Posted by: fxcmnabin November 20, 2010
http://nbsansar.blogspot.com/2010/11/blog-post_17.html
Login in to Rate this Post:     0       ?        
विश्वदीप पाण्डे- २४, बाबुराम
भट्टराईका निजी सहायक । विश्वदीपले माओवादी-सरकार वार्ता र असहमति पटक-पटक
कम्प्युटरमा टाइप गरेका छन् । बाबुरामको दिल्ली-बसाइदेखि रोल्पामा गरिएको
कारबाहीसम्मका साक्षी हुन्, उनी । दिल्ली-बसाइमा बाबुरामसँग रुममेट भएर
बसेका विश्वदीपले यसरी ती दिन सम्झिए :



६० साल चैत महिना, जाडो भर्खर सकिएर घाम चर्किन सुरु भएको थियो । सरकार र
माओवादीबीचको युद्ध सेलाएको थियो युद्धविरामले । राजनीति भने तातेको थियो
सरकारसँगको वार्ताले । गोरखपुरमा भूमिगत हुनुभएका मेरा बुबा भक्ति पाण्डे
अचानक बुटवल आउनुभयो । युद्धविराम भए पनि घरमा जानु खतरायुक्त नै थियो ।
त्यसैले बुटवल इँट्टाभट्टास्थित गणेश ढकालको घरमा बोलाउनुभयो । उहाँले
मलाई लामो समयका लागि कतै जानुपर्ने बताउनुभयो । तर, ठाउँ भने बताउनुभएन ।
उहाँले भन्नुभयो- 'भाग्यमानी रै'छस् महत्त्वपूर्ण ठाउँमा जाँदै छस् ।
तँलाई दिएको काममा सफल हुनू !'

म त्यतिवेला एसएलसी दिएर बसेको थिएँ । त्यो काम के होला भन्ने उत्सुकता
मेरो मनमा आइरह्यो । बाबुसँग प्रश्न गर्ने हिम्मत पनि थिएन मसँग । प्रश्न
मनमै बोकेर बुबासँगै गोरखपुर हुँदै लखनउ पुगँ म ।

more information here http://
nbsansar.blogspot.com/2010/11/blog-post_17.html

Read Full Discussion Thread for this article