Posted by: khoikkhoik November 19, 2010
जङली जनावर हरु सम्शद भवन भित्र
Login in to Rate this Post:     0       ?        

संसदमा भएको घटना सामान्यः माओवादी

कान्तिपुर संवाददाता

काठमाडौ, मंसिर ४ - माओवादीले शुक्रबार राति व्यवस्थापिका संसदमा भएको घटना सामान्य भएको र त्यसलाई अतिरंजित गर्न नहुने बताएको छ । उसले उक्त घटना लोकतान्त्रिक व्यवहारकै अर्को पाटो भएको दावी गरेको छ । शनिबार रेडियो कान्तिपुरसंग कुरा गर्दै माओवादी प्रवक्ता दीननाथ सर्माले सरकारले सहमति विपरीत अन्तरिम संविधानको धारा ९३ अनुसार पूर्ण आकारको बजेट ल्याउन खोजेपछि आफूहरुले प्रतिपक्षको धर्म निर्वाह गरेको बताए । उनले संविधानको रक्षाका लागि आफूहरु संसदमा कडात्यो रुपमा प्रस्तुत हुनु परेको दावी गरे । उनले पूर्ण सरकारले जस्तै पूर्ण बजेट ल्याउने असंवैधानिक प्रयास गरेपछि त्यसको विरोध गरिएको जनाए । सरकारले धोका र बेइमानी गरेको उनको कथन छ । 'हामीलाई धोका भयो,बेइमानी भयो, हामीलाई मात्रै होइन लोकतन्त्र र जनतालाई धोका भयो,'उनले भने-'संविधान विपरीतको काम रोकिनुपर्छ भन्ने कुरा भयो र त्यो रोकियो ।' ले सहमति र सहकार्यबाट जाने निर्माण भएको परिस्थितिलाई समाप्त पार्न बलमिच्याइ गरेर सरकारले बजेट ल्याउने प्रयास गरेर तनाव पूर्ण स्थिति उत्पन्न गराएको आरोप लगाए ।

संसदमा भएका घटनालाई संसदीय प्रणालीकै अंग भन्दै उनले यसलाई त्यती ठूलो अतिरञ्जित गर्नु पर्ने आवश्यकता नरहेको बताए । 'लोकतान्त्रिक मुलकु भारतका संसदमा र दुनियाँका अन्य लोकतान्त्रिक मुलुकहरुमा पनि यस्ता घटना भएका छन्,'उनले भने-' यो चाँही कुनै ठूलो घटना होइन,बरु सरकारले लोकतन्त्रमाथि बलात्कार गरेको छ ।' शुक्रबार राति व्यवस्थापिका संसदमा बजेट प्रस्तुत गर्न गइरहेका बेला अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि माओवादी सभासदले आक्रमण गरेर बजेट प्रस्तुतीमा अपरोध सृजना गरेको थियो ।

 
Last edited: 19-Nov-10 11:34 PM
Read Full Discussion Thread for this article