Posted by: BKMailo November 26, 2010
Bhojpur
Login in to Rate this Post:     0       ?        

विकाशमा राजनीतिक हस्तक्षेप नगर : नेपाल        










दोभाने (भोजपुर), मंसिर १० -
पूर्व मन्त्री एवम् एमाले पोलिट्ब्युरो सदस्य प्रदीप नेपालले विकाश निर्माणका क्रममा राजनीतिक हस्तक्षेप गर्न नहुने बताएका छन् ।


पुर्वी पहाडी जिल्ला भोजपुरको दोभाने गाविसस्थित सालेवा उच्च माविको
नवनिर्मित भवनको शुक्रवार उदघाटन गर्दै उनले राजनीतिक दलका नेताहरुले विकाश
निर्माणमा हस्तक्षेप गर्ने गरेकाले मुलुकमा चाहेजस्तो विकाश हुन नसकेको
बताए । सरकारले दिगो विकाशका लागि ग्रामिण भेगका जनता सम्म शिक्षाको पहुँच
पु-याउनु पर्ने उनको भनाइ थियो ।


एमाले भोजपुर जिल्ला कमिटी अध्यक्ष शेरधन राईले जिल्लाको विकाशका लागि सवै राजनीतिक दलहरु एक भएर अघि वढ्नु पर्ने बताए ।


समाजसेवी तथा एमाले जिल्ला कमिटी सदस्य कृपाशुर शेर्पाले दलिय स्वार्थ
त्यागेर अघि वढे मात्र विकाश निर्माणमा सहज हुने बताए । विकाश निर्माणमा
आफूले कहिल्यै पनि भेदभाव नगरेको शेर्पाको भनाइ थियो । उनले भोजपुरका झण्डै
डेढ दर्जन विद्यालय र अस्पताल निर्माणमा सहयोग गरिकेका छन् ।


दोभाने गाविसको सालेवा उच्च मावि निर्माणका लागि सरकारले झण्डै ३२ लाख रुपयाँ उपलब्ध गराएको थियो ।  

Source : http://www.ekantipur.com/np/2067/8/10/full-news/321098/

Read Full Discussion Thread for this article