Posted by: Kadie November 16, 2010
अमेरिकामा नेपाली विद्यार्थी के सोच्छन्
Login in to Rate this Post:     1       ?         Liked by
आठ वर्ष यता पढाइको सिलसिलामा अमेरिका पढ्न आएका दर्जन नेपाली तन्नेरीहरुसँग दशैंताका भेट भएको थियो । उनीहरु सवैले पढाइ सिध्याए अमेरिकामा हैसियत अनुसारका काम गरिरहेका छन् तर कोही पनि नेपाल फर्कनका लागि तयार छैनन् । नेपालमा सिस्टम छैन, नेपालमा भ्रष्टाचार मात्र छ, आफूसँगै पढेका साथीहरु कता पुगे कता, सम्पर्कको साजाल कमजोर भयो, आफूले पढेको डिग्रीको सदुपयोग हुदैन देखि लिएर अमेरिकाको वातावरणसँग भावनात्मक सम्बन्ध बसिसक्यो भन्ने सम्मका कारणहरु उनीहरुले दिए । तपाईंहरुलाई के लाग्छ के यी नैं हुन अमेरिकामा बस्ने नेपाली विद्यार्थीहरुको नेपाल फर्किने अनिच्छाका कारण ?
Read Full Discussion Thread for this article