Posted by: crazy_love November 19, 2010
क्रमश:
Login in to Rate this Post:     0       ?        

भाग-११


त्यो दिनको घटनापछि निक्कि र मेरो बोलचाल बन्द भयो। हुन त पहिले यस्तो हुन्थ्यो, तर फेरि उ नै कुरा गर्न आउँथी म सङ। म घमन्ड गरेर बस्थे। उसले माफी माग्नु पर्‍थ्यो गल्ती जसको भए पनि।


एकदिन चिसो अत्ति बढ्यो, ज्याकेट लाउनुपर्ने भयो। मैले आफ्नो ज्याकेट सारा ठाँउ खोज्दा पनि भेटिन। कहिले कहि निक्किले लगाउथी, उसैले राखेकी छ कि भनेर सोध्नु पर्‍थ्यो तर हाम्रो सम्झौता भइसकेको थिएन। त्यसैले मैले बाथरुमको ऐनामा "मेरो कालो ज्याकेट कहाँ छ?" भनेर पोस्ट-इटमा लेखेर टाँसे। जवाफमा निक्किले "म तिमीसङ बोलेको छैन।" भनेर अर्को स्टिकि टाँसेकी थी। मलाइ हाँस उठ्यो तर निक्किको अगाडि हाँसिन। उ लुकि लुकि मेरो मुखमा हेरिरहेकी हुन्थी। उ नभएको बेला एक्लै हाँसे।


काम नगरी माम खान नपाउने अबस्थामा मैले पनि आफ्नो नयाँ रोल निभाउन थाले। शुरुमा सार्है गार्हो भयो। कोहि पनि मैले भनेको नमान्ने। सुफि त बाक्य पिच्छे ब्यँग गर्ने, ज्याक र शेरी मलाइ ओठे जवाफ लगाँउथे। समग्रमा भन्नु पर्दा म उनिहरुको हाकिम हैन कि उनीहरु मेरो हाकिम जस्तो गर्थे।


एक्दिन मैले ज्याकले एउटा बिरामीलाइ "तँलाइ चोर।" भन्दै गाली गरेको सुने। बिरामी रिसायो र झन्डै हाताहाल जस्तो भयो। मैले ज्याकलाइ बोलाएर भने "उ बिरामी हो, तर तिमी यहाँको कर्मचारी।"


"काम गर्न अल्छि भएर सित्तैमा सोसिअल सेक्युरिटिको भत्ता पचाउन नाटक गर्न आएको त्यो ठग हो। तिमीलाइ के थाहा? यहाँ कस्ता कस्ता मान्छे आँउछन्?" ज्याकले ओँठ् बङाउदै भन्यो।


"बिरामीलाइ हामीले त्यस्तो अपशब्द गर्न मिल्दैन ज्याक। तिमीले बिर्स्यौ हामी जहिले पनि "सम्मान र सदभाव" मा बिस्वाश गर्छौ। त्यसरी उसको आत्म सम्मानमा ठेस पुर्‍याउने शब्दहरु प्रयोग नगर।"


"शब्द मात्र प्रयोग गर्ने हैन, त्यसको घाँटि न्याकेर मार्दिन्छु" भन्दै ज्याक खोल्च्याङ खोल्च्याङ गर्दै गयो।


"कस्ले के बोल्ने भनेर हामीलाइ सिकाउनु पर्दैन, यो अस्पतालमा काम गर्दै रिटायर्ड हुन लागिसक्यौँ हामी।" सुफीले एकछिन पछि मेरो नजिक आएर भनी।


मैले सुफीलाइ केहि भन्न सकिन। उसको मुहारको भाव एक्दमै डरलाग्दो थियो। उ रिसमा बोलेकी थी, निधारबाट चिट चिट पसिना पनि बग्दै थियो। त्यस्तो तनाबमा आएकीलाइ मैले केहि भन्न उचित सम्झिन। मात्र सोचिरहे कसरी यिनीहरुसङ काम गर्ने भनेर। शेरी त्यो दिन बिदामा थिइ।


"ओइ, साले सुङुर!" एकछिनपछि ज्याकले जसलाइ चोर भनेको थियो, त्यही बिरामी ज्याकलाइ ठुलो स्वरमा गाली गर्दै थियो। आफ्नै धुनमा काम गरिरहेको ज्याक छिटो छिटो त्यो बिरामी भएतिर दौड्यो। म अब त्यहाँ झगडा हुने सम्भावना देखेर हतार हतार उनिहरु भएतिर दौडेँ। सुफी र अन्य कर्मचारी हरु त्यही नजिक भए पनि आएनन्, खालि हेरि मात्र रहे। ज्याकले गएर सिधै त्यो बिरामीको कठालो समात्यो, मैले ज्याकलाइ ताने, बिरामी अलि हच्किएर पछाडि सर्‍यो। ज्याक अघि बढ्यो मैले ज्याकलाइ छोडिदिए।


"तपाइलाइ मेरो कर्मचारीलाइ जथाभाबि भन्ने अधिकार छैन। ज्याक मेरो स्टाफ हो, त्यसरी जे पायो त्यही नबोल्नुस्!" तनाब र भय मिस्रित स्वरमा मैले उक्त बिरामीलाइ भने।


त्यसपछि ज्याकले उसलाइ छोडिदियो र थुक्दै बाहिर निस्कियो।


"यसले मलाइ कहिल्यै पनि मन पराउदैन।" बिरामीले रातो मुख गर्दै भन्यो।


"सबैले सबैलाइ मन पराउनु पर्छ भन्ने छैन। हामी यहाँ काम गर्छौ, यहाँ कसैलाइ मन पराउने वा मन नपराउने कुरा हुँदैन। आइन्दा, तपाइलाइ केहि समस्या परे म सङ कुरा गर्नुस्। प्लिज, मेरो स्टाफलाइ अभद्र ब्यबहार नगर्नुस्।" भन्दै मैले बिरामीलाइ सम्झाए।


"तँ कुकुर्नी अझै मलाइ सिकाँउछस्।" भन्दै बिरामी भन्न हुने- नहुने शब्द बोल्दै ठुलो ठुलो स्वरले कराउन थाल्यो। मैले उसलाइ जवाफ फर्काउन उपयुक्त थिएन। उ झन्डै छ फिट अग्लो, मोटे, ठुलो ज्याङो, घाँटिमा पनि ट्याट्टु गरेको हेर्दै जेलभित्रको कैदी जस्तो देखिन्थ्यो। उसको एक मुड्कीले म भुँइमा पछारिन सक्थेँ। म हेरेको हेर्यै भएँ। सुफि र अरु स्टाफ त्यो सबै सुनेर पनि मेरो लागि केहि बोल्न आएनन् न त मेरो मद्दतको लागि आए। मेरो लागि त्यो ठाँउ खतरनाक भइसकेको थियो। म आफ्नो अपमान र बिबशतालाइ निलेर अलि सुरक्षित स्थानमा आएर बसे। उ त पागल थियो उसले जे पनि गर्‍न सक्थ्यो। तर मैले आफ्नो सुरक्षा आफै गर्नु पर्‍थ्यो।


कामबाट फर्किदा म यति तनाबमा थिँए कि मैले आफ्नो अगाडिको एउटा कारलाइ झन्डै झन्डै ठक्कर दिएकी थिए। मेरो दिमागमा सुफी, ज्याक र त्यो बिरामीको अनुहारहरु घुम्दै थिए निरन्तर। उनिहरु सबै मलाइ खिस्याँउदै थिए, मेरो आत्म सम्मानमा ठेस लगाउदै थिए। म अरु केहि सोच्न सकिरहेकी थिइन। मेरो आँखाहरु अनायासै बर्षिन थालेका थिए।


क्रमश:

Read Full Discussion Thread for this article