Posted by: Kadie November 16, 2010
अमेरिकामा नेपाली विद्यार्थी के सोच्छन्
Login in to Rate this Post:     1       ?         Liked by
यो साझाको कुराकानी धागोमा प्रतिकि्रया दिनुहुनु पिरेरितेन र इजी गोइंगजीलाई धन्यवाद तपाईंहरुको कुरामा म पनि सहमत छु । विश्व एउटा साझा घर हो जहाँ बसेपनि भइहाल्छ नी भन्ने सोच राखेर अमेरिका र अन्य मुलुक बस्ने नेपालीहरु पनि होलान् । नेपालमा असुरक्षा छ भनेजस्तो छैन धारामा पानी आउँदैन प्रदुषणको समस्या छ नेताहरुको बुद्धिले घाँस खाएको छ भन्दैमा हामी युवा वर्गले आफ्नो दायित्व भुल्ने कुरा हुँदैन । देशका लागि केही गर्ने सोच भएदेखी विदेसमा बसेर पनि धेरै काम गर्न भने नसकिने होइन । हामीसँग पूँजी र आइडिया छ भने व्यापार व्यवसायको साजाल विस्तार गर्न सक्छौं भलै अहिले असुरक्षाले गर्दा लगानी जोखिममा पर्न सक्छ । देश अहिले संक्रमणकालिन अवश्थामा भएका बेला ठूल्ठूलो डलरको खोला बगाइदिने गफदिने गफाडिहरु भन्दा एउटा दुर दराजको विपन्न परिवारको नेपाली बालकको भविष्य बनाउनका लागि उसलाई पढ्ने खर्च जुटाइदिनेसम्मको मुटु भएको नेपाली मन चाहिएको छ । हामी धेरै गर्न सक्छौं । गर्नेहरुले गरेर देखाएका छन् । <br>
Read Full Discussion Thread for this article