ?         Liked by

फूलबारी स्याहारेको, आफ्नो कथा लेखें कैले !


बनमारा उमारेको, आफ्नो कथा लेखें कैले !


 


बनाउने हिम्मत् गर्दै खोतलेर हेरें आफै


झनै बढि बिगारेको, आफ्नो कथा लेखें कैले !


 


आशिर्बाद लिने दिने साईतमा एक्लो परें


आफैलाई धिक्कारेको, आफ्नो कथा लेखें कैले !


 


खोटहरु यति धेरै छोप्दा छोप्दा म हैरान


खुबी मात्र उघारेको आफ्नो कथा लेखें कैले !


 


तिमीलाई प्रभाबमा पार्दै कैदी बन्ने रहर्


झ्यालखाना सिँगारेको आफ्नो कथा लेखेँ कैले !


 


ति ओठले मेरो नाम लेला भन्ने जाग्दो आशा


मैले माया नमारेको आफ्नो कथा लेखेँ कैले !


 


नबुझेको पनि हैन नचाहेको पनि हैन


तिम्रा ईच्छा नकारेको आफ्नो कथा लेखें कैले !

Read Full Discussion Thread for this article